—शशी पौडेल
कन्जरभेटिभ पार्टीकी सहअध्यक्ष भ्रष्टाचारमा मुछिएकी छिन् । २००९ सालमा दैनिक टेलिग्राफले पार्टी नेताहरू एवं. सांसद सदस्यहरूले संसदको आर्थिक नियमावलीको गलत व्याख्या गरी खर्च असुल्ने गरेको कुरा प्रकाशमा ल्याएपछि दर्जनौं सांसद अनियमित ढंगले सरकारबाट रकम लिने गरेको आरोपमा मुछिएका थिए । तीमध्ये कतिपय लेबर पार्टीका थिए भने धेरैजसो कन्जरभेटिभ पार्टीका र लिबडेमका सदस्यहरूको पनि यसमा नाम आएको थियो ।
उक्त ‘वैध’ भ्रष्टाचारको अनुसन्धानका लागि गठित आयोगले आफ्नो काम अघि बढाउने क्रममा अहिले वारोनशा वार्सी तानिएकी छन् । वारोनश वार्सीले लण्डनमा बस्दा भाडा तिरेर बसेको भन्दै एक रातको १६५.५० पौण्डका दरले रकम असुल गर्दै आएकी रहिछन् । एक सुत्रका अनुसार उनले कुनै भाडा तिरेर बसेको नभई एक पाकिस्तानी मूलका धनाढ्य तथा टोरी पार्टीको सहयोगी नवीड खाँकहाँ बस्ने गरेकी रहिछन् । र उनले त्यहाँ रात बसेवापत रकम नतिरेको खुलासा भएको छ । तर, खाँ स्वयंले वार्सीलाई खर्च असुल गर्न सघाएको कुरा पनि प्रकाशमा आएको छ ।
यसबारे लेबर पार्टीका सांसद जोन म्यान भन्छन्, ‘लर्डहरूको कमिसनले यसको उच्च अनुसन्धान गर्नुपर्छ । यी सबै कुरा गुमराह भैरहेको छ, त्यसैले यसको पूर्ण अनुसन्धान हुनुपर्छ ।’
वार्सीले एकातिर प्रतिरातको खर्च असुल गर्दै आएको र अर्कोतिर संसदले वयम्लीमा अवस्थित उनको फ्ल्याटका लागि ब्याज तिर्दै रहेको र उनले उक्त फ्ल्याट भाडामा दिएको बताइएको छ ।
संसद खर्च नियमावलीअनुसार सांसदहरूको आफ्नो तलब भत्ताबाहेक अन्य बाहिरबाट आउने आम्दानी ५०० पौण्डभन्दा बढी छ भने त्यसको विवरण पेस गर्नुपर्छ । वार्सीको उक्त घरभाडा आम्दानी ५०० पौण्डभन्दा धेरै बढी छ ।
वार्सीले बयानमा आफ्नो फ्ल्याट खरिद गर्ने सम्झौता २००७ मै भएको तर फ्ल्याट भने अर्को वर्ष मात्र तयार भएको बताएकी छन् । उनले त्यस बीचमा खास गरी होटेलमा बस्ने गरेको, तर कहिलेकाहिं नविड खाँकहाँ एक्टनमा बस्ने गरेको बताइन् ।
उद्योग एवं व्यवसाय छायाँमन्त्री चुकाउमुनाले भने, ‘यसको अनुसन्धान राम्रोसँग हुनुपर्छ, अन्यथा हामी राजनीतिज्ञहरूले जनतासमक्ष विश्वास गुमाउनेछौँ । वेस्टमिन्स्टर र सर्वसाधारण जनताको घरदैलोबीच कुनै कसिङ्गर रहनु हुँदैन । यो सबभन्दा महत्वपूर्ण कुरा हो ।
वार्सी को हुन ?
