ज्ञान र सामाजिक ब्यवहार

 

– शशी पौडेल
कार्ल माक्र्सदेखि पहिलेका भौतिकवादीहरुले ज्ञानलाई इतिहासको विकास र सामाजिक ब्यवहारदेखि छुट्टै राखेर हेरे, त्यसैले उनीहरुले उत्पादन र वर्ग संघर्षमा ज्ञानलाई बुझ्न सकेनन् ।
कार्ल माक्र्सले यी सबै समस्यालाई ब्यवहारिकरुपले विश्लेषण गरे । आज बिश्वभरका मानवजातीले यही वाटोमा हिडेर नै आफ्ना समस्याहरु बुझ्न सकेका छन् । चाहे उनिहरुले आफूलाइ माक्सबादी भनुन चाहे पूजीबादी अथवा लिबरल डेमाक्रेट ।
ज्ञानको पहिलो श्रोत उत्पादनको प्रणाली हो । माक्र्सवादीहरुले उत्पादनमा मानिसको गतिविधिलाई सबभन्दा मूख्य ठान्दछन् । मानिसको ज्ञान पनि भौतिक उत्पादन र प्रकृतिवीचको सम्बन्धवाट बिकशित हुन्छ । यसलाई कल्पनाद्धारा काममा नपारीकन प्राप्त गर्न सकिदैन । आजको वर्गिय समाजमा सम्पूर्ण मानिसहरु विभिन्न सामाजिक वर्गको सदस्य भएर उत्पादनमा जुटेका छन् । मानव ज्ञान विकशित हुने प्राथमिक स्रोत पनि यही हो ।
ज्ञान र ब्यवहार : ज्ञान भन्दा ब्यवहार माथिल्लो हुन्छ । मानिसको सामाजिक ब्यवहार उत्पादन गर्ने काममा मात्र सिमित हुदैन । यो वर्ग संघर्ष राजनीतिक जीवन बैज्ञानिक र कलात्मक खोल आदि तिर पनि लम्कन्छ । यसैलाई छोटो शब्दमा भन्ने हो भने मानिसको ब्यवहारले जीवनका सबै पक्षमा भाग लिन्छ । यस मध्य विभिन्न  तरिकाको वर्ग संघर्षले मानिसको ज्ञानको विकासमा सारै गहिरो प्रभाव पार्दछ । जुनसुकै मानिसमा पनि कुनै न कुनै वर्गिय विचारको छाप परेको हुन्छ ।
माक्र्सवादीहरु के भन्छन् भने मानव समाज कदम कदममा विकसित भैरहेको छ । ज्ञान पनि यही तरिकाले तल्लो तहवाट माथिल्लो तहमा गइरहेको हुन्छ । आर्दशवादी दार्शनिक इतिहासकारहरुले ज्ञानको बाटो वंग्याउन असफल भएका छन् । मानिसको ज्ञान छिपछिपेवाट गहिरो हुन्छ । एकातर्फीवाट अनेकतर्फी हुन्छ । सामाजिक ब्यवहार नै ज्ञानको एक मात्र कसी हो । कुनै मानिस आफ्नो काममा सफल हुन चाहन्छ भने उसले वाहिरी संसारका नियमहरु र आफ्नो विचारमा एकरुपता ल्याउनु पर्छ । यदि त्यसो गर्न सकेन भने उसले सफलता हासिल गर्न सक्तैन । यदि उ असफल भएपनि त्यसवाट शिक्षा लिएर आफ्ना कमिहरु हटाउदै जान्छ भने पछि सफल हुन्छ । असफलतावाट निराश हुन्छ भने आपूm स्वयंले नै आफ्नो अस्तित्व गुमाउछ । कितावी अध्ययन गरेर ज्ञान हासिल गरेको ब्यक्ति ब्यवहारमा का“चो हुन सक्छ । किनभने ब्यवहार ज्ञान भन्दा माथिल्लो हो । माक्र्सवादी दर्शनका दुई विशेषताहरु छन् । ती हुन् । क) यसको बर्गिय स्वभाव ख) व्यवहारिकता, माक्र्सवादीहरु यी दुई कुरामा भर पर्ने हुंदा कार्यको सही टुंङ्गोमा पुग्न सफल हुन्छन् । यस सम्वन्धमा सर्वप्रथम मानव ज्ञान ब्यवहारवाट कसरी उत्पन्न हुन्छ र ब्यवहारलाई यसले कसरी सघाउ पु¥याउछ ? भन्ने वारे जान्न जरुरी हुन्छ ।
