(हामी आफाआफैमा जातजातीको भेदको कारणबाट झैझगडा गछौँ नि ? त्यसैको प्रशंगमा मैले यो लेख प्रस्तुत गर्दै छु । हामीबीच आपसमा भिड्नुको कुनै तुक छैन । ‘क’ को जातिमा ‘ख’ नहुनु ‘क’ को वशको कुरो होइन । म एउटा जातिको भएँ मेरो वशमा यो थिएन । मेरो वशमा हुन्थ्यो भने म तपाईकै परिवारमा आएर जन्म लिन्थेँ । तपाईँ पनि त आफूले चाहेको परिवार वा जातिमा जन्म लिनु हुन्थ्यो नि होइन र ? आफ्ना वशमा नभएको कुराको दोष हामी कसैमा छैन । अनि विवाद के मा ?)
सानो नेपाल हाम्रो नेपाल । सानो रहँदा रहँदै पनि हामीमा विविधता छ । थरीथरीका छौं हामी । कसैका नाक चुच्चा छन् कसैका थेप्चा । कसैका रंग झण्ढै काला छन् त कसैका गोरा वा पहेंला । कारण के हो कि हामीमा यस्ता भिन्नता छन् उत्सुकता त तब प्रवल रहन्छ जब थेप्चेका सन्तान थेप्चे नै हुन पुग्छन् अनि चुच्चेका सन्तान चुच्चे नै हुन पुग्छन् । किन सन्तानहरुको आकृतीहरु गोलाकार हुन पुगेनन् अझ संसारकै पृठभूमीमा हेर्ने हो भने त मानव जातीहरुमा यस्ता भिन्नताको कैह्रन लाईनसक्नु नै छ । गोरा जाती निग्रो जाती मंगोल जाती र अष्ट्रोलोयड जाती । आदि इतयादि । कसैका रौं काला कसैका सेता वा र्कैला । कसैका रौं गुजुल्टे कसैका सोझा । कसैका कद अग्ला त कसैका होंचा । कसैका रंग गोरा त कसैका काला । कसैका अनुहार बाटुला त कसैका लाम्चा । यस्ता भिन्नता कसरी भए मान्छेहरुका जातीमा कसरी समानरुपका भिन्नता भए किराँतहरुका नाक किन लामा भएनन् आर्यहरुका किन थेप्चा भएनन् निग्रोहरु किन गोरा भएनन् ?
कुनै समय थियो जब व्यक्तिको जन्म कसैको इच्छा वा कर्म वा भाग्य प्रारब्ध वा पारलौकिक शक्तिको करनीबाट हुन्छ भन्ने विश्वास गरिन्थ्यो । तर अब यो स्पष्ट भइसकेको छ कि काकतालीबाटै मान्छे जन्मन्छन् र यसरी जन्मने सबै सन्तानमा उनका आमाबाको सबै शारीरक गुणहरु विद्यमान हुन्छन् । यस विषयमा धेरै खालका शिद्धान्तहरु विवादमा अघाडि आएका छन् । यीनमा सबैले यो चाहिँ मान्दछन् कि संसारका सबै जाती एकै होमोसेपिन्सका सन्तान हुन् । तर एकै जीवबाट विकसित सन्तानहरुमा यो भिन्नता कसरी आयो भन्ने कुरामा भने अझै एक मत हुन पाएको छैन ।
वास्तवमा यस सम्बन्धमा सन्तोषजनक उत्तर जीनका विशेषज्ञ जेनेशिस्ट हरुले अहिलेसम्म दिन सकेका छैनन् । प्रागऐतिहासिक कालदेखि मानव जातीहरुको विकास कसरी भयो भन्ने कुराबारे ठीकसंग बताउन निकै कठीन छ । तथापि मानवशास्त्रीहरुले यसतर्फ अध्ययन गर्ने प्रयत्न भने गर्दै नै छन् । उनीहरुले उत्खननबाट प्राप्त नरकंकालका ढाँचाहरुका अध्ययन गरेर केही परिणाम निकालेका छन् । तर ती सबै अनुमानमै आधारित छन् । ए।एल क्रोबर नामक मानवशास्त्रीले आफ्ना पुस्तक एन्थ्रोपोलोजीमा यस सम्बन्धमा यसरी लेखेका छन् – ‘… संसारभर फैलिएका आजका मानवजातीहरु बन्नलाई लाखौं बर्ष लागेको छ । कुन कारणहरुले उनीहरुमा भिन्नता उत्पन्न भए पृथ्वीका कुन भागमा हरेकले आफ्नै विशेषताहरु खडा गरे पछि यी सब कसरी विभक्त भए उनीहरुलाई जोडने तत्व के थिए र विभिन्न मानवजातीहरु कसरी फेरि मिश्रित भए यी सबका पूर्ण उत्तर आजसम्म प्राप्त भएको छैन ।’
