मन त त्यतिखेरै कुंडिएको हो भीम कमरेड !

Bhim-Rawal-शशी पौडेल
भूत पूर्ब गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको नवौं महाअधिबेशनमा मन भाँचिने र मन कुंडाउने कुराहरु भए भनेर गुनासो गरेका छन् । वीक्लि नेपालसंगको एक अन्तवार्तामा उनलाइ सोधिएको प्रश्न  नवौँ महाधिवेशनमा गरेको प्यानलवन्द्धीलाई तपाई के–भन्नुहुन्छ ? को उत्तरमा  भीम रावल भन्छन्  – मैले आठौँ महाधिवेशनको समयमा जुन वेला हामी लोकतान्त्रिक अभ्यासको कुरा गरिरहेका थियौँ, त्यही बेला पनि मैले अहिलेको परिवेशमा नेकपा एमालेलाई प्रतिष्पर्धाको बाटोतर्फ नहिडाउँ भनेको थिएँ ।  तर, मैले राखेको प्रस्तावलाई नेतृत्व तहमा रहनुभएका नेताहरूले मान्नुभएन । जसको कारण हामी आठौँ महाधिवेशनमा प्रतिष्पर्धामा जान बाध्य भयौँ ।  मैले नवौँ महाधिवेशनका सन्र्दभमा पनि त्यही कुरा राखेँ । अहिले संविधान जारी भएको छैन । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनु पर्ने वाध्यता छ । यसका लागि एमालेको भूमिका महत्वपूर्ण रहने छ । त्यसैले चुनावी प्रतिष्पर्धामा नजाऔँ भनेको थिएँ ।  पार्टी भित्र हुने प्रतिष्पर्धालाई यो अवस्थामा मर्यादित र स्वच्छ बनाउनुपर्छ भनेर मैले भनेको थिएँ । जसरी हामी प्रतिष्पर्धाको स्थितिमा गयौँ । त्यो अवस्थामा कतिपय कुरा प्रिय बनेनन् । हामीबीचमा मन भाँचिने र मन कुँडाउने अवस्था पनि महाधिवेशनका सन्र्दभमा भयो ।  जुन कुरा हामीले नगरेको भए हुने थियो ।
हो भीम कमरेड ! मेरो मन त्यतिखेरै भाँचिएको हो, त्यतिबेलै कुंडिएको हो,  जुनबेला तपाइ बेलायत आएर नेकपा एमालेको भातृ संगठन डेमोक्रेटिक फोरम गठन गर्दा मैले तपाइलाइ मेरो पार्टी सदस्यता नबिकरण गर्न भनि दिएको दर्खास्त र नबिकरण बापत लाग्ने दस्तुर दुबै गायब हुदा ।
साँच्चै भन्ने हो भने तपाइहरु त नेकपा एमालेको उभलाग्ने बेला आइपुग्दा  बिद्यार्थी नेताबाट पार्टीनेतामा पुग्नु भयो तर म जस्ता जसले गाँउ गाँउमा गएर किसान जनतासंग पार्टीका निम्ति एक एक मुठी मकै, चामल वा एउटा अण्डा चन्दा उठाएर यो पार्टी जीबित राख्न काम गरेका थियौं । तर तपाइहरु पार्टीमा हाली मुहाली गर्न आए पछि हामीले पार्टी सदस्यता नबिकरणका लागि दिएका दर्खास्त हराउन हाल्ने र त्यस निम्ति आबश्यक दस्तुर समेत गायव हुने अवस्था आखिर कसले सिर्जना गरेको हो ?
तपाइ त्यही नेता हैन ? जसले “म अहिले मन्त्री बन्न पाइन भने पार्टी फुटाएर छिया छिया परीदिन्छु र सुदुर पश्चिममा आगो बाली दिन्छु” भन्ने ?
आखिर तपाइ त्यही ब्यक्ति होइन ? जसले गृहमन्त्री पदबाट बाहिरिन लाग्दा एक करोड भन्दा बढी मूल्य पर्ने नयाँ गाडी मगाएर त्यही गाडी लिएर मन्त्री पद छोड्ने ? आखिर भन्नुस् कामरेड भीम ! तपाइ केका लागि राजनिती गर्नुहुन्छ ?  नितान्त ब्यक्तिगत स्वार्थका लागि कि नेपाल र नेपाली जनताकालागि ?
भिम कमरेड ! गुनासाहरु गर्ने ठाँउ वा बिषयबस्तु धेरै छन् तर ती गुनासा गर्ने बिषयबस्तुतिर म धेरै जान चाहान्न । तर भन्नै पर्ने कुरा केहो भने नेपालमा २०१७ साल देखि २०३५ साल सम्म नेपाल कम्युनिष्ट आन्दोलन  छिन्न भिन्न थियो।  