ज्ञान प्राप्तिको पहिलो खुड्किलो पढेर सुनेर अथवा देखेर केही वस्तुको विषयमा थाहा पाउनु हो । यसलाई इन्द्रिय ग्राह्य ज्ञान भन्दछन् । यस अवस्थामा मानिसहरुले गहिरो धारणा बनाउन र तर्कपूर्ण निष्कर्ष निकाल्न सक्तैन । सामाजिक ब्यवहार बढ्दै जॉदा मानिसको इन्द्रियमा प्रभाव जमाउने कार्य धेरै पटक दोहरिन्छन्, त्यसपछि मात्र दिमागमा परिवर्तन र विकास हुन्छ र धारणाहरु बन्दछन् । धारणा र इन्द्रिय ग्राह्य ज्ञानमा गुणात्मक फरक हुन्छ । ज्ञान प्राप्तिको यो दोस्रो खुड्किलो हो । धारणा निरुपण र अनुमानको यो खुड्किलो बस्तुलाई बुझ्ने विचार सम्बन्धि खुड्किलो हो ।
आपूmलाई ब्यवहारमा लगाउन द्धन्दात्मक भौतिकवादी सिद्धान्तलाई माक्र्स भन्दा पहिलेका मानिसले समाधना गरेका थिएनन् । माक्र्सले सर्बप्रथम यो समस्याको समाधान गरे । माक्र्सवादले पूजीवादका सबै गुण दोषलाई फेला पा¥यो र बर्ग संघर्षलाई दरिलो बनायो । जुन ब्यक्ति व्यवहारमा संलग्न हुन्छ, त्यसैले नै ज्ञान प्राप्त गर्दछ । “आफ्नो दैलो (ढोका) वाहिर पाइला नसारीकन विद्धानले संसारका कुरा थाहा पाउन सक्छ” भन्ने आधारहिन कुरालाई माक्र्सवादले मान्दैन । व्यवहारमा लागेका मान्छेहरुले नै संसारका कुरा थाहा पाउन सक्छन् । यदि तपाई पनि क्रान्तिका कुरा बुझ्न चाहनुहुन्छ भने व्यवहारिक संघर्षमा लाग्नै पर्छ । हरेक मानिस हिड्ने ज्ञानको बाटो नै ब्यवहार हो । उडन्ते कुराको वोक्रे ज्ञान दिएर सबै कुरा थाहा पाएझै गर्नु र  आपूmलाई जानिफकार संझनु हा“सो लाग्दो कुरो हो । ज्ञान भनेको विज्ञानको कुरा हो । यसमा बेइमानी र घमण्डी हुनु हुदैन । बरु इमान्दारिता र नम्र हुनु पर्दछ । यदि तपाईलाई सुन्तलाको स्वाद थाहा पाउनु छ भने सुन्तला खानु पर्दछ ।
यहा“निर हामी लडाईको उदाहरण लिन सकिन्छ जस्तैः एउटा सामान्य सिखारु व्यक्तिले लडाईको शुरुवात ग¥यो भने त्यो व्यक्तिलाई लडाईवारे कुनै पनि ज्ञान हुदैन र उ घम्सा घम्सी गर्दा हार खान्छ । यो हार पछि मात्र उसले लडाईको व्यवहारिक ज्ञान हासिल गर्दछ । र उ पछि गर्ने लडाईमा सफल हुन्छ ।
