बिगत १०३ बर्ष अघि १ अगस्तका दिन पहिलो बिश्वयुद्ध छेडियो भने १९३९ सेप्टेम्बरमा पोल्याण्डमाथि आक्रमण गरेर दोश्रो बिश्वयुद्ध शुरु गरेका थिए । अंकगणितीय हिसावले पहिलो युद्धको अन्य भएको एक सताब्दी पुरा हुन लागेको छ भने दोश्रो चाँही सत्तरी बर्ष पार गर्न लागेको छ । यी दुइ युद्धहरुले बिश्वमा कैयौं पविर्तनहरु ल्याए । अझ खास गरी यी युद्धहरुले युरोपको अनुहारमा सदाका लागि बिशेष परिर्वन ल्यायो । र अहिले सम्म पनि युरोपीयलीहरु (चाहे सत्तामा रहेका हुन् चाहे सत्ता बाहिर रहेका जनता हुन)माथी यी युद्धहरुका छापहरु प्रश्ट देखिन्छन् ।
युद्धका कारण बनेका ती चोट, ती घाउ, ती गहिरा खाल्टा सय बर्ष बित्दा सम्म पनि पुरिएका छैनन् । चाहे साराएभो भनौं, चाहे अष्ट्रिया अथबा जर्मनी वा रस्सा अर्थात बेलायत नै किन नभनौं ? कतिपय घाउहरुबाट सयबर्ष पछि सम्म पनि रगतका थोपा चुइन छोडेका छैनन् । हिजोका छिमेकी मुलुकहरु जर्मनी र रस्सा आज पोल्याण्ड बीचमा आएर टाढिएका छन् । यी राज्यहरुले अहिले सम्म पनि १९१७को ऐतिहाँसिक परिवर्तन बिर्षन सकेका छैनन् । १९८९मा समग्र पश्चिमेली राज्यले पुर्बी युरोपमा प्रजातन्त्र दिलाउने कबुल गर्यो । रस्सा र पुर्बी युरोपका जनता कम्य’निष्ट शासन ब्यवस्थाका कारण पिल्सिएको परिभाषा निकाल्यो । पश्चिमेली मुलुकहरुले निकालेको उक्त परिभाषामा कति सत्यता थियो ? त्यसमा बिबाद गर्ने ठाँउ छ । त्यति मात्र नभएर पश्चिमेली पुजीबादले कम्युनिष्ट बिचारधारा अव ५० बर्षका लागि अन्त्य भएको भनेर रम झम पर्व मनाउदै पार्टी गरे । तर समग्र बिश्वका ९० प्रतिशत भन्दा बढी जनसमुदायमा भने आफुहरु झुक्किएको तव थाहा पाए जव पुजीबादी ढर्रामा परिवर्तन आएन ।
पुर्बी युरोपको कम्युनिष्ट शाशन ब्यवस्थाको अन्त्यका लागि भुमिका निभाएका खलनायक तत्कालिन जर्मन चान्सलरको यही हप्ता मृत्यु भएको छ । उनले रोपेको युरोपीयन युनियनको अजंगको रुखमा पनि एकातिरबाट धमिरा लागेको छ । पुर्बतिर हाँगा फैलाउने सिमा सकिदै गर्दा पश्चिमतिर रहेको टापुदेश बेलायतले आफु यसबाट अलग्गिने निश्चित गरेको छ ।
रस्सा यसै पनि युरोपीयन युनियनको बिरोधमा छ । हुन पनि किन नहोस् १९९० /९१ को परिवर्तनले जती रस्सालाइ धक्का पर्यो त्यति अरु कुनै मुलुकलाइ परेन ।
तर अहिले कुनैबेला आन्द्रा जोडिएका मुलुकहरुले आ आफ्नो मुलुक अलग हुनु पर्ने तर्क गरिरहेका छन् । यसमा पनि मिश्रित मनोबिज्ञानको बिकास भैरहेको छ । के गर्दा ठीक हुन्छ भन्ने कुराको टुंगो कसैले लगाउन सकिरहेका छैनन् । जस्तै हेरौ एक बर्ष अघि बेलायतले युरोपीयन युनियनमा बसीरहने कि अलग्गिने भनेर जनमतसंग्रह गर्यो । जनमतसंग्रहमा बहुमत पनि ल्यायो । त्यही बहुमतकै आधारमा बेलायती प्रधानमन्त्री फुर्किएर ब्रकछिटका लागि अझ बलियो मत बनाउने लालसाले चुनावको घोषणा गरिन्, के भयो ? चोक्टा खान कस्सिएकी बुढी झोलमा डुबेर मरी । कुनै बिचार वा सिद्धान्तसंग आबद्ध नभएका ब्यक्तिको चिन्तन छिन छिनमा परिवर्तन हुन्छ । हिंजो हामिले केमा भोट हाल्यौं भन्ने भन्दा पनि आज हामीले केमा भोट हाल्ने भन्ने कुरा महत्वपुर्ण हुन्छ । हिजो हामीले के बोल्यौं र आज हामीले के बोल्दै छौ भन्ने कुरा भन्दा पनि आज जनताले हाम्रो सन्देश कसरी बुझे भन्ने कुराले बढी महत्व राख्छ ।
परिबर्तित मुल्य र मान्यताको बर्तमान अवस्थामा सर्बसाधारण जनताको मनस्थिती हिजो भन्दा बढी चलायमान र परिवर्तित छ । छिनमै सुसुचित हुन सकिने अहिलेको अवस्थामा एक बर्ष अघिको परिणामको मुल्यांकन गरेर निर्णय गर्नु कुनै पनि हालतमा सही निर्णय हुन सक्तैन । त्यही भएको हो बेलायती निर्बाचनको परिणाम ।