बन्दुक किन्न अमेरिका जानुहोस्

-शशी पौडेल
हिंजो बिबिसी नेपाली सेवाले अमेरिकामा बन्दुक किन्नेहरुको संख्या ह्वात्तै बढेको बताएको छ । बन्दुक किन्नेहरुको संख्या बढ्नुको कारण गत हप्ता कोलोराडोको आरोरा शहरको एक सिनेमाहलमा सिनेमा देखाइरहेको बेला एक ब्यक्तिले अन्धाधुन्ध गोली चलाएर एक दर्जन भन्दा बढी संख्यामा दर्शकहरुको हत्या गरेपछि घुइचो लागेको बताइएको छ ।
मानिसहरुले खासगरी आफ्नो सुरक्षाका निम्ति भनेर हात हतियार जम्मा गर्ने गरेका हुन्छन् , अरु कसैलाइ मार्न वा अरु कसैको नोक्सान गर्न भनेर होइन । तर कोही आफै आतंकित हुन्छन् र अरुको नोक्सान गर्ने तर्फ लाग्छन् । त्यसो गर्नेहरु अपराधीको पंतिमा गनिन्छन् ।
हो आफ्नो सुरक्षाको बन्दोबस्त आफैले गर्नु स्वभाबिक हो । मानव समाजको बिकाससंग संगै उठेका कुराहरु गास, बास, कपास, स्वास्थ्य र शिक्षा का साथै आफ्नो सुरक्षा र सुरक्षा गर्न पाउने स्वतन्त्रता मानव जातीको नैसर्गिक अधिकार भित्र पर्दछ । र हरेक ब्यक्तिमा आफु सुरक्षित रहने प्रमुख चाहना हुन्छ । तर अरुलाइ नोक्सान पु¥याउने उद्धेश्यले हात हतियार खरिद गर्नु र खरिद गरेर अरुलाइ नोक्सान पु¥याउनु अरुको नैसर्गिक अधिकार लुट्नु मात्र नभएर आफु स्वयं कर्तब्य बिहिन हुनु हो । त्यसैले के हात हतियार किन्दैमा आफू सुरक्षित भइन्छ त ? अहिले अमेरिकामा यो प्रश्नको उत्तर खोज्नु पर्ने भएको छ ।
यदि मानिससंग सुलभ उपलब्ध हुने कुनै कुरा वा बस्तु छ भने त्यो सहज रुपमा प्रयोग गर्दछ । यदि कुनै चिज वा बस्तु सुलभ छैन भने प्रयोगमा ल्याउन त्यति संभव हुदैन । यस अर्थमा यदि मानिसले हात हतियार राख्न पाउने अधिकार प्राप्त ग¥यो र हतियार संग्रह ग¥यो भने उसले कुनै आवश्यक नभएको बेलामा पनि प्रयोग गर्न सक्छ । सानो तिनो झैझगडामा पनि उपयोग गर्न सक्छ , जुन उपयोगबाट एउटा आतंक उत्पन्न हुन सक्छ । अनाहकमा हात हतियार एवं बन्दुक किनेर अरुलाइ असुरक्षित गराउनु कहाँको स्वतन्त्रा हो ?
म यस्तै ६/७ वर्षको थिएं, मेरो पिताजी र म बनारस जांदै थियौ कुनै कारणबश केही समय गोरखपुरमा पर्खिनु पर्ने भयो । वुवालाइ रेलबे स्टेशनमा पर्खन मन नपर्ने भएकाले त्यस पछिको रेलमा जाने निर्णय गरि त्याहाँ नजिकैको नेपाली होटेलमा गएर आराम गर्ने निर्णय ग¥यौं । हामी संग कुनै खास सामान पनि थिएन पुस महिना गर्मी पनि त्यति थिएन त्यसैले बजार हेर्दै पैदलनै हिड्ने निर्णय ग¥यौं । जांदै थियौं अचानक मेरा आंखाहरु एउटा पसलमा गएर अड्किए, त्यो पसल हात हतियारको पसल थियो । त्यहाँ भित्र बन्दुक, पेस्तोल र अन्य हात हतियारहरु थिए । मैले वुवासंग अनुरोध गर्दै भनें वुवा हामीले पनि एउटा सानो पेस्तोल किनेर लैजांउ न, उहाँले तुरुन्तै भन्नु भयो “हेर बाबु बन्दुक भनौ वा अरु कुनै हात हतियार संसारमा कसैलाइ पनि चाहिदैन चाहे ती आर्मीका जर्नेल हुन र सुरक्षाका रुपमा भनियोस्, चाहे तिमी र तिमी जस्ता वाल बच्चाका लागि खेलौनाका रुपमा होस् । हात हतियार बनाउने बेच्ने र किन्ने सबै अधम हुन्” उहाँले भाबुक हुदै अगाडी भन्नु भयो “हतियार बनाउने, बेच्ने र किन्ने सबैलाइ हामीले यस संसारमा सजाय दिन नसके पनि भगवानले पक्का सजाय दिने छन् ”।