जुन ब्यक्तिलाई आफै माथि विश्वास छैन त्यसले कुनै पनि काम गर्न सक्तैन । उदाहरण लिउ  कुनै पनि व्यक्तिलाई केही काम दिइयो तर उसले खै मैले यो काम गर्न सकुंला जस्तो लाग्दैन भन्छ भने त्यसले त्यो काम फत्तै गर्न सक्तैन । जव उसंग व्यवहारिक ज्ञान हुदैन तव उसले यसो भन्न पुग्छ । दिएको काम भन्दा सजिला काम यस अघि उसले गरीसकेको छ भने त्यो भन्दा असजिला काम पनि आ“ट साथ हौसलापूर्वक गर्न तयार हुन्छ तव उसले काम फत्ते गरेरै छोड्छ । ज्ञानले आफै भित्र गहिरिन खोज्छ , इन्द्रियवाट विचारमा विकास हुन खोज्छ । यो ज्ञानको सिद्धान्तको द्धन्दात्मकता हो । समस्यालाई मनोगतरुपमा हेर्ने र एकतर्फी मात्र हुनुले झुठोलाई पन्छाएर सा“चो ज्ञान हासिल गर्न सकिदैन । सा“चो ज्ञान लिन नसकेमा धेरे पटक गल्तीहरु दोहरिन्छन् र त्यस्ता मान्छेहरुले आपूmलाई सच्चाउन सकिदैन । यदि त्यस्ता ब्यक्तिहरुले कुनै काम निर्देशन गरे भने त्यो कामलाई गलत वाटोतिर डो¥याउनेछन् ।
ज्ञानको गति निरन्तर हुन्छ । द्धन्दात्मक भौतिकवादी गति वैचारिक ज्ञानमा मात्र टुङ्गिदैन । द्धन्दात्मक भौतिकवादी दर्शन वस्तुगत संसारका नियमहरु बुझ्न र यसको व्याख्या गर्नमा मात्र सिमित हुदैन । यसले त यी नियमहरु पालन गर्दै संसारको अनुहार फेर्न निमित्त सक्रियरुपले लागु गर्दछ । हामीसंग सही सिद्धान्त भएपनि त्यसलाई मात्र पाठ गर्छौ र प्रयोगमा ल्याउर्दैनौं अनि आफ्नो निहित स्वार्थका निम्ति मात्र उपयोग गर्न चाहान्छौं भने त्यस्तो ज्ञान वा सिद्धान्त हुनु कुनै अर्थ रहदैन । चाहे उ साहित्यकार होस, राजनितीज्ञ वा दर्शनशास्त्रको पंडित । कुनै कामको थालनी गर्दा ज्ञान र व्यवहारवाट शुरु हुन्छ र सैद्धान्तिक स्तरमा पुगेर फेरी व्यवहारमा नै फर्कन्छ । ज्ञान  व्यवहारिक  वाटोमा जानै पर्छ । क्रान्तिकारी वर्ग संघर्षमा र क्रान्तिकारी राष्ट्रिय संघर्ष व्यवहारमा जानै पर्छ । ज्ञान प्राप्तिको निरन्तरता यही हो । वैचारिक ज्ञानलाई सामाजिक बनाउनु पर्छ अनिमात्र  सिद्धान्तलाई व्यवहारमा लागु गर्नु सकिन्छ ।
मानव ज्ञानको गति कहिल्यै टुङ्गिदैन । जसरी राज्यमा अन्तर्विरोध र संघर्षद्धारा प्रगति र विकास हुदै जान्छ, त्यसरीनै मानव ज्ञानले पनि प्रगति र विकास गर्नु पर्दछ । आजको युगमा व्यवहारिक ज्ञानद्धारा संसारलाई ठिक ढंगले बुझ्ने र हेरफेरर गर्ने जिम्मेवारी इतिहासले मानवजातिलाई दिएको छ । संसार  यसै अनुसार गैरहेको छ । संसारका सारा मानवजाति आ–आफ्नो ढंगले सचेत भएर संसारलाई फेर्न प्रयत्नशील छन् ।

Bookmark the permalink.

One Response to ज्ञान र सामाजिक ब्यवहार

  1. A set of ideas = good practice.

Leave a Reply

Your email address will not be published. Required fields are marked *