वारोनेश वार्सी बेलायतकी प्रथम मुश्लिम महिला मन्त्री हुन् । एक पाकिस्तानी आप्रवासीकी छोरी वार्सीले आफ्नो परिचय दिँदा उत्तरी मजदुर वर्गको प्रतिनिधि, शहरीया मजदुर आमा भन्ने गर्छिन् । उनले बहु सांस्कृतिकताको प्रतिनिधित्व गर्छिन्, तर माइकल हवार्डले २००४ सालदेखि टुप्पोमा पु¥याएकी उनले सामान्य कम्प्रेन्सिभ स्कूलमा पढेकी हुन् । सुरुसुरुमा पार्टीभित्र उनले विषमताको कुरा उठाउँदै प्राइभेट स्कूलमा पढेका पुरुषको दवदवाको विरोध गर्थिन् । उनी कन्जरभेटिभ पार्टीको सिद्धान्तबाट प्रभावित भएर पार्टीभित्र पसेको बताउने गर्छिन् ।
वर्षमा एक लाख तीस हजार तलव लात हानेर सोलिसिटर पदबाट राजीनामा दिँदै उनले २००४ मा आफ्नो निवासस्थान डेउसवरीबाट संसदको निर्वाचनमा उठिन् तर, लेबर पार्टीका साविक मल्लिकबाट पराजित भइन् । पछि तत्कालीन पार्टी नेता माइकल हवार्डले उनलाई सल्लाहकारमा नियुक्त गरे । २००७ मा डेविड क्यामरोनले उनलाई स्थानीय विकास एवंं सामाजिक कल्याण छायाँ मन्त्रीमा नियुक्त गरे । २०१० को निर्वाचनपश्चात उनी विनाविभागीय मन्त्री पदमा आसीन छन् ।
विवादमा मुछिन मन पराउने वार्सी पार्टीभित्र र बाहिर आप्रवासबारे विवादमा छन् भने २००७ मा विएनपीसँग उनको झन्डै लभ एफेयर चलेको थियो । तर पछि बिबीसी वानको प्रश्नोत्तरमा विएनपीका निक ग्रिफिन सँगसँगै बसेपछि उनले उग्रराष्ट्रवादी भनेर निकै आलोचना गरिन् ।
जनविरोधी काम गर्ने तर जनप्रिय हुन चाहनेहरूलाई मानसिक तनाव मात्र हुने नभई कहिलेकाहिं शारीरिक तनाव पनि हुने गर्छ । यो तनावबाट पनि उनी अछुतो रहिनन् ।
२००९ मा केही मुसलमान समूहले उनीमाथि सार्वजनिक स्थलमा कुहिएको अण्डाद्वारा आक्रमण गरे । आक्रमणकारीहरूको दाबीअनुसार अफगानिस्तानका मुसलमानहरूको हत्यामा यिनको पनि सहमति रहेको छ । वार्सीले उक्त समूहले इस्लामिक धर्मको प्रतिनिधित्व गर्न नसक्ने भनेपछि फेरि विवादमा मुछिइन् ।
२०१० मा मुसलमानहरूले सार्वजनिक स्थलमा बुर्का लगाउन नपाउने फ्रान्सको निर्णयविरुद्ध टेलिभिजनमा प्रस्तुत हुने तिथिमितिसमेत तोकिए पनि उनले अचानक रद्द गरिन् । फ्रान्सविरुद्ध बहसमा जान रद्द गरेपछि डेविड क्यामरोनले उनलाई ठूला सार्वजनिक कन्फरेन्समा जान प्रतिबन्ध लगाए ।
सत्र वर्षको विवाहित जीवनपछि २००७ सालमा पतिसँग छोडपत्र गरेकी वार्सीको एक बच्चा छ । संसारका ५०० प्रमुख प्रभावशाली मुसलमानमध्येकी एक वार्सी बेलायतको शक्तिशाली मुसलमान महिलाका रुपमा चिनिन्छिन् ।
“पुनर्मुसिको भव”
