भिम रावलको राजनैतिक यात्रा : सूर्यबाट चोइटिएको चट्टान

शशी पौडेल, 

भीम रावलको शब्दमा ‘निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यको रुपमा जीवन पर्यन्त रहिरहने मेरो अवस्था रहेन । त्यसैले आज देश र जनताको हितको लागि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ ।’

नेपालप्रेसमा केही समय अघि आएको उनिसंग सम्बन्धित अर्को समाचार । नेकपा एमालेले कारवाही गरेपछि भीम रावल नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् । नेकपा विवादपछि १० बुँदे सहमति गरेर एमालेमै रहेका रावललाई पार्टीले पुस १० मा संगठित सदस्यता खोसेको थियो । पार्टीले कारवाही गर्नुभन्दा केही दिन पहिलेबाटै उनी नयाँ पार्टी निर्माणको तयारीमा जुटेका थिए ।

पार्टीले कारवाही गर्नु भन्दा केही दिन पहिले सुदूरपश्चिम प्रदेशसभा सदस्य डा तारा जोशीलाई उनले आफूलाई साथ दिन आग्रह गरेका थिए । तर जोशीले तत्काल नै आफूले त्यस्तो मनसाय नबनाएको प्रतिक्रिया दिए ।

‘तपाईँले खोल्ने पार्टी कम्युनिस्ट त होला नि हैन ?’ जोशीले रावललाई सोधे ।

‘नाइँ अब गैर कम्युनिस्ट पार्टी खोल्छु’ रावलको प्रतिक्रिया थियो । त्यसको केही दिनपछि एमालेले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेपछि भीम रावलले अब नयाँ पार्टी खोलेर अगाडि बढ्ने विषयमा आफू निकटकालाई बताइसकेका छन् ।त्यतिमात्र होइन उनी देश दौडाहामा लागेका छन् ।

रावलले आफू निकटकालाई पार्टीको मूल एजेन्डाका विषयमा केही छलफल गरेका थिए । अधिकांशले कम्युनिस्टभन्दा गैर कम्युनिस्ट पार्टी निर्माण गर्न सुझाव दिएको उनी निकट स्रोतले जानकारी दिएको छ ।

भीम रावलको ‘गैरकम्युनिष्ट यात्रा ? रहर कि बाध्यता ? शिर्षकको नेपालप्रेसको आलेखमा  रामहरि ओझा नेपालप्रेसमा लेख्छन् अरुले आफ्नो आलोचना गरेको सहनै नसक्ने र आत्मालोचना गर्नै नचाहने शीर्ष कम्युनिष्ट नेताहरुमध्ये रावल पनि अग्र स्थानमै आउँछन् । विरोधीलाई कसरी ‘साइड’ लगाउने भन्ने सवालमा केपी ओली र रावलमा धेरै भए १९, २० को फरक होला । फरक यति हो कि अहिले ओलीको हात माथि पर्‍यो, रावलमाथी कार्वाही   भयो  ।

सुदुर पश्चिमका इमान्दार एमाले कार्यकर्तालाइ रावलबारे प्रश्न गर्यो भने  ‘रावलले मेरो राजनीति समाप्त गरे’ भन्दै आँशु झार्ने धेरै कम्युनिष्ट कार्यकर्ताहरु सुदूरपश्चिममा अहिले पनि छन् ।

कम्युनिष्ट घटकमा यताउता भइरहने नेता कार्यकर्ताहरुलाई उनको यो ‘निरंकुश’ शैलीको राम्रो ज्ञान छ । आफ्नो शैलीप्रति परिचित कम्युनिष्टहरुले जम्काभेटमा ‘नाईं’ भन्न नसके पनि साथ दिने छैनन् भन्ने पनि थाहा छ उनलाई । फेरि नेपालीको बानी हो कि बलेको आगोमात्रै ताप्छन् । रावल भर्खर आगो बाल्न खोज्दैछन् । ‘कम्युनिष्ट’ मात्रै भन्ने हो भने फेरि नाङ्लो भर्न सक्दैन कि भन्ने आफैंमाथि शंका छ उनलाई । त्यसैले उनी गैरकम्युनिष्ट नाम अगाडि सार्दैछन् होला । एउटै स्थलमा राम र रहिम दुवै भेटिने भएपछि त भक्तजनहरु आउँछन् कि  भन्ने आश उनलाई होला ।“

