– शशी पौडेल
वेलायतको प्राकृतिक वातावरण जति जति चिसिदै गएको छ त्यति त्यति यहा“को राजनैतिक वातावरण भने तातेको छ । लगभग तीन हप्तादेखि विद्यार्थी, शिक्षक एवं मजदूरहरु सांगठनिक रुपमा निरन्तर आन्दोलनमा छन् । सरकारले उनीहरुको आन्दोलनलाई सुनिरहेको छैन । यो आन्दोलन विद्रोहमा परिणत हुने हो कि भन्ने चिन्तामा भने सरकार रहेको बुझिएको छ । दुवै पक्षले शक्ति परीक्षण गरेको अर्थमा पनि यो आन्दोलनलाई प्राज्ञीक वर्गले लिन थालेका छन् । सरकारले हेरौं कति दिन यो जाडोमा आन्दोलनकारीहरु सडकमा आउने रहेछन् । भन्ने तर्फ लागेको पनि महसूस गरिएको छ ।
संसारको राजनीतिक एवं सामाजिक परिवर्तनमा विशेष गरेर विद्यार्थी वर्गको भूमिका महत्वपूर्ण रहेको छ । त्यसपछि मजदू्र र किसान । गाई बाख्रा खेद्ने पछाडिबाट मान्छे खेद्ने आगाडिबाट भने झैं कुनै एक समूहले सुरु त गर्नु प¥यो नै । यसरी शुरु गर्ने काममा विद्यार्थीवर्ग अघिलागेको थुप्रै उदाहरण पाइएको छ । तर यदि सामाजिक यथार्थका गतिमान तरंग बुझ्ने शासकहरुले शासन गरेको खण्डमा आन्दोलन कामयाव पनि हुन्छन् तर यदि उनीहरु दृष्टिविहिन भए भने आन्दोलन, संघर्ष वा विद्रोहले कुनै अर्थ राख्दैन । बरु नरसंहार हुने खतरा आउन सक्छ त्यसैले आन्दोलनकारीहरु आफू शहिद हुन सक्ने मनोविज्ञानले प्रेरित भएको हुनुपर्दछ ।
संघर्षरत विद्यार्थीहरुका अनुसार कन्जरभेटिभस“ग मिलिजुली सरकारमा सामेल भएका निक क्लेग एण्ड कम्पनीहरु वेलायतका सबभन्दा ठूला ठा“ट ठहरिएका छन् । किनभने उनले निर्वाचन अघि लिवरल डमोक्रेटिक पार्टीको घोषणा पत्रमा स्पष्ट शब्दमा विद्यार्थीहरुको शुल्कनबढाउने प्रतिवद्धता जाहेर गरेका थिए । त्यति मात्र नभएर तेस्रो चरणको खुल्ला टेलिभिजन बहसमा पनि उनले यो प्रतिवद्धता जाहेर गर्दा डेविट क्यामरोनले निकले यस्तो किन वोल्छन् जुन कुरा भोली सरासर झुट हुने छ भन्दा यसबारे लामै छलफल भएको थियो । यी दुई वीचको छलफललाई व्यंग्य गर्दै गोर्डेन ब्राउनले आफ्ना छोराहरुले झगडा गरेको जस्तो भनी व्यङ्ग्य समेत गरेका थिए ।
यस पंक्तिकारको विचारमा भने निक क्लेग आला का“चा यूवा थिए । आवेग धेरै थियो र अनुभव थोरै, जोश धेरै थियो र होस थोरै र नै उनले निर्वाचन अघि ‘यहा“ म पनि छु प्रधानमन्त्रीको दावेदार’ भनी आवेगमा आएका थिए । म विद्यार्थी छ“दा र पछि वामपन्थी राजनीतिमा लागेपछि पनि हामीलाई ‘जहा“ अन्याय हुन्छ, त्यहा“ बिद्रोह हुन्छ जहा“ दमन हुन्छ त्यहा प्रतिशोध हुन्छ ।’ भनेर सिकाइने गथ्र्यो । मलाई लाग्थ्यो यो त एउटा कम्यूनिष्ट आदर्शमा लोकप्रिय कथन मात्र हो । तर मैले भने बिद्रो भनेको न्याय सामनाता, सुख र सन्तुष्टि एवं शान्ती खोजी गर्ने सामुहिक चेष्टा हो भन्ने चाही बलियो गरी बुझेको थिए । र मैले विद्रोहमा वलिदान हुन्छ भन्ने पनि बुझेको थिए । विद्रोहमा हुम्मिदा चुहेको पसिना र रगतको एक एक थोपामा न्याय र समताको कोपिलाहरु पलाउ“छन् भन्ने पनि नबुझेको हैन । यसरी उम्रिने कोपिलाले आशा, उमंग, जोस, जा“गर र आ“टको भकारी बोकेर आउने गर्छ भन्ने बुझ्न पनि भ्याएको थिए ।