उहाँका यी वाक्यहरु मेरो मानस्पटलबाट कहिल्यै मेटिएन । उहाँको त्यस बेलाको भाबुकता मेरो मन भित्र निकै गहिरो गरी घुसेको थियो । थुप्रै प्रश्नहरु मेरो अगाडी ओइरिएका थिए तर मेरो बाल सुलभले ती प्रश्नहरु बाहिर निकाल्ने हिम्मत गरेन । पहिलो र गम्भिर प्रश्न थियो, वुवा अचानक किन यति भाबुक बन्नु भयो ? यसको पछाडी के राज लुकेको छ ? मैले मेरो सम्पूर्ण बल बुद्धी लगाउन चाहें तर मैले त्यतिबेला मेरा उक्त प्रश्नहरुको उत्तर पाउन सकिन ।
केही समय पछि मैले यी प्रसंगहरु कोट्याउदै भनें यदि हामीले त्यतिबेला एउटा सानो पिस्तोल किनेको भए चरा चुरुङ्गीको शिकार खेल्न त हुन्थो नि । वुवाले भन्नु भयो “मैले पहिलो बिश्व युद्धका बारेमा सुनेको छु नेपालीहरु त्याहाँ अनाहकमा मर्नु प¥यो । दोस्रो बिश्व युद्ध बेहोरेको छु, त्यहाँ कति धेरै हत्या भयो, जहाँ मान्छे नमारिनु पथ्र्यो त्यहाँ मारिए । यदि संसारमा हात हतियार नभैदिएको भए यति धेरै मान्छे अनाहकमा मारिने थिएनन् । मानिसले खास गरी दुइ कारणले अरुको हत्या गर्न पुग्दछन् । प्रथम हत्याराको नितान्त निहित ब्यक्तिगत स्वार्थ पूर्तिका निम्ति र दोस्रो उसको मानशिक असन्तुलनका कारण ।”
त्यसैले होला मैले मेरा बच्चाहरुलाइ कहिल्यै पनि हात हतियाररुपी खैलौना दिइन र अरु कसैले पाहुरका रुपमा ल्याइदिए पनि फर्काइ दिएं । लगभग २० बर्ष अगाडीको कुरा हो, मेरो छोरा दुइ बर्ष भएको बेला एकजना जर्मन मित्रले छोरालाइ एउटा सानो खेलौना पेस्तोल ल्याएका थिए, मैले त्यो उनिसंगै फर्काइ दिंए । छोरा निकै रोयो उसलाइ सम्झाउन निकै समय लाग्यो । उता ती मित्रले पनि चित्त दुखाएछन् ।
अहिले छोरो बाइस बर्ष हुन लाग्यो । आज संयोगले बिबिसीको समाचार सुन्दा उ पनि संगै थियो , मैले २० बर्ष अघिको घटना उसलाइ सुनाएं । उसले भन्यो “बाबा हजुरले हामीलाइ बन्दुक खेलौना नदिएर र कम्प्युटरमा त्यस प्रकारका खेल खेल्न नदिएर केही नोक्सान गरिबक्सेन बरु हामीलाइ फाइदानै भयो । मलाइ सम्झना छ यदि कसैले हामीलाइ किताव पाहुरको रुपमा ल्याइदियो भने त्यसलाइ हजुरले निकै सम्मान गरिबक्सिन्थ्यो तर अरु खेलौनामा त्यति खुसी होइसिन्थेन । हजुरको त्यो ब्यबहार मेरा लागि निकै पे्ररणको स्रोत बनेको छ ।”

 

Bookmark the permalink.

2 Responses to बन्दुक किन्न अमेरिका जानुहोस्

  1. K p Sharma says:

    Good teaching for children but need to follow others as well.

  2. Kunjar Karmayogi says:

    K P ji
    I could not understand what you like to say
    “but need to follow others as well.”

Leave a Reply

Your email address will not be published. Required fields are marked *