म मेडियामा आएका समाचार पढेर आफ्नो बिचार तय गर्ने ब्यक्ति होइन र यहाँ पनि म त्यो गर्न गइरहेको छैन । ता पनि मलाइ माथिका यी दुइ समाचार र तेस्रो आलेखले केही तर्क गर्न मन लाग्यो । मैले चिनेको भीम रावल रामहरि  ओझाले लेखेजस्तै हुन र त्यो भन्दा माथी उठेर उनी सबैलाइ आफ्नो ओरीपरी नचाउन चाहने धाक धम्कि दिएर आफ्नो दुनो सोझ्याउने  ब्यक्ति हुन् । कुनैबेला उनले पार्टीलाइ  यदि मलाइ मन्त्री नदिए, अझ प्रश्ट शब्दमा भन्दा त्यो पनि मैले चाहेको मन्त्रालय नदिए  सुदुर पश्चिममा आगो बालिदिन्छु भनेर धम्क्यायर मन्त्रालय पड्काउने ब्यक्ति हन्  भिम रावल । यसको ज्वलन्त साछी हुन् माधव नेपाल । माधव नेपाल पनि उनिबाट आजित थिए । माधव नेपाललाइ किन तपाइले पार्टी फुटाउदा भीम रावललाइ समेट्न कोषिस नगरेको भनेर सोध्नु भयो भने उनले के जवाफ दिन्छन् होला । तर भीम रावललाइ तपाइ किन एकिकृत समाजबादीमा नगएको भनेर सोध्यो भने उनले पनि अन्ठ सन्ठ जवाफ दिने छन् । तर यदि उनी सत्य बोल्न डराएनन् भने म माधव नेपाललाइ नेता मान्न तयार छैन भनेर भन्नेछन् ।  त्यतिबेला भीम रावलको मनोबिज्ञान के थियो भने । एमाले पार्टीलाइ क्ष्यत बिक्ष्यत पार्ने र आफुले नेतृत्व हत्यायर मैले पार्टीलाइ जोगाउन यती गरें भनेर दम्भ देखाउने भन्ने बुझ्न उनका दशौं महाअधिबेशनमा निर्बाचन हारे पछिका कृयाकलाप हेर्दा एक ल्पस एक जोडेर दुइ भनिरहन पर्दैन ।

अव जाऔ माथिका समाचार तर्फ, उनि भन्छन् जनताको हितको लागि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ ।’उनले यसो भन्नु अघिनै उनले नयाँ पार्टी गठन गर्ने बारेका समाचार फुत्कीइ सकेका छन् । अव यहाँ बिचार गरौ के ती ब्यक्तिहरु जोसंग उनले पार्टीबाट निस्काशन हुनु अघिनै नयाँ पार्टी गठनबारे छलफल गरेका थिए ती ब्यक्तिहरुले आगामी दिनमा पनि उनलाइ बिश्वास गरिराख्लान्  कि भीम रावल  ढाँट्न सिपालु छन् भनेर ढाँटको घर भनेर बिल्ला भिराइदेलान्   नेपाली राजनैतिक कार्यकर्ता भीम रावलले सोचे जस्तो त्यति नबुझ्ने छन् जस्तो यो पंतिकारलाइ लाग्दैन ।