आम निर्वाचनको वर्ष २०१० मा लेवर पार्टीको अधिवेशन सम्पन्न भएको लगत्तै अर्को हप्ता कन्जरभेटिभ पार्टीले पनि आफ्नो बार्षिक सम्मेलन ग¥यो । वर्मि¨हाम शहरमा गरिएको सम्मेलनमा खासगरी सरकारले कसरी पू“जी संचय गर्न सक्छ भन्ने वारे छलफल गरिएको थियो । सम्मेलनको दोस्रो दिन अर्थमंत्री जर्ज ओर्सवनले बेलायत आर्थिक रुपमा भल झरी सकेको र मुलुकको यस्तो दुर्गति गराउनुमा लेवर पार्टीको पछिल्लो सरकार जिम्मेवार रहेको बताउदै संचय गर्ने कुना कन्दराहरुको फेहरिस्त लगाए । उनको फेहरिस्तमा बेलायतको पू“जीपति , उद्योगपती, एंव अन्तराष्ट्रिय बजारका मालिकहरुको नामाकरण कहि कतै सुन्ने मौका पाइएन भने सरकारी वेनिफिट लिने निम्न वर्गहरुमा कसरी रकम बचाउन सकिन्छ भन्ने विवरणले बढी महत्व पाएको थियो । बैंक एंव विमा संस्थानहरुको भूमिका उल्लेख गर्न चाहेनन् । समग्रतामा उनले उनको गत महिनाको बजेट भाषणलाई दोहर्याए । मात्र फरक के भने यसपाली कहा“ कति कति खर्च गर्ने भन्नेमा केन्द्रित थियो भने यसपाली कहा“ कहा“ कति खर्च बचाउन सकिन्छ भन्नेमा ।
उद्घाटन कार्यक्रमको बेला पार्टी उपसभापति साइदा वारसीले आफूलाई आगामी प्रंमको दावेदारीको रुपमा प्रस्तुत गरिरहदा प्रधानमन्त्री डेविड क्यामरोनको अनुहार हेर्न लायक थियो । राेंटे कमिलाको चाक चाटे जस्तो अमिलो अनुहार लिएर बसेका प्रंम क्यामरोन किम कर्तव्य विमुढ देखिन्थे । कमसेकम केहीक्षेण डाउनिङ स्ट्रिटको दश नम्वरमा बस्न मन पराएको बेला आफ्नै पार्टी सभापति एंव आफैले बनाएको विना विभागिय मंत्री वारसीले मार्गरेट थ्याचर एक अति योग्य महिला प्रधानमन्त्री भएको र भविश्यमा पनि महिला प्रधानमन्त्री हुन सक्ने प्रंसग उठाउदा छा“गावाट खसे सरह हुनु स्वभाविकै थियो । उनको खुट्टा मुनीको जमिन सायद त्यति खेर भाँसिएको हुदो हो । लिव डेमसंग वैवाहिक साईनो गा“सेर सरकार वनाउदा महिला एंव बेलायतका अन्य माइनुरिटी कम्यूनिटीको सरकारमा प्रतिनिधित्व नभएको भनी आलोचना आउन थालेपछि आलोचनावाट बच्नका निम्ति स्वस्थानीको कथामा हात्तिले फूलको माला लगाइदिएर लावण्य देशको राजा बनाएर जस्तै आफैले टप्प टिपेर बेलायत देशको विना विभागीय मन्त्री एंव पार्टी उप सभापति बनाएकी पाकीस्तानी मुस्लिम महिलाले प्रंमको कुरा गर्दा डेविड क्यामररोनको अनुहारमा असिनापसिना हुनु अनौठो थिएन । मन लागे पनि मनले धक्का खाए पनि त्यो हलमा हास्नु उनको वाध्यता थियो ।
