जातीय राज्यको लिगलिग दौड जातीय हिंशा निम्त्याउने खेल

Dil Magar-दिल निसानी मगर
जब म,
यी भोकमा डुबेका चोकहरुमा
यी वैलाएका कली जस्ता गल्लीहरुमा
हेर्छु एक–दुई दिन बसेर बास
तब मलाई
गलत लाग्छ मेरो देशको इतिहास
यो मेरो सत्य इतिहास ।
कवि भूपि शेरचलने ‘गलत लाग्छ मेरो देशको इतिहास’ कविता त्यसै लेखेका होइनन् । यो पंक्तिकार निसानी पनि त्यस्तै कबिता त्यसै लेख्दैनः–
देश भनेको सूर्य होइन
जो उदाउँछ र अस्ताउँछ अनि फेरी उदाउछ
जमीन मुनीको स्वर्गलाई टेकेर
आकाशमाथिको नर्क देख्न पनि
रुख ढल्नु हुदैन
देश ढल्नु हुदैन ।
अब केही घलेहरु फेरी बोल्न सक्छन–हामीलाई दौडन देउ, हामीलाई राजा हुन देउ हाम्रो पहिचान भनेको घले दौड हो गोर्खा हाम्रो हो । हुन पनि हो १७ औं शताब्दीमा लमजुङे राजा यसोब्रम्हका छोरा द्रव्य शाहले सो दौडमा प्रथम भई राजा भएको इतिहास अहिले पनि साक्षी छ । राजा द्रव्य शाहले घलेपनि मगरहरुलाई दौडमा पराजित गरी राजा भएका थिए ।
मलाई यस्तो लाग्छ कि–सबैले ऐतिहासिक पृष्ठभूमिको आधारमा अधिकार खोज्ने हो भने मलाई पनि राजा हुन मन छ । गोर्खामा तत्काल घले दौडको आयोजना गर्नु पर्छ । म भरतबहादुर बिसुराल भन्दा तगडा कुद्छु र गोर्खाको नयाँ राजा बन्छु । अहिले हाम्रो किरात बंशका पहिचानवादी आन्दोलनकारीको असान्दर्भिक माग भनेकै यही हो । उनीहरुलाई लिम्बूको राजा व्युताउनु परेको छ । उनीहरुलाई किरात बंशको झैं हैकम चलाउनु छ । तर परिबर्तनशील संसार डिजिटल भइसकेको छ भन्ने तिनलाई थाहा छैन ।
दौड जित्ने राजा हुने प्रक्रियाको परिणाम स्वीकार गर्ने अद्वितीय लोकतान्त्रिक पद्धतिको अभ्यास गरिएको झैं लाग्छ । यो जनजाति आन्दोलन मानौ वाईसे चौबीसे राजाहरुका पालामा चर्चित लिगलिग दौड नेपालमा फेरी पनि सुरु गर्न लागिएको छ । यी कथित मुलवासीहरु घरको क्षेत्रफल भित्र भुक्ने कुकुर झैं आफू–आफूमा को जोडसंग कनेर भुक्ने र कसले कति तागत देखाउने भन्ने ‘घले दौड’ को प्रतिस्पर्धामा मात्र तल्लीन छन् यी आफ्नै बलबुतामा उभिन नसक्ने स्याल हुन । कसैले फालिएको डलरमा क्लो टिप्ने देशद्रोही हुन ।
मैले जातीय संघीयताको बिरोध गरी रहेको छु । जातीय आधारमा नामकरण गरिने संघीय राज्यको बिरोध गर्नु भनेको बाहुनवाद वा बाहुन समुदायको समर्थन गर्नु होइन । यस्तो मुते–न्यानो कसैको मनमा कैद छ भने त्यो हटाउँदा हुन्छ । ठिक लाई ठिक र गलत लाई गलत भनेर आफ्नो अडान कायम गर्न सक्ने म जस्तो प्रष्टवक्तालाई बाहुनको काही च्याप्नु पर्ने वा जनजाति भनिएकाहरुसंग प्वाँख हालेर उडान भर्नुपर्ने कुनै आवश्यकता छैन । देशलाई फुट्नबाट जोगाउ भन्दा म अपराधी हुन्छु भने भीमसेन थापा झैं सेरिएर मर्छु । फुटेर होइन जुटेर केहि गर्न सकिन्छ । सयौंवर्ष केबल वीरताको गाथा बोकेर बाँचेका छौ । हामि बिचरा–नेपाली ल अब त जाग्नु छ ।
कतिपय बाहुन खुसी हुनु र कतिपय मतुवाली दुःखी बन्नुको कारण सैद्धान्तिक अवधारणा नबुझेर हो । नेपालमा मल्टी पार्टी डेमोक्रेसी सिस्टम छ । समानुपातिक सहभागिताको अवधारणा विकास भई सकेको छ । त्यसकारण बाहुनहरु हामी आजीवन सत्तामा छौ र जनतातिहरु हामी सत्ता भन्दा बाहिर छौ भन्नु बेकारको कुरा हो । मेरो देशमा लाखौ बाहुन राउटेको हैसियतमा छन । सोही अनुपातमा जनजाति पनि छन । किनभने मेरो देशमा विकासको मूल फुट्न अझै बाँकी छ राजनैतिक स्थिरता कायम गराउनको लागि हामी आन्दोलन होइन । आगामी दिनमा अग्रणी भूमिका खेल्नु जरुरी छ देश बनाउने सकरात्मक सर्तमा ।
