केही बर्ष पहिले म पसलमा बसिरहेको बेला पछाडि भिर्ने सानो रुकस्याक बोकेको एउटा ठिटोलाई लिएर काजी शेर्पा आइपुगे । उनले चिनाउदै भने “ उनी आङछिरिङ्ग शेर्पा हुन् । भर्खरै सगरमाथा सफल आरोहण गरेर आएका छन् उसले एउटा पुस्तक लेखेको छ” भने मैले सुन्नासाथ मागी हालें ।
तर बेलायतको व्यस्तता अनेक लुते धन्धाले मेरो पढ्ने पढाउने विधा ओझेलमा परेको छ । सधैको भागदौडले आपूmलाई जीवनको ज्ञानको सास्वत पक्षबाट धेरै टाढा राख्नुपर्ने अवस्था छ । भौतिकवादी उपयोग मुलक समाजमा चर्न आएको एउटा व्यक्तिको कित्तामा राख्नु पर्दा ज्यादै मूल्यवान अध्ययन गर्नुपर्ने पुस्तकबाट बन्चित भएको महसुस हुन्छ । यसै सन्दर्भमा समय निकालेर धेरै अगाडि किनेको पुस्तक “डेडलाइन चोमोलोङमा पढ्ने अवसर पाए ।
“एउटा हिमाल चढ्ने शेर्पाको छोरा अक्षरसंग खेल्न सक्छ ?” लेखकले उनको व्यवसायिक जीवनमा सुनेका र भोगेका यी कटुवाणीलाई एउटा व्यवसायिक पत्रकारले कसरी बिषय वस्तुलाई आत्मासात गरी यथार्थलाई सगरमाथाको चुलीमा पु¥याउछ भन्ने सप्रमाण हो यो पुस्तक । नेपालको इतिहासमा धेरै नेपालीले सगरमाथा चढे, लेख्न नसक्ने पढ्न नसक्ने जीविकाको लागि चढ्नेले सायद लेख्न सकेनन्, राष्ट्रको ढुकुटी करोडौं उठाएर सरकारी कर्मचारीको टोली सगरमाथाको चुचुरा चढेका समाचार आए तर कृत्वि र व्यक्तित्वको बारेमा सोच्ने मनस्थिति आउन नसकेको अवस्थामा एउटा शिक्षित व्यवसायिक शेर्पाको यो पुस्तक सदावहार पढ्न लायक नेपाली कृतित्वमा दर्ज भएको छ ।
पुस्तक भित्रका ज्ञानको कुरा गर्ने हो भने, यो एउटा शेर्पा जातीको सामाजिकरणको सूचनाको श्रोत बनेको छ । शेर्पाहरुको उदगम विन्दु तिनका पुर्वजहरु र उत्पत्ति तथा सामाजिकरण जस्ता पक्षलाई सूक्ष्म रुपमा सारंशमा प्रस्तुत् पुस्तकले सयौं नउधारिएका बिषयवस्तुलाई उजगार गरेको छ । उनका अनुसार फछेन शेर्पा सवभन्दा पहिले सोलुखुम्वु आएका र उक्त क्षेत्रका शेर्पाहरु उनैका सन्तान भएको र तिनै शेर्पाहरु अहिले विश्वभरी हिमालका सन्तानको रुपमा परिचित छन् । भौगोलिक रुपमा जती शेर्पा जातीलाई हिम श्रृंखलाको ज्ञान छ, त्यो ज्ञानलाई बैज्ञानिक रुपमा लिपीवद्ध गरी हिमाल चढ्ने आधारशिला बनाई तिनलाई व्यवसायिक रुपमा राज्यले प्रयोग गर्न नसक्नाले तेन्जिङ्ग नोर्गे शेर्पा देखि आजसम्म पनि उनीहरुको विशिष्ट ज्ञानलाई पश्चिम राज्यले नगदमा परिणत गरिरहेको छ । उनीहरुको ज्ञान नेपालमा मात्र सिमित छैन, पाकिस्तानको हिमचुचुरा, भारतको हिमचुचुराहरु , दक्षिण अमेरिका समेत विदेशीहरुले प्रयोग गरेका छन् ।