विभिन्न मानवजातीहरुको उत्पति सम्बन्धमा आजसम्म दुइ किसिमका अवधारणाहरु पाइएका छन् । ती हुन् एकलपूर्वजको शिद्धान्त मोनो जेनेटिक थ्योरी र बहुपूर्वजको शिद्धान्त मल्टिपल ओरिजिन थ्योरी ।
एकल पूर्वजको शिद्धान्तले समस्त मानवजातीहरु एउटै पूर्वजका सन्तान हुन् र विभिन्न परिस्थिति र कारणहरुले उनीहरुमा विशिष्ट शारीरिक भिन्नताहरु आएर अलग अलग जातीहरु बने भन्ने कुरामा विश्वास राख्दछ भने बहुपूर्वजको शिद्धान्तले भने मानवजातीहरु धेरै थरीका पूर्वजहरु जस्तै ः चिप्यान्जी, एप्स आदि का मिश्रित सन्तान हुन् र पूर्वजमा भएका भिन्नताकै कारणले विशिष्ट शारीरिक भिन्नताहरुका साथ अलगअलग जातीहरु बने भन्ने कुरामा विश्वास राख्दछ । तर वैज्ञानिक परीक्षणबाट यो कुराको पुष्टी हुन नसकेको हुँदा संसारका धेरै वैज्ञानिकहरु बहुपूर्वजको शिद्धान्तसंग सहमत छैनन् र एकलपूर्वजको शिद्धान्त बढी प्रचलित र कम आलोचित रहि आएको छ ।
एकलपूर्वजको शिद्धान्तका पक्षपोषक मानवशास्त्रीहरुले विशिष्ट शारीरिक भिन्नताहरुका फरकफरक मानवजातीको उत्पति सम्बन्धमा खालखालका शिद्धान्तहरु पेश गरेका छन् । ती निम्न छन् । जस्तै ः
१. स्वत पालन (सेल्फ डोमेस्टिकेशन) शिद्धान्त ः यस शिद्धान्तले बताउँदछ कि मान्छेहरु आफ्नै विशिष्ट वातावरणमा फरक भोजनका साथ भिन्न भिन्न वातावरणमा पालिए । यीनै अलग परिस्थितिहरुले मान्छेलाई फरक पारे । फरक परिस्थितिमा हुर्केकै कारणले शारीरिक लक्षणहरुमा पनि परिवर्तन आए र थरीथरीका प्रजातीहरु उत्पति भए ।
२. प्रवरण (सेलेक्शन) शिद्धान्त ः भारतीय समाजशास्त्री प्रो- तोमोरको अनुसार समाजशास्त्रके मूलतत्व भाग – १ प्रवरण दुइ किसिमका हुन्छन् – प्राकृतिक र सामाजिक । यी दुवै प्रवरणको प्रकृयाले निर्वल व्यक्तिको समाप्ति र अनुकूल हुन सक्ने वा भिड्न सक्ने शक्ति भएका व्यक्तिलाई बाँच्ने अवसर दिन्छ ।
निग्रो कालो हुन्छ । धेरैले सोच्दछन् कि घामले डढेर उनीहरु काला भए । तर यो होइन । जीनका विशेषज्ञहरुका भनाइ छ यस्तो उत्परिवर्तन म्युटेशन को कारणले भएको हो । उत्परिवर्तनको कारणले कालो हुन पुगेका जातीहरु गरम क्षेत्रमा अनूकुलित भएर जीवन यापन गर्न वा बाँच्न सक्षम भए र यसको वंशबृद्धी भयो । हल्का रंग भएका जातीहरु पर्यावरणमा अनुकुल नभएर नामेट भए । अन्ततः अफि्रका जस्तो गरम क्षत्रमा प्रवरणको कारणले सीर्फ काला जाती रहे । यही शिद्धान्त ठण्डी क्षेत्रका सेता जातीमा पनि लागु हुन्छ । उत्परिवर्तनका कारणले सेता भएका मानव मात्र यहाँ बाँच्न सफल भए र ठण्डी क्षत्रमा सेता जातीहरु मात्र विकसित भए ।
३. जीनमा पूर्णताको (होलोजेनेटिक) शिद्धान्त ः केही मानवशास्त्रीहरुको भनाइ छ उद्विकासका अवस्थामा मान्छेहरुका विभिन्न अंगहरुले पूर्ण विकसित हुँदाका समयसम्म फरक फरक शारीरिक भिन्नताका मानव जातिहरु विकसित भएर गए । कसैको नाक लामा त कसैका थेप्चा कसैका कद नै लामा त कसैका छोटा भए । तीनै फरक विशेषता पूर्वजमा भएका जीनका कारणले भिन्न शारीरिक लक्षणहरु भएका प्रजातीहरु उत्पन्न भए ।
