सर्व साधारण जनताको आँसुको मूल्य हुदैन । संसारमा करोडौं मानिस सत्ताधारीहरुले दिएको पिडाका कारण रोए, रोइरहेका छन्, लाखौं लिटर आँसु बगाए, बगाइरहेका छन् तर त्यसको मूल्य वा त्यसको लेखा जोखा भने कसैले गरेन । तर रसियन राष्ट्रपति ल्भादमिर पुटीन गत तीन सेप्टेम्बरका दिन रोएको दृश्य भने संसारभर देखाइयो ।
मनोबैज्ञानिकका अनुसार मानिस खासगरी तीनवटा कारणले रुने गर्छ । प्रथम असह्यै दुःख वा पिडा सहन नसकेर, दोस्रो अत्यन्त खुसी भएर र तेस्रो अत्यन्त भावुक बनेर । अनि रुनुका थुप्रै अर्थ हुन्छन् । प्रथम आँशु झारेर मनभित्रको दर्द पन्छाउने, दोस्रो आँशु देखाएर अरुको सहानुभूती लिने । वा कटक्क पोलेको मनलाइ शान्त्वना दिन आँशु झार्ने । आदी आदी ।
हुनत सामान्य बोलचालको भाषामा यदि कसैले अरु कसैको नाम लिएर त्यो फलानो रोयो भन्यो भने ओहो त्यसलाइ के दुःख परेछ ? भनेर सोधिने चलन छ । किनकि रुनुको अर्थ दुःख पाएर भन्ने मात्र बुझिन्छ । त्यसो भए यतिखेर रुसका राष्ट्रपति ल्भादमिर पुटीनले दुख वा कष्टका आँशु झारे होलान् ? उनले खान नपाएर पेट भोको भएकाले रोए होलान् कि, अथवा आफ्नो देशका थुप्रै जनता भोकभोकै मरिरहेका छन् भनेर दुख माने होलान् । अथवा युरोपियन युनियनले उनि बिरुद्ध कार्बाही गरेकाले रोए होलान् अथवा उक्रेनका जनता युद्धमा फसेका कारण आफ्ना सेनाले त्यहाँ दुखपाए भनेर रोए होलान् ? अथवा आफुले रस्सामा तानाशाही लागु गरेकाले मैले यसो नगर्नु पथ्र्यो थक्क भनेर रोए होलान् ? यी सबै प्रश्नहरु निरुत्तरित छन् किनभने उनि त्यतिबेला मंगोलियामा थिए । मंगोलियाको भूमीमा उनले आँशु झारेका हुन् । जव उनको स्वगतमा मंगोलियामा रसियन राष्ट्रियधुन बज्न शुरु गर्यो तब उनी यति भावुक बने कि उनले आँशु रोक्न सकेनन् । सुंक्सुंकाउदै उनले आफ्ना चिल्ला हातले आँशु पुछे ।
मैले केही समय अघि एउटा अत्यन्त चाखलाग्दो रसियन अंग्रेजीमा डबिंग गरिएका फिल्म हेरेको थिंए । फिल्मको नाम थियो “Moscow does not believe in tears” । त्यसको लगत्तै मस्कोका सहंशाह राष्ट्रपति पुटीन रोएको देख्दा फिल्ममा जेसुकै भनिए पनि र फिल्म मार्फत त्यहाँका जनतालाइ मनोबल उक्सायने प्रयास गरिए पनि र आँशु प्रति बिश्वास गरेपनि नगरेपनि आँशु भने आउदो रहेछ भन्ने सन्देश दिएको छ । आँशुले जीबनलाइ जहिले पनि पछ्याइ रहेको हुन्छ जसरी आफ्नो छाँयाँ आफुबाट अलग गर्न सकिदैन त्यसरीनै आँशु पनि अलग गर्न सकिंदैन, चाहे त्यो हामीले सार्वजनिक गरौं वा लुकाउने प्रयास गरौं । आँशु कतिखेर आउछ यसले त्यो ब्यक्तिसंग अनुमती माग्दैन । आँशु आउने बेला भएपछि आँशुको आउने काम हो आइदिन्छ, त्यतिखेर जस्तै महाशक्तिशाली भएपनि त्यो भाबुकता, त्यो दुख र त्यो हर्ष आँशुले देखाइ दिन्छ ।
