“हामीले प्रेम गर्न सिकौं । पे्रम भनेको निर्मल, निश्चल र स्वार्थ रहित हुन्छ । तर मायाँमा छलकपट र स्वार्थ लुकेको हुन्छ । हामीले आमा, बाबु वा आमा बाबुले छोरा छोरी प्रति गरिने माँया हो । यद्यपी आमा बाबुले छोरा छोरीबाट भबिश्यमा ठूलो आशा गरिएको हुदैन । तथापी सदैभरी उनिहरुको रक्षा, हित र राम्रोको कामना गरिरहेका हुन्छौं त्यो सायद हामीले प्रेमको संज्ञा दिंउला तर आमा बाबुले छोरा छोरीलाइ दिइने माँयामा कुनै स्वार्थ नलुकेको भए पनि त्यो आफ्नो आँखाले देखिइ सकेको अवस्थाबाट सुरु भएकोले माँया भन्नु पर्ने हुन्छ । किन भने माँया भन्ने कुरा आफ्ना आँखाले देखेपछि वा कसैका बारेमा सुनेपछि मात्र लाग्ने हुन्छ । यदि हामीले आफ्ना छोरा छोरी वा पति वा पत्नीलाइ नदेखेको भए वा नसुनेको भए माँया लाग्थेन । त्यसैले देखे वा सुने पछि गरिने अनुभूतिलाइ माँया भन्नु पर्दछ । प्रेम त त्यो हो जो अदृश्य बस्तु प्रतिको बिश्वास । हामीले भगवानसंग प्रेम गर्छौ र अझ पनि प्रेम गर्न सिकौं जो निश्चल, निस्वार्थ र छलकपट बिहिन छ । ”
उक्त कुरा पंडित दिनबन्धु पोरेलले आफ्नो पवचनको मुख्य भाग बनाए ।
“सर्बे भवन्तु सुखिन सर्बे सन्तु निरामया, सर्बे भद्राणी पश्यन्तु मा कस्चित दुखः भाग्जन ।।”
“भगवानले एक वा दुइ ब्यक्ति वा समूह वा जात जातीलाइ मात्र सुख सुबिधा सन्तुष्टी होस् भन्नु भएको होइन । उहाँले त संसारका सम्पूर्ण प्राणी जगत र चराचर जगतका लागि पनि सुख, शान्ती र सुबिधाको कामना गर्नु भएको हो । तर आज नेपालमा दुर्भाग्य जात जातीका नाममा एक अर्कामा बिभाजन भएको अवस्था देखिएको छ । त्यस्तो अवस्था बेलायतमा पनि कता कता रहेछ । जसले हाम्रो समाजका हरेक ब्यक्तिलाइ चिसिक्क घोंचेको छ ।”
पंडित दिनबन्धु पोखरेलले आफ्नो बेलायत यात्राक्रममा गरेका प्रायः प्रबचनको सुरुवात यसरी हुने गरेको छ । “मैले हाम्रो दर्शन अर्थात पूर्बीय दर्शन कत्तिको बैज्ञानिक छ, यसका बैज्ञानिक आधाारहरु के के हुन् ? भन्ने बारे खोजीमा लागेको छु त्यसैले मैले तपाँइहरु समक्ष हाम्रो दर्शनका बैज्ञानिक आधारहरु अर्थात बैज्ञानिक तथ्यका बारेमा केही भन्न मन पराँउछु । मलाइ लाग्छ जसले हाम्रो दर्शन बुझ्न हामीलाइ केही सहज हुने छ ।”
उनले “भगवानसंग प्रेम गर्नु भनेको दुःख पाँउदा भगवानलाइ सम्झिनु मात्र होइन, अपितु हरपल, हरक्षेण र हर अवस्थामा सम्झिनु हो । अवस्य पनि हाम्रो खुट्टामा ठेस लाग्यो व कतै चोट लाग्यो भने ऐया भगबान, ऐया आमा, ऐया बाबा भनिने गर्दछ । यी त मानवजातीमा स्वभाबिक रुपमा आउने रिफलेक्सहरु हुन् । जव हामीलाइ अप्ठ्यारो पर्दछ तव भगवानको नाम जप्ने तर सुख पर्दा भने बिर्षने । त्यसैले भगवान, आमा र बाबु भनेका ती हुन् जसलाइ संसारमा मायाँ होइन प्रेम गर्नु पर्दछ । उनिहरुमा भक्ति लगाउन सक्नु पर्दछ ।”
उनले भक्तिबारे चर्चा गर्दै भने “भक्तिलाइ दुइ ढंगले परिभाषित गर्नु पर्दछ । प्रथम सामान्य भक्ति । यो भनेको जव हामीले कुनै उद्धेश्य प्राप्तीका निम्ति सोंचमा परेका छौं भने त्यतिबेला कुनै मन्दीरमा पुगेर भगवान मलाइ यी कुराहरु पु¥याइ देउ मैले तिमीलाइ यी यी कुराहरु चढाउने छु भनि कबुल गर्नु वा प्रार्थाना गर्नु हो । यो एक प्रकारको सौदा हो, जसमा स्वार्थ लुकेको हुन्छ । यो एक प्रकारको सामान्य भक्ति पनि हो । भक्तिको अर्कोरुपलाइ मैले यसरी हेर्ने गरेको छु, दुइजना ब्यक्ति रहेछन् ती मध्य एकजना असाध्यै शिवभक्त र अर्का शिवका अति बिरोधी । त्यसैबीच एक तेस्रो ब्यक्ति कतैबाट आयो र शिवभक्तसंग अचम्ब मान्दै भन्यो महादेबले सियोको प्वालबाट हात्ती छिराएको मैले देखें । शिवभक्तले भन्यो होइन होला त्यस्तो पनि कही हुन्छ ? भनेर बिश्वास गरेन । जवकि उ भगवान शिबजीको भक्त थियो । उसले यही कुरा अर्को शिवजीको बिरोधीलाइ भन्यो, बिरोधी ब्यक्तिले यसको जवाफमा भन्यो कि होला होला गंजडीले जेपनि गर्न सक्छन् । शिबले पनि सियोको प्वालमा हात्ती छिरायो होला भनेर बिश्वास ग¥यो । जवकि उ शिबको बिरोधी थियो ।”
“यहाँनिर हामीले निक्र्योल गर्नु पर्ने कुरा केहो भने यी दुइमा अव कुन भक्ति ठूलो त ? भक्तिमा सवभन्दा ठूलो बिश्वास हो । भक्तिमा सबभन्दा ठूलो कुरा प्रेम हो । भक्तिमा सबभन्दा ठूलो कुरा दाश हो । भक्ति भनेको प्रभु प्रतिको बिश्वास । भक्ति भनेको प्रभु प्रतिको प्रेम र निष्ठा हो ।”
पंडित पोखरेलले भक्तिका यी प्रसंगहरुलाइ अघि सारेर सतसंग सुन्दा हुनु पर्ने बिश्वास, आस्था, भक्ति र निष्ठा प्रश्ट्याउने प्रयत्न गरे ।
मानिस स्वभाबैले आस्था र निष्ठावान हुने कुरामा संका गर्नु पर्दैन तर कहाँ कसको आस्था राख्ने वा को प्रति निष्ठावान हुने भन्ने कुराको निक्र्याेल गर्न कहिले काँही कठिन हुने गर्दछ । जीबनमा आउने कतिपय उतार चढावले मानिसलाइ झोलङ्गे पुलको एक कुनाबाट अर्को कुनामा पु¥याइ दिन्छ भन्ने संकेत गर्दै उनले अगाडी भने “तर यदि हामीले धर्म प्रति आस्था र बिश्वास राखेर प्रभु प्रति निष्ठावान हुन सक्यौं भने जीबनका लक्ष्य प्राप्ति गर्न कुनै कठिन हुने छैन ।”
लामो समय देखि मातृभूमी, यज्ञ, महायज्ञ र प्रबचनबाट टाढा रहेका नेपाली जनसमुदाय कुनै नयाँ ज्ञान र गुणका कुरा सुन्ने चाहाना प्रति निकै उत्साहित देखिन्थे । तथापी त्यहाँ पनि प्राय सबैजसो पंडितहरुले “हामीले मृत्युसंगै केही लैजान सक्दैनौ, त्यसैले यही दान गरौं, यही पुण्ड्य गरौं ।” भन्ने बिज्ञापन गर्ने कामबाट उनि पनि अपबाद रहन सकेनन् । सायद हिन्दु धर्मको आधार मृत्यु पछि पुनर्जन्म, अनि स्वर्ग, मत्र्य र पाताल भएर होला ।
हो पनि पंडित दिनबन्धु पोखरेलको यसपालीको बेलायत यात्रा एउटा काष्टीङ्ग हो । आगामी अप्रेलमा गैर आबासीय नेपाली संघ बेलायतले महायज्ञ गर्न गैरहेको छ । सोही महायज्ञमा धेरै मान्छे जुटाउने उद्धेश्य स्वरुप एउटा बिज्ञापन हो ।
बिज्ञापन प्रायः गल्ती र बिबादरहित हुनु पर्दछ । तर एन आर एनको यो बिज्ञापनमा भने केही गल्ती र अहंता देखिन थालेको छ । दिनबन्धुद्धारा गैर आबासीय नेपाली संस्थालाइ छाता संगठन भनाउनु उनिहरुको गल्ती मात्र नभएर बिबादित कुरा पनि हो । आखिर कस्तो संगठनलाइ छाता संगठन भन्ने ? र छाता संगठन भनेको केहो ? छाता संगठनले गर्नु पर्ने कामहरु के के हुन् ? र यसको जिम्मेवारी के के हुन् ? भन्ने परिभाषा बिना छाता संगठन भनी शब्द प्रयोग गर्दा संगठन प्रति सकारात्मक प्रभाव पर्नुको बदला यस प्रति बितिष्णा उत्पन्न हुन्छ भन्ने बुझ्नु आबश्यक हुने छ ।
प्रवचन क्रममा पंडित पोखरेलले आफ्ना बाबुको हत्याले आफुलाइ परेको पिडा ब्यक्त गर्न अछुत रहने कुरै भएन । जव उनि आफ्ना बाबुका हत्याको प्रसंग ल्याएका थिए तव समग्र श्रोतागणको मन बिह्वल भएको थियो भने उनका आँखा रसाएका थिए । क्रोधित मुद्रामा देखिन्थे । चिन्तित र कताकता डर पनि उनका आँखामा झल्कन्थे । त्यति हुदा हुदै पनि आफ्ना बाबुको प्रबचन सैलीलाइ उनले पच्छ्याइ रहेका थिए । उनका प्रवचनका हरेक बिषय बस्तुमा यौन घटना, बयस्क र यौनका कुराहरु प्रमुख उदाहरण बने भने यौनता दर्शाउने भागहरु एवं अंग प्रतेङ्गहरु उनका प्रबचनका पात्र बने । उनले प्रबचन गर्दा भजन गाएको बेला छोपेर उनका बाबुलाइ नजिकबाट चिन्ने पोखरा निबासी एक ब्यक्तिसंग छोटो कुराकानी गरेको थिंए “यी दिनबन्दु पनि ठ्याक्कै बाबु जस्तै रहेछन् , आफ्ना प्रबचनबाट महिला एवं युबतीहरुलाइ बढी मन्त्र मुग्ध बनाउने प्रयास गर्दा रहेछन् ।” उनको टिप्पणी थियो ।
Dear Shashi Sir,
An excellent analysis – I do agree with you.