४. ग्रन्थीहरुको सशक्तिको (इण्डोक्राइम) शिद्धान्त ः आर्थर कीथले भनेका छन् – ‘शरीरका ग्रन्थीहरुका सकृयतामा हुने भिन्नताका कारणले मानवजातीका शारीरिक लक्षणमा भिन्नता आउँदछ ।’ अर्थात् मानवजातीको विकासक्रममा ग्रन्थीहरुको कृयाशीलताअनुसार थरीथरीका मानवजातीको विकास हुनपुग्यो । आर्थर कीथ भन्दछ- ग्रन्थीमा सकृयताको अभाव वा कमी भएको कारणले भिन्न भिन्न अवस्थामा मंगोल र निग्रोहरुको उत्पति भयो बढी सकृय ग्रन्थीहरुका कारणले काकेशियनहरुकॊ उत्पति भयो
५. अनुकूलन (अडप्सन) को शिद्धान्त ः प्रो. तोमोरको अनुसार प्राणीजातीलाई बाँच्नको लागि आफ्नो पर्यावरणमा भौतिक जीवशास्त्रीय र सामाजिक अनुकूलन गर्न पर्ने हुन्छ । यीनै अनुकूलन प्रकृयाका भिन्नताका कारणले मान्छेहरुका शरीर र मानसिकतामा भिन्नता आउँदछ र विभिन्न जातीहरु उत्पति भएका हुन् समाजशास्त्रके मूलतत्व भाग – १ ।
६. उत्परिवर्तन (म्युटेशन) को शिद्धान्त ः जीनमा हुने अचानक वा असामान्य परिवर्तनको प्रकृयालाई उत्परिवर्तन भनिन्छ । यस सिद्धान्त अनुसार व्यक्तिहरुमा विभिन्न उत्परिवर्तन भई विभिन्न लक्षणहरु भएका जातीहरु भए र विशेष परिस्थितिहरुमा बाँच्न सफल उत्परिवर्तित जातीका सन्तानहरुबाट हाल पाइने प्रजातीहरुको उत्पति भएको हो ।
७. पृथकता (आइशोलेशन) को शिद्धान्त ः मानव समूह भौगोलिक एवं सामाजिक पृथकताका कारण आफ्नो समूहबाट अलग हुन वाध्य भए । प्रारम्भमा पृथ्वीका समस्त भाग एक ढीक्का थिए । पछि कतै पानी त कतै पहाड सॄजना भए । तथा वेग्लावेग्लै महाद्वीप र द्वीपहरु बनेर गए र लामो समयसम्म मानवजातीको विकास विभिन्न ठाउँमा फरकफरक किसिमले हुन गयो र प्रजातीहरुको निर्माण हुन गयो ।
८. स्थान परिवर्तन (माइग्रेशन) को शिद्धान्त ः मान्छेहरु एक ठाउँमा उत्पति भए र संख्या बृद्धीको कारणले भोजनको खोजीमा चारै दिशामा फैलिए । यसरी टाढा फैलिएका जातीहरुले आफ्ना आफ्नै अलग जातीका निर्माण गरे ।
प्रजातिहरुका उत्पतिबारेको शिद्धान्तहरु यस्तै छन् । सबैले पुष्टि गर्दछन् कोही पनि कसैका जन्मजात शत्रु हुन उत्पति भएका होइनन् । हामीलाई लाग्ने पनि त्यही हो कि हामी जन्मदै कसैको शत्रु थिएनौँ । त हामी किन आफाआफै एकाअर्कामा अलग अलग थीचोमीचोपूर्ण चीसो सम्बन्ध विकास गर्दै युगलाई नै कलुषित गदै छौँ । किन हामी अझै ढुंगेयुगमै बाँच्दै छौँ । विज्ञानसम्मत युगमा पदार्पन गरिसकेका सोचका धनी अनि पृथ्वीका सर्वश्रेष्ठ प्राणी मान्छेमा त्यही ढुंगेयुगिन सोँचको अवशेष रहनु त्यही अमूल्य सोँचकै अवमूल्यन भएन र ?
पख्नुहोस् दोष मैले तपाईँहरुमा मात्र थोपरेको छैन । मैले पनि त्यसको अपजस व्यहोर्नै पर्छ । प्रथमतः त्यो परिष्कार ममा नै आउन पर्छ । म प्रस्तुत छु । के तपाईँ पनि तयार हुनुहुन्छ आफूमा परिष्कार ल्याउन ? साभार डा कबिताराम श्रेष्ठको आफ्नै वयब साइट अस्वीकृत डट कम बाट । डा कबितारामका अन्य बिचार पढ्नका लागि aswikrit.com मा ल्किक गर्नुहोस्