यस्तै आजभन्दा झण्डै नौ बर्ष अघि एकजना यस्तै शक्तिशाली ब्यक्ति रोएका थिए । १४ नोभेम्वर २००५का दिन जर्मनीका तत्कालिन चान्सलर गेरहार्ड स्रोडर भाषण गर्दा गर्दै धुरुधुरु रोएका थिए । त्यतिबेला उनले जनताहरुसंग चान्सलर पदबाट बिदा माग्दै थिए । ६१ बर्षिय पूर्व चान्सलर स्रोडरले राज्य संचालन गरेको सातबर्ष पछि चान्सलर पदबाट मात्र होइनकि राजनितीबाट बिदा लिदै थिए । तर उनले भने त्यहाँ आफुले खुसीको आँशु बगाएको दाबी गरेका थिए । उनले त्यतिखेर भनेका थिए, बिश्वमा राजनिती र टेक्नोलजीको बिकाश द्रुत गतिमा भैरहेको छ त्यसैले अव नयाँ पुस्ताले राजनिती थाम्नु पर्छ । म र मेरो पालाको राजनिती र अहिले भैरहेको अर्थतन्त्र, टेक्नोलजी र राजनितीकै बिकाशको गतीमा भिन्नता देखा परेको छ । यदि हाम्रो पुस्ताले राजनितीलाइ समाइरहने हो भने हाम्रो र अहिलेको बिकाशबीच जेनेरेशन कन्ल्फिक्ट आउने छ र बिश्व राजनितीको प्रतिस्प्रधामा हामी पछाडी पर्ने छौं । अव हाम्रो काम त यदि आबश्यक परेमा युबाहरुलाइ सर—सल्लाहा दिने मात्र हो ।
यस्तै अर्का शक्तिशाली ब्यक्ति रोएको टीबीमा प्रत्यक्ष देखेको छु । बेलायतका पूर्व प्रधानमन्त्री गोर्डोन ब्राउन । उनले आँसु पुच्दै भनेका थिए, आजबाट म संसारको सवभन्दा महत्वपूर्ण र ठुलो जिम्मेवारी हुने पेशा अंगाल्न जादैछु, त्यो हो परिवारको मुली पति र बाबु । दुइहजार दश सालको एघार तारिकका दिन देखि उनले उनन्साठी बर्षको उमेरमै राजनितीबाट अलग्गिएर सल्लाहाकार मात्र हुने कुरा बताएका थिए । उनी राजनितीबाट अलग्गिन चाहनुको कारण पनि पूर्व जर्मन चान्सलर गेरहार्ड स्रोडरसंग मिल्दो जुल्दो थियो । यदि फुर्सद पाएमा त्यतिबेला मैले उनिबारे लेखेको लेख यहाँ ल्किक गरेर पढ्न सक्नुहुने छ । पूर्व प्रधानमन्त्री गोर्डोन ब्राउन शिर्षकमा https://www.theglobal.co.uk/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8-%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%97%e0%a5%8b%e0%a4%b0/
चौथो पाठकहरुले कमै बिश्वास गर्नुहुन्छ होला हिटलर रुन्थ्यो भनेर, संसारको त्यत्रो ठुलो तानाशाह लाखौंलाख मान्छेको हत्या गराएकोे जिम्मेवार ब्यक्ति । उ जर्मनीको चान्सलर बन्नु लगभग दुइमहिना अघि ३० जुन २०३४का दिन उसका पार्टीका सिपाहीहरु मारिएको देखेपछि ती आफ्ना मारिएका लडाकुहरुलाइ सलामी दिदै रोएको थियो भनेर आलान वाइकेशले आफ्नो एक डकुमेन्ट पुस्तकमा लेखेका छन् । यस्तै आलानले आफ्नो पुस्तकमा एक अर्को ठाँउमा लेख्छन्, मइ १९४५मा जब जर्मनीले युद्ध हारेको निश्चित भयो र रस्सा र पोलैण्डका सेनाले बर्लिन कब्जा गरे त्यो दिन पनि हिटलर कुनामा गएर रोएको थियो ।
Like us on Facebook
Categories लेख तथा समाचार
Monthly Magazine मासिक-पत्रीका
Coming Soon..................