यस अर्थमा वेलायतका शिक्षक, विद्यार्थी एवं मजदूरहरुले लण्डन, म्यानचेष्टर, अक्सफोर्ड र क्यामरिचका सडक तताउनु जायज देखिन्छ । यदि कसैले जाना जान झुट बोलेर सत्तामा पुग्दछ र आफ्नो सुख भोगका निम्ति ठूलो समुदायलाई धोका दिने काम गर्दछ भने त्यसको विरोधमा उत्रिनु प्राणि जगतको मनोविज्ञान हो र नैसर्गिक अधिकार पनि हो । संसारका सबै मान्छेहरु स्वार्थी हुन्छन् र आफ्नो स्वार्थ अनुकूलको वातावरण तयार पार्ने चेष्टा गर्दछन् फरक यति मात्र हो कि कसैले बिशुद्ध आफनो निम्ति गर्दछन् भने कसैले समाज र राष्ट्रका निम्ति । निक क्लेगको जोस र आवेग नितान्त उनको स्वार्थका लागि रहेछ तर अहिले जाडोमा विद्रोहको झण्डा बोकेर सडकमा निस्कने आन्दोलनकारीहरुको भने सामुहिक स्वार्थ गा“सीएको छ । यसमा उनका बाबु आमाको स्वार्थ गा“सिएको छ । यसमा उनका साथीस“गीको स्वार्थ गासिएको छ । यसमा मजदूर किसान र सामान्य कामदारको स्वार्थ गासिएको छ । होला सायद केही बहु मिलियन सम्पत्तिका मालिकहरु, डेविड क्यामरोन, निकक्लेग र माइकल गोभ एण्ड कम्पनीहरुको स्वार्थ अनुकूलको यो विद्रोह नहोला तर दुरगामी दृष्टिलगायो भने यो आन्दोलनमा समग्र वेलायतको स्वार्थ गासिएको छ । किनभने वेलायत एउटा यस्तो टापु हो जहा“ आफ्नो निर्यात गर्ने उत्पादन खासै केही छैन । यसले विगतमा झण्डै एक चौथाई संसारमा राज्य गरेको थियो । आफूले राज्य गरेको मुलुकहरुबाट जेजती सम्पत्ती भित्र्याउन सकेका थिए त्यो पनि अब गोदाम खाली हुन लागीरहेको छ । जसरी गोदाममा धान कहिल्यै नथप्ने तर झिकिरहने हो भने एक दिन गोदाम रित्तीन्छ । त्यसरी नै बेलायत रित्तिन थालेको बेला पूर्ति गर्ने बहानामा विश्व विद्यालयको शुल्क वृद्धि गर्ने निर्णय गरिएको हो, सामाजिक सेवामा गरिने खर्च कट्टा गर्ने निर्णय गरिएको हो ।
यसको दूरगामी परिणाम नकारात्मक हुने छ । किनभने वेलायतको सामाजिक राजनीतिक, भौतिक एवं आर्थिक अवस्थालाई नियाल्दा यसले शिक्षालाई सस्तो, सुलभ र सहज बनाएर विश्वभर विधा, विध्वता र टेक्नोलोजी निर्यात तर्फ लाग्नु पर्ने हो । शिक्षालाई एउटा सिमित घेरा भित्र बन्दी बनाउन खोज्नु जाडोमा कठाङ्ग्रीरहेको बेला एकक्षेणको न्यानोका लागि आफ्नो नांगो खुट्टामा पिसाब गरे सरह हुने छ । केही सेकेण्डपछि आफ्नै पिसाब चिसोले कठाङ्ग्रीएर झन झन बढी चिसो हुनेछ ।
शिक्षा जति महंगो हु“दै जान्छ त्यत्तिनै शिक्षा हासिल गर्नका निम्ति हुने प्रतिस्पर्धा कम हु“दै जान्छ । खरिद गर्न सक्नेले मात्र प्रमाणपत्र प्राप्त गर्न सक्छन् । जेहेन्दार विद्यार्थी पनि गरिब भएका कारण पाखा लाग्छन् । महंगो मूल्य चुकाएर प्रमाण पत्र प्राप्त गर्दैमा सबजैना त्यत्तिकै सक्षम हुन्छन् भन्ने हुदैन । कुनै व्यक्ति सक्षम छ, जसले देश र विश्वका लागि भविष्यमा केही दिन सक्छ तर उसले चर्को शुल्क तिर्न नसकेर शिक्षा हासिल गर्नबाट वञ्चित हुनेछ । यसरी वञ्चित हुनु भनेको निज व्यक्तिका लागि मात्र नोक्सानदायी हुदैन, त्यो नोक्सान समग्र राष्ट्रका लागि हुनेछ । राजनीतिमा धनी वर्गको मात्र हाली मुहाली गराउने जुन उद्देश्यले विश्व विद्यालयको शुल्क तीनसय गुना बढि गरिएको छ त्यसले भोली उत्पादन हुने वैज्ञानिक, मेनेजर, एकाउण्टेन, टेक्नीसीयन, इन्जिनियरलाई मात्रै हैन दक्ष्य र योग्यता प्राप्त शिक्षक उत्पादनमा समेत प्रतिकुल असर पार्नेछ ।
One Response to जायज आन्दोलन