जव माधव नेपालहरु नयाँ पार्टी गठन प्रकृयामा लागे त्यतिबेला जर्मनीमा भएका नेकपा एमालेका सदस्य एवं समर्थकहरुमा  एक हलचलनै भयो र यहाँ पनि साथीहरु बिभाजित हुन थाले । मलाइ लागेको थियो कि माधव नेपालले आफ्नो रगत पसिना एक गरेर लामो समय नेतृत्व गरेकाले उनी पार्टी बिरुद्ध उत्रेलान् र  उनि त्यती स्वार्थी होलान् भन्ने सोचेको पनि थिइन तर जव माधब नेपाललाइ पार्टी दर्ता गराउन रामकुमारी झाँक्रीले डोर्याएर लगिन भन्ने समाचार आयो अनि मैले अनलाइन खवरमा कमरेड माधब र जेएन् प्रति जिज्ञासा शिर्षकमा उहाँहरुसंगका मेरा अनुभवहरु बारे एक खुला पत्र लेखेको थिए ।

त्यतिखेर धेरै साथीहरुबीच भिम रावल र घनश्याम भुसालबारे छलफल र तर्क बितर्क भयो । धेरै जसो  साथीहरुको तर्क थियो यी दुबैजना माधव नेपाल तर्फ अर्थात एकिकृत समाजबादी तर्फ जान्छन् भन्ने  । तर मैले भने, मैले चिनेको  घनश्याम धेरै चन्चल ब्यक्ति हुन् एकातिर उनमा धैर्ययता छैन भने अर्कोतिर उनले आफुलाइ नेपालका मार्कसबादीहरुमा आफुलाइ सवभन्दा बिद्धान मान्छन् त्यसैले उनले कसैबाट आएको आलोचना र टसल सहन्नन् ता पनि उनी अझैसम्म पार्टीको पूर्ण नेतृत्व सम्हाल्ने हैसियत राख्दैन भन्ने चाँही स्वयंले बुझेको आभाष हुन्छ त्यसैले उनी एकिकृत समाजबादीमा जान सक्छन्  तर मैले चिनेको भीम रावल भने आफु पार्टी अध्यक्ष बनु भन्ने महत्वाकाँक्षा राख्छन् त्यसैले माधव नेपालको नेतृत्व स्वीकार गर्ने छैनन्  । त्यसैले उनि केही समय निहु खोजेरै एमालेमा बस्ने छन् र पछि चोइटिने छन् भनेर तर्क गरेको थिए ।

यतिखेर  हिंजो के भनियो र गरियो भन्ने भन्दा पनि अव भीम राबलको र उनको राजनितीक यात्रा कहाँ सम्म पुग्ला र कसरी अगाडी बढ्ला भन्ने कुराहरुले महत्व राख्ने छ ।

कुनै पनि राजनितीक सिद्धान्त प्राकृतिक सैद्धान्तिक नियम भन्दा अलग रहन्छ भन्ने हुदैन । कार्ल माक्सले समाज बिकाशक्रमको ब्याख्या गर्दा समेत उनले प्राकृतिक नियम निषेधको निषेधको सिद्धान्तको ब्याख्या गरेका थिए । त्यसरीनै जव सूर्य आफ्नै घेरामा नाचिरहदा सूर्यको तेजले सूर्यबाट एउटा पत्थरको चोइटो अलग्न्छि र केही समय त्यसमा भएको तापक्रमको तेजले र सूर्यको र पृथ्वीको चुम्बकीय शक्तिले नसेलाउदा सम्म अन्तरिक्षमा अडिइ रहन्छ र चट्यागंको रुपमा  पृथ्वीमा खसेर कही कतै आगो लाग्ने अथवा कही कतै सानो वा ठ’लो नाप्सान गर्छ तर धेरैजसो पृथ्वीको एउटा अनकन्टार कुनामा माटो मुनी पुगेर त्यसको अन्त त्यही हुन्छ । हामीले राजनैतिक पार्टीहरुमा पनि मुलधारबाट चोइटिएर जानेहरुको यस्तै अवस्था देखिरहेका छौ । यसको उदाहरण रामहरि ओझा द्धारा लिखित आलेख भीम रावलको ‘गैरकम्युनिष्ट यात्रा  रहर कि बाध्यता पढे पुग्छ ।

Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *