—शशी पौडेल
बेलायती समाज कहाँ पुगेर ठोकिने हो भन्ने कुराको सहजै अनुमान गर्न नसकिने भएको छ । बिसौं सताब्दीको मध्य सम्म बिश्वको एक तिहाइ भूभागमा साम्राज्य फैलाउन सफल बेलायती गोराहरुको अहिले आफ्नै मुलुकमा शैक्षिक दुर्गती हुन थालेको छ । दुर्गती पनि किन नहोस् ? यिनीहरुकै भाषामा भनिन्छ “ह्वाट गोज एराउण्ड कम्स् एराउण्ड” ।
कुनै बेला यहाँका पार्कहरुमा समेत कुकुर र भारतीयहरुलाइ प्रबेश निषेध गराउने गोराहरुलाइ अहिले तिनै भारतीय एवं अन्य एशियालीहरुले राम्रा राम्रा बिश्वबिद्यालयका महत्वपूर्ण संकायहरुमा मात्र होइन स्कूलहरुमा समेत पछाडी पारेका छन् । गत अक्टोबरमा बेलायती प्राइभेट स्कूलहरुका प्रधान अध्यापकहरुको बार्षिक राष्ट्रिय सम्मेलन भएको थियो । उक्त सम्मेलनले मजदूर वर्गबाट आएका बेलायती गोरा बिद्यार्थीहरु पढाइमा लगनशील नभएको र उनिहरुमा “एण्टी एजुकेशन कल्चर”को मनोबिज्ञान पलाएको दाबी गर्दै अन्य बिदेशी बिद्यार्थीहरुको तुलनामा बेलायती गोरा बिद्यार्थीहरु पढाइमा कमजोर भएको तथ्य अघि सारेको छ । पढाइमा कमजोर मात्र होइन, गोरा बिद्यार्थीहरुले प्राइभेट स्कूलमा भर्ना पाउन समेत कठिन भएको उनिहरुको भनाइ रहेको छ । बिद्यार्थी भर्ना गर्नु अघि लिइने इन्ट्रान्स परीक्षामा प्रायः गोरा बिद्यार्थीहरु असफल हुने गर्दछन् । किनकि उनिहरु प्राथमिक स्कूल सकेर सेकेन्डरी स्कूलमा भर्ना लिन जाँदा प्राइभेट सेकेन्डरी स्कूलमा भर्ना हुन आवस्यकता पर्ने योग्यता र ज्ञान नभएको पाइएको छ । यसको ठीक बिपरित नेपाल, भारत अर्थात एशिया एवं पूर्बि युरोपबाट बेलायत छिरेका परिवारका बाल बच्चाहरु भने जो जतिले छात्रबृत्ति एवं स्कूल भर्नाका लागि दर्खास्त हाल्छन् ती बाल बच्चाहरु सहजै इन्ट्रान्स परीक्षा सफल हुने गरेका छन् ।
बेलायतका २५० उच्च स्तरीय प्राइभेट स्कूलका प्रधान अध्यापकहरुको उक्त सम्मेलन पछि प्रकाशित रिपोर्टका अनुसार यथनिक माइनोरिटी समुदायबाट आएका बाल बच्चाहरुमा जति पढ्ने चाहना, हौसला, लगनशीलता र इमान्दारिता देखिन्छ त्यति बेलायती गोरा बाल बच्चाहरुमा हराउदै गएको भेटिन्छ ।
सम्मेलनमा उपस्थित केही प्रधान अध्यापकका अनुसार गोरा बाल बच्चाहरुमा “एण्टी स्कूल” संस्कृतिको बिकाश हुदै आएको छ । प्रायजसो औद्योगिक क्षेत्रको आस पास बसो बास गर्ने बालबच्चाहरुमा यस प्रकारको मनोबिज्ञान पलाएको उनिहरु बताउछन् ।
प्राइभेट स्कूलका प्रधान अध्यापकहरुको सम्मेलन सकेर फर्केका एक प्रधान अध्यापकसंग केही समय अघि मैले यसबारे छोटो कुरा कानी गर्ने मौका पाएको थिंए, कुरा कानीक्रममा उनले भने, हुनत मेरा यी कुराहरु जनरलाइजेशन गरेको जस्तो मानिने छ तर तल्लो बर्गबाट आएका गोरा बिद्यार्थीहरुले आफ्नो अध्ययनमा सफलता प्राप्त गर्ने कुनै लक्ष्य राखेको पाइदैन । जवकि नेपाली, भारतेली अर्थात समग्रमा एशियन, पूर्व युरोप र कतिपय अफ्रिकन मुलुकहरुबाट आएका परिवारका बाल बच्चाहरुमा एक प्रकारको लगनशीलता, कटिबद्धता, अध्ययनशील एवं अनुशासित भएको पाइन्छ । बाल बच्चाहरुमा मात्र होइन तिनका आमा बाबुहरुमा समेत आप्mना छोरा छोरीलाइ राम्रो शिक्षा हासिल गराउनु पर्छ भन्ने मनोबिज्ञान भएको पाइन्छ । तर थुप्रै बेलायती गोरा बाल बच्चाहरुमा मात्र होइन तिनका आमा बाबुमा समेत शिक्षाको त्यत्ति महत्व नभएको जस्तो देखिन्छ । यो होइनकि गोरा बिद्यार्थीहरु पढ्न सक्षम छैनन् भन्ने, ती मध्य केही निकै चलाख एवं क्ष्यमतावान पनि नभएका होइनन् तर पारिवारिक बातावरण र तिनका आमा बाबुमा आफ्ना बाल बच्चाहरुलाइ शिक्षा हासिल गर्न प्रोत्साहित गर्नु पर्छ भन्ने मनोबिज्ञानको कमि हुनुका कारण बाल बच्चाहरुमा लगनशीलता एवं कडा मेहनत गरेर पढ्नु पर्छ भन्ने ज्ञानको बिकाश हुन सकेन । पढेर योग्य नागरिक बन्नु पर्छ भन्ने ज्ञान दिने ब्यक्ति सायद परिवारमा नभएर यस्तो भएको हुन सक्छ ?