‘लिगलिग’ शब्द ‘लिखलिख’ बाट अपभंरस भई बनेको भन्नेहरु पनि छन् । ‘लिखलिख’ को अर्थ सीमाना हो । घले मगरले राज्य गर्ने ऐतिहासिक लिगलिगकोटबारे त्यहाँ भाषिक, साँस्कृतिक, सामाजिक र ऐतिहासिक तत्थ्य भेटिन्छन् । यसको मतलब मगर समुदाय पुर्खाको पहिचान घले दौडसँग नजोडिएको होइन । तर त्यस यता विश्वमा ठूला–ठूला परिवर्तनहरु आए बर्लिन पर्खालहरु ढले, मानिस हरु परिवर्तन हुन थाले, परिवर्तन आजको मूल आवश्यकता हो । परिवर्तन हुन नचाहाने मान्छे इतिहासको बोझले किचिएर मर्छ ।
मान्छे बिवेकशील छ र उ परिवर्तन हुन चाहन्छ । संसारमा जति पनि मान्छे परिवर्तन भएका छन् त्यी विवेकशील छन । बुद्धु मान्छे परिवर्तन हुन चाहदैन केवल पुर्खाको पहिचान बेचेर खान खोज्छ । यो संसारमा के परिवर्तन भएको छैन, जलवायु परीबर्तन भएको छ, आँधीका गतिहरु परिवर्तन भएका छन् । सुनामी बग्ने दिशा परिवर्तन भएको छ र मान्छेको समुदाय पनि परिवर्तन भएको छ, पहिचान ठूलो कुरा होईन परिवर्तन ठूलो कुरा हो ।
आदिवासी आन्दोलनको कुनै वैज्ञानिक तुक छैन । ग्लोबोलाइजेशन भनेको तीनले बुझ्न जरुरी छ । खाली उधौली–उभौली भनेर मात्र हुदैन । खासमा भन्ने हो भने त नेपालमा आदिवासी छैन खस हुन वा किराती दुवै वेविलोन हुँदै पर्सियाबाट छिरेर बर्मा, भारततिर अझ यी मानिसहरु युरोप तिर, अफ्रिकाबाट आए । ताजपुरीया, थारु पश्चिम बंगालबाट छिरे ९स्व।इमान सिङ चेम्जोङ, किरात कालीन इतिहास०, सीकार खेल्दै पेट पाल्न , लडाईंका डरले भागेर बसोबास गर्नेहरुको थलो हो नेपाल । किरातीहरु पूर्वबाट पसे, खसहरु पश्चिमबाट पसेको प्रस्ट देखिन्छ ।
नेपालमा ऐतिहासिक शासन व्यवस्था कायम नभएको होइन तर कालान्तरमा ती भूमिकाबिहीन हुन पुगे । लिङलिङकोटमाथि लमजुङका राजा यशोब्रम्हका कान्छा छोरा द्रव्य शाहले विसं १६१६ भदौमा छलछाम गरी कब्जा जमाएपछि मगरहरुको स्वर्णीम इतिहास विलुप भएको थियो । द्रव्य शाहलाई उनका शुभचिन्तक भगीरथ पन्त, सर्वेश्वर खनाल, गंगाराम रानामगर, गजानन्द भट्टराई, मुरली खवास, मुख्य योजनाकार गणेश पाण्डे र नारायण अर्यालले सहयोग गरेका थिए ।
लिङलिङकोटपछि द्रव्य शाहले यीनै शुभचिन्तकको साथ लिएर गोरखाका खड्का मगर राजालाई ( २३ सेप्टेम्बर १५५९) विसं १६१६ भदौ ७ गते अष्टमी तिथी रोहिणी नक्षत्र बुधवारको दिन हत्या गरेपछि उनैले शाह बंशको राजकाज सुरु गरे । यो इतिहासको बिरासतको रिस वा बदलामा हामी अहिले बाघ बन्नुको कुनै नाफा छैन । यो इतिहासको काली घडी जो सकियो । अब नयाँ इतिहास बनाउने हो । हामी भूपि लाई सबक सिकाउन जरुर नयाँ इतिहास बनाउनु छ । हामी लिगलिगमा घले दौडन खोजेर हुदैन । आकाशमा हजार टनको भारी बोकेका रकेटहरु उड्न थाले ।
भोलि देशमा गृहयुद्ध भयो र त्यसले उत्पन्न गरेको सबै नोक्सानको जिम्बेवारी लिन सक्नु हुन्छ भने भोलि बिहानै उठेर आफ्नो इलाकालाई लिम्बूवान राज्य घोषणा गर्दा हुन्छ । तर लिम्बूको हातमा खुकुरी छ भन्दैमा खड्काको हातमा तरबार छैन भनेर बुझ्नु हुदैन प्राचीन समयमा गोरखा विभिन्न राजवंशद्वारा शासित भएको थियो । राजा यक्ष मल्लपछि तत्कालीन गोरखा राज्य राजा मुकुन्द सेनको कब्जामा पुग्यो । शक्तिशाली राजा मुकुन्द सेनले उपत्यकामा तीन प्रमुख हमलाको प्रयास गरेका थिए तर सफल हुन सकेनन् । बि।सं १६०३ मा मुकुन्द सेनको मृत्यु पश्चात उनका छोरा