यद्यपी २०२९ साल सम्म नेपाल कम्युनिष्ट पार्टी त थियो तर तितर बितर । २०२९ सालमा त झन यो  यसरी छरियो कि यसलाइ समेल्न आधा दशक भन्दा बढी समय लाग्यो । जनतन २०३५ सालमा जव मुक्तिमोर्चा, दागंशन्देश परिवार, चितवनको रातोझण्डा र पुर्वको कोअर्डिनेशन कमिटी एकठाउमा आएपछि नेपालमा एउटा आशालाग्दो र भरपर्दो कम्युनिष्ट पाटी नेकपा मालेको जन्म भयो । यो पार्टीलाइ बचाउन र हुर्काउन म जस्ता सयौं कार्यकर्ताले पञ्चायतकालिन कालकोठरीमा लामखुट्टे र उपिँयासंग मित्रता कायम गर्नुपर्यो । गाँउ गाँउमा गएर रुप र भेष बदलेर लुक्नु पर्यो । त्यतिमात्र कहाँ हो र कमरेड मेरै कुरा गर्नुहुन्छ भने म एक मगर गाँउमा जन्मेको बाहुनको छोरा । त्यतिखेर बाहुनहरुले सुंगुर छुन समेत हुदैन भनेर हामीलाइ शिक्षा दिइन्थ्यो तर पनि मैले मगर गाँउमा अलि हुनेखाने मगर परिवारसंग यदि उनिहरुले पालेको सुंगुरले दशवटा भन्दा बढी छाउरा पायो भने एउटा छाउरो पार्टीका नाममा कान छेंडेर उसैलाइ पाल्ने जिम्मा दिन्थें । पछि सुंगुर ठुलो भएपछि दशैंको बेला पारेर त्यो सुंगुर कटाएर बेचेर त्यसबाट आएको पैसा दुइ भाग लगाइ एक भाग पाल्नेलाइनै दिने र अर्को आधा भागचाँही पार्टीकालागि चन्दा पुर्याउने गर्थें ।
२०३९/ ४० मा मैले बुटवलमा पार्टी सेल्टरको  जिम्मा लिदा पार्टी नेताहरु आउदा उनिहरुले मैले किनेको नयाँ कमिज वा पाइन्ट जे होस्, बस लगाएर हिडिदिन्थे र मलाइ पुरानो च्यातिएको पाइन्ट राखीदिन्थे । मैले कहिल्यै गुनासो गरिन । मेरो कहिल्यै मन कुंडिएन । मेरो मन कहिल्यै भाँचिएन  ती नेताहरु अहिले पनि पार्टी नेतृत्वमै छन् । २०४२ सालमा नेकपा मालेले पञ्चायतलाइ उपयोग गर्ने कार्यक्रम ल्यायो । यही कार्यक्रम अन्तरगत हाम्रो पार्टी पनि राष्टिय पंचायतको चुनावमा भाग लिने भयो र बिभिन्न ठाँउबाट उम्मेदवार उठाइए । पाल्पा र रुपन्देही जिल्लाबाट चुनाबमा उठाइएका उम्मेदबारको प्रचार प्रसारका लागि भैरहवा स्थित बाुराम अर्यालको प्रेसबाट सामाग्रीहरु छपाइए । त्यो छपाइको बील तिर्न मैले फर्साटिकर नजिकको दुइबिगाहा जग्गा बेच्नु परेको थियो । यसको देखीजान्ने साछीहरु अहिले पनि नेतृत्वमा छन् । यदि उनिहरुले छातीमा हात राखेर इमानकासाथ सत्य बोल्ने हुन् भने कामरेड गौरव र कामरेड मिलनलाइ सोध्नु । मैले त्यतिहुदा पनि चित्त दुखाइन, मेरो  मन कुंडिएन,  मेरो मन भाँचिएन ।
के यो चित्त दुखाउने र मन कुंड्याउने काम तपाइहरुले गर्नु भएको होइन भीम कामरेड ? आफु दोस्रोपंतीमा उम्मेदबार हुन माधब नेपाललाइ उचालेर सत्तामा पुग्ने लोभमा चुनाव गराउने वाताबरण सृजना गराउनेहरु मध्य तपाइ प्रमुख ब्यक्ति होइन ? यदि होइन भने माधव नेपालबाट होइन भन्न लगाउन सक्नुस् । यदि माधव नेपालले सार्वजनिक रुपमा तपाइ जस्ता स्वार्थीहरुको उक्साहटमा आएर चुनाव लडेको होइन भनी भन्न सक्छन् भने भीम रावल इमान्दार हुन खोज्दो रहेछ भन्ने कुरा पत्याउंला । नवौं महाअधिबेशनमा जेजती तीता कुराहरु, तीता कामहरु भए त्यसको कारकहरु मध्यको प्रमुख भीम रावल होइन भन्ने बिश्वास गर्ने आधार के छ ? के एउटा सम्म तर्क दिन सक्नुहुन्छ ? अहिले पदमा पुगेपछि पानी माथी ओबानो बन्ने प्रयास भीम रावललाइ सुहाउदैन ।
तर जव तपाइले मेरो एउटा सानो सदस्यता नबिकरणकालागि दिएको दर्खास्त र त्यसका लागि पुग्ने दस्तुर समेत हराउन हाल्नु भयो तव मेरो मन छिया छिया भएर कुडियो । टुक्रा टुक्रा भएर भाँचियो । के अहिले तपाइसंग त्यो भाँचिएको मन जोड्ने गुंद अथवा छिया छिया भएर कुंडिएको मनमा लगाउने मल्हम छ । यदि छ भने लाज नमानी बताउन सक्नुहुन्छ ।

Bookmark the permalink.

2 Responses to मन त त्यतिखेरै कुंडिएको हो भीम कमरेड !

  1. R Gurung says:

    Nice article on dedication to Party and obligation!

  2. Rishi Dhakal; says:

    Daju !!! Namaskar It is Good article I like very much !!!! he should read once then should reply to you !!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *