डा. बाबुराम भट्टराई नेतृत्वको सरकार ढाल्न कसरतमा जुटेका प्रमुख प्रतिपक्षी कांग्रेस र एमाले नेताहरु अहिलेसम्म पूर्ण असफल भएका छन् । संविधान नबनाई संविधानसभा विघटन गराउन पहिलो असफलता हाँसिल गरेका यी दुई दल एमाओवादीलाइ कुर्सीबाट खसाल्न पनि फेल भएका हुन् । राजनीतिक सतरन्जका पुराना खेलाडीहरु कांग्रेस र एमाले हाललाइ संगसंगै भएको देखिए पनि सत्ताका सूत्रधारक अमेरिका र भारतले उनीहलाई विश्वास नगरी आफ्नो पक्षमा प्रयोग गर्न एमाओवादीलाई पत्याएका छन् । डा. बाबुराम भट्टराईको कुटनीतिक क्षमताले होला सायद ‘अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद’लाई मूल शत्रु घोषणा गरेका एमाओवादी यतिखेर दुवै देशको विश्वास पात्र बन्न पुगेको हो । अहिले झन अमेरिकीहरुले माओवादीलाई आतंककारी सूचीबाट हटाएर पीस कोरको टोली नेपाल पठाएर हरियो झण्डा देखाएको कारण डा. भट्टराइको सरकारलाई उखेलेर फ्याँक्न राष्ट्रपति र अरु दलहरुलाई गा¥हो हुदै आइरहेको छ ।
सर्वशक्तिशाली अमेरिका र छिमेकी भारतको विश्वास आर्जन गरी एमाओवादीले यथास्थितिमा देश हाँकी रहेका छन् । अध्यादेश वा विद्यमान कानूनको बलमा शासन चलाउन खोज्दा विपक्षीहरु हल्ला मात्र गरी स्याल कराए झैं गरेको देख्दा आफ्ना कार्यकर्ताहरुले पार्टीको शक्ति छिन्न हुदै गएकोमा बिरक्तिएका छन् । नेताहरुले आन्दोलनको घोषणा गरे पनि आफुलाई ठग्ने नेतालाई जनताले साथ नदिए पछि आन्दोलनको घोषणा ‘हात्ती आयो फुस्सा’ भएको छ । जुन कुरा सरकारमा बस्नेहरुका अगाडि पनि छिपेको छैन ।
अमेरिकी र नेटो गठबन्धनको बक्रदृष्टि अफगानिस्तान मिसन सकिन लागेको बेला छिमेकी चीनतर्फ जानु स्वाभाविक भएको छ । तिब्वतलाई चीनबाट छुट्याउन पाए अमेरिकी सफलता बढ्ने देखेर आफ्नो सहायक मन्त्रीलाई नेपाल भ्रमण गराएका अमेरिकाले तिब्वतीसँग खुलेर भेटघाट गर्नु र डलरको बाढी बगाउँदा फ्री तिब्वत मुभमेण्टमा लागेका आई.एन.जी.ओ.हरुले पनि घोडाले हरियो घाँस पाए सरह भएको स्थितिमा अमेरिकाले बाबुराम सरकारलाई नसघाए कसलाई सघाउने ? एक चीन नीतिको पक्षमा लाग्दा पंचहरु विस्थापित हुनु प¥यो, पंचायत ढले र अन्ततोगत्वा राजतन्त्र नै पतन भएको अवस्था अमेरिकी–भारतीय गठबन्धन दाउपेचको ज्वलन्त उदाहरण सहितको घटनाहरु हुन् । साम्यवादी सर्वहाराबर्गको मुक्तिको नाममा जातीयवाद लादेकोे दलबाट अमेरिकाको अहित हुने काम हुन सक्तैन भन्ने विश्वस्त भएको अमेरिकाल ‘शासन र प्रशासनको शक्ति डा. बाबुरामको हातमा’ बुझाउनु अस्वाभाबिक रहेन ।
एकातिर राष्ट्रपतिले चार दल सहित प्रधानमन्त्री भट्टराईलाई संविधान सभाको नयाँ चुनावमा जानुस् भनी अ¥हाएका छन् । अर्कोतिर दलहरु यसमा सहमति खोज्दै छन् । बाबुरामले खुलस्त रुपमा भनेका छन् कि, तत्काल यो सरकारलाई हटाउन राष्ट्रपतिले कुनै गलत कदम उठाउने छैनन् । बाहिर प्रचारमा आए जस्तो सजिलैे प्रधानमन्त्री र उसको सरकारको जग भत्काउन नसकिने कुरा अव राष्ट्रपतिले पनि बुझिसकेको हुनु पर्छ । तर डा. बाबुरामले भने यो कुरा ढुक्कसँग बुझिसकेका छन् । आखिर संक्रमणकाल कहिलेसम्म लम्बिने त ? यो प्रश्नको उत्तर कसैसंग छैन । जवसम्म नेपालमा चलखेल गर्ने ताकतले परिवर्तन चाहँदैन तवसम्म नेपाली जनताको भरमा गरेको कुनै पनि आन्दोलन सफल हुने छैन । यसैले देशमा दमन, महंगी, अभाव र असुरक्षा बढे पनि विदेशीले त्यसतर्फ ध्यान नदिंदा नेपालीहरु अझै दुःखकष्ट झेल्न तयार रहनु पर्छ । नेपाली नेताहरुमा सद्बुद्धि पलाएमा तुरुन्तै सहमति गरी नेपाली–नेपालीबीच एकता स्थापित हुन सक्छ तर बिरालाको घाँटीमा घण्टी कसले झुण्ड्याउने भने झै यसमा पहल कसले गर्ने र सहमतिका बाधकलाई कसरी हटाउने उत्तर पाउन मुस्कील भैरहेको छ ।
One Response to भट्टराइलाइ नेपालीले फाल्न नसक्ने