बारोनेस –साइदा वारसीले उनलाई विना जिम्मेवारी एंव विना कार्यविभाजनको तर अत्यन्त सुविधायूक्त जागीर दिदा उनको मनमा उब्जेका कुराहरु उनले ठट्याउलो पारामा राखिन तर यस पंक्तिकारलाई भने स्कूले जीवनमा स्कूलको कोर्ष बुकमा पढेको एउटा संस्कृत भाषको कथा “पुनर्मुसिको भव” स्मरण भइरहेको थियो । विविसिको क्यामरा जब आलोपालो गरी प्रंम डेविड क्यामरोन र पार्टी उप सभापति साइदा वारसीलाई फोकस गरी रहेको थियो । तव शुरु शुरुमा पोडियममा मन्तव्यको क्रममा पार्टी उप सभापति वारसी मुसा जस्तै देखिए पनि अन्त अन्त तिर वाघ बनेको प्रश्ट संकेत हुन्थ्यो । “पुनर्मुसिको भव” कथाको सार यस प्रकार रहेको छ । एक ऋषिमुनी तपस्या गरेर वसेका हुन्छन । उनको वरीपरी एउटा मुसाले सुरक्षा गरेर बसेको हुन्छ । यो देखेर ऋषिमुनीलाई दया लागेछ र मुसालाई सोधे , ए मुसा तैले मेरो धेरै सेवा गरिस के वरदान माग्छस् माग भनेछन् । मुसाले एकछिन सोचेछ उसलाई लाग्यो विरालो संसारमा सवभन्दा वलियो हुदो रहेछ । किनभने विरालोले मुसा मारेर खान्छ । अनि उसले विरालो हुन पाउ“ भनी वर मागेछ । ऋषिमुनीले तथास्तु भनी बर दिएछन् । उत्तीखेरै मुसा विरालोमा परिणत भयो । विरालोले त्यसरी नै ऋषिमुनीको पुनः सेवा गरेछ । ऋषिमुनी फेरी जागा भए, विरालोले गरेको सेवा देखेर उनी अत्यन्त खुशी भै पुनः पहिलाको शब्द दोहोराएछन् ल वर माग भनेर π विरालोले सोंच्यो, वाघ आफू भन्दा ठूलो रहेछ । किनभने वाघले जंगलमा सबै जनावारहरुलाई मारेर खान्छ । विरालोले वाघ हुन पाउ“ भनी वर मागेछ । ऋषिमुनीले तथास्तु भन्दै अक्षता फालेछन् । विरालो वाघमा परिणत भयो । अंजगको मोटो बाघ भएकोले भोकाएको पनि रहेछ । वरीपरी कुनै जनावार देखेन अर्थात खानेकुरा केही नदेखेपछि ऋषिमुनीलाई नै खान मुखवाएर अघि बढेछ । यो देखेर ऋषिमुनीलाई डर लाग्यो र उनले फेरी अक्षता मन्तरेर “पुनर्मुसिको भव” भन्दै वाघ माथि छर्केछन् र बाघ पुनः मुसामा परिणत भएछ ।
मलाई लाग्थ्यो यी कथाहरु दन्त्य हुन् । यिनमा खास केही दम छैन । किन यस्ता घटना पाठशयक्रममा राखेका होलान । विद्यार्थीले यसवाट के सिक्ने ? तर घटना यथार्थ मेरो वाल सुलभ सोचाई जस्तो रहेनछ । मैलै आफैले झण्डै यस्ता घटना वेहोरेको छु । घटना ठूलो वा सानो भन्ने हो्इन कुरा इमान्दारीता को हो । इमान्दार भएर हेर्ने हो भने कन्जरभेटिभ पार्टी भित्र विना विभागीय मन्त्री साइदा वारसीले यति छिट्टै प्रंमको सपना देख्नु कत्तिको इमान्दारिता हो यसै भन्न सकिन्न । तर इमान्दारीता होइन भन्ने हो भने राजनीति गर्ने राजनेता वा नेतृको मुख्य उद्घेश्य भनेको मुलुकको सर्वोच्च पदमा पुग्ने हुन्छ । इमान्दारिता हो भन्ने हो भने मुसावाट विकाश दुखै गएको वाघले आफूलाई बाघ बनाउने ऋषिमुनीलाई नै खाने प्रयत्न गर्नुलाई कसरी इमान्दारिता भन्ने ?