हाम्रा अहिलेको पुस्ताहरु नेपालको विशिष्ट पहिचान राख्ने जातसंग संवन्धित व्यवसायसंग टाढिदै गएको परिवेशमा यो पुस्तकले शेर्पाको कौसल, उनीहरुको पहिचान तथा पढ्न लेख्न सक्ने शिक्षित जमातले कसरी त्यसलाई विशिष्ठिकरण गर्न सक्छ भन्ने बिषयमा गहिरो गरी विश्लेषण गरेको छ । सगरमाथा चढ्नु मात्रै ठूलो कुरा होइन, सामाजिक पक्षको विश्लेषण, धार्मिक तथा गुरुहरुको विश्वास तथा आर्शिवाद, अग्रजहरुको प्रेरणा र उहा“हरुप्रतिको सम्मान देखि प्रकृतिलाई देवीको रुपमा पुजेको कुरा पनि त्यतिकै महत्वपूर्ण रुपमा उठान गरिएको छ ।
हिमाल माथि के छ ? भन्दै लड्दै, पढ्दै चढेर उच्च विन्दुमा पुग्न गरिएको प्रयाससंग जीवनको सोच विचार र समाजबाट पाइने सुन्दर वाणीहरु निसंदेह लेखकलाई भावी कामको लागि ठूलो प्रेरणा बन्ने छ । कम अध्ययनशिल युवाहरुको जमातले भविश्यको बागडोर कसरी सम्हाल्न सकिन्छ ? कुनै पनि बिषयवस्तुमा गहिराईमा पुगेपछि पाइने फलको लागि भने यो आर्दशवादी पुस्तक पढ्नै पर्छ ।
“हे आमा भियोलोङमा केप्सु«ङ छे” दुःखको बेलामा मासिसले सम्झने आमा र शेर्पाहरुको शीर सगरमाथासंग याचना गरिएको सगरमाथा देवीका दुहाई मागेका लेखकले पर्वातारोहीहरुको वियोगान्त अन्त्य हिमशिखरमा कसरी हुन्छ भन्ने कुरा सहज रुपमा प्रस्तुत् गरेका छन् । पासाङ्ग लामा शिखरबाट झर्दा भोगेको प्राविधिक गल्ती र सगरमाथाको काखमा समाधी लिएको देखि विश्व किर्तिमानधारी बाबुछिरी शेर्पाको हिउ“को खाल्टोको भास तथा दुःखदायी अन्त्य भएको खाल्टोको सविस्तार वर्णनले सगरमाथा आफै चढ्न गएका भान हुन्छ ।
पढ्ददै जांदा सदृश्य दिमागमा आउने यो पुस्तक नेपाली समकालिन आरोहण सवन्धि आलेखमा पहिलो दस्तावेजको रुपमा दर्ता भएको छ । दैनिकीहरुलाई पूर्ण निवन्धको रुपमा लेखिएको पुस्तकले भावना भन्दा बढ्ता यथार्थपरक रुपमा बोलेको छ एउटा प्रखर पत्रकारको कलम भित्रै कैद भएको छ ।
कता कता नेपालको सामाजिक रुपान्तरणमा देखिएको समकालिन विचलनका उत्तेजात्मक भाव र सोच पनि पुस्तकमा पढ्न पाइन्छ । व्यक्ति विशेष जात र समाज भन्दा मान्छेको इच्छा शक्ति बलियो हुन्छ र त्यो इच्छा शक्तिमा साथ दिने निसन्देह विवेक भएका अध्ययनशिल समाज तथा व्यक्तिको पनि सहयोग हुन्छ भन्ने कुरामा समेत कलम चलाएका लेखक यो भावनालाई कदर गर्ने पर्छ । कान्तिपुर पब्लिकेशनले प्रकाशित गरेको यो पुस्तकको प्रेरणाको श्रोतहरु विनोद ज्ञवाली, नारायण वाग्ले, युवराज घिमिरे, आङछिरिङ शेर्पा लगायतले एउटा सहासिक ऐतिहासिक कार्यलाई लिपिवद्ध गर्न सहयोग गर्नु हुने सबै धन्यवादका पात्र हुनुहुन्छ।
जय सगरमाथा “मणि पद्येमे हु“” † † †
2 Responses to पुस्तक समीक्षा : डेडलाइन चोमोलोङमा