सम्मेलन पछि प्रकाशित तथ्याङ्कका अनुसार गरीव एवं मजदूर वर्गबाट आएका बिद्यार्थीहरु, धनिवर्गका गोरा बिद्यार्थीहरु र एशियन एवं पूर्व युरोपेली बिद्यार्थीहरुको तुलनामा कमजोर देखिएको छ । यद्यपी ती गरीव मजदुर बर्गबाट आएका गोरा बिद्यार्थीहरुलाइ बिभिन्न भौतिक सुबिधा प्राप्त छ, जस्तै स्कूलमा सित्तैमा नास्ता एवं खाना उपलब्ध गराइन्छ । युनिफर्म उपलब्ध गराइन्छ जबकि बिदेशी बिद्यार्थी एवं राम्रो आय हुने बाबु आमाले स्कूलको खाना एवं युनिफर्मका लागि आफैले मुल्य चुकाउनु पर्छ ।
सम्मेलनबाट अनुमोदित रिपोर्टका अनुसार बेलायती गोरा बिद्यार्थीहरु जसको मातृभाषा नै अंग्रेजी हो उनिहरु अंग्रेजी बिषयमा बिदेशी बिद्यार्थीहरु भन्दा कमजोर रहेका छन् । अंग्रजी ब्याकरण मात्र होइन उनिहरुले अंग्रेजी लेख्न र पढ्न समेत शुद्ध नजानेबाट सम्मेलले चिन्ता ब्यक्त गरेको छ । यस्तै अनिबार्य गणितमा पनि उनिहरु अत्यन्त कमजोर भएको उल्लेख गरिएको छ ।
गतवर्षको तत्थ्याङ्कका अनुसार बेलायती गोरा बिद्यार्थीहरुमध्य जम्मा जम्मी ३३ प्रतिशतले मात्र जीसीएस्इ (एस् एल् सी सरह)मा अनिबार्य अंग्रेजी र गणितमा सन्तोषजनक अंक प्राप्त गर्न सके भने अन्य यथनिक माइनोरिटी समुदायका बिद्यार्थीहरु मध्य ६२ प्रतिशतले जीसीएस्इमा अनिबार्य अंग्रेजी र गणितमा राम्रो अंक प्राप्त गरि कलेजहरुमा भर्ना पाए ।
सम्मेलले प्रस्तुत गरेको रिपोर्टको अर्को प्याराग्राफमा लेख्छ, जो जति बिद्यार्थीहरुले स्कूलमा सित्तैमा नास्ता एवं खाना प्राप्त गरेका थिए ती बिद्यार्थीहरु अरु बिद्यार्थीहरु गन्दा कमजोर रहे । सित्तैमा खाना प्राप्त गर्ने बिद्यार्थीहरु मध्य जम्मा २९ प्रतिशतले मात्र जीसीएस्इमा सन्तोषजनक अंक प्राप्त गरेका थिए ।
सम्मेलनको अन्तिम दिन सम्मेलन स्थल बेलफास्टमा बोल्दै साउथ लण्डनस्थित डुलवीच कलेजका प्रधान अध्यापक जोइ स्पेन्सले भने, “हामीले सायद अहिले आस्पीरेशनको कुरा गर्नु उचित हुदैन, किनकी हामीसंग ठुलो संख्यामा एशियन र अफगानी शरणार्थीहरुका बाल बच्चाहरु अध्ययनरत छन् तर गोरा बेलायतीहरुका बाल बच्चाहरुलाइ स्कुलमा ल्याउन भने कठिन भैरहेको छ ।”
प्रधानाध्यापकको सम्मेलनले भन्योः अंग्रेजहरु अंग्रेजीमा कमजोर
Bookmark the permalink.
उ जस्तो बिद्द्वान र जान्ने अरु कोहि छैन भनेर अमिताभ बच्चन 'खुदा गवाह' को सुटिंग गर्न नेपाल आउँदा ईन्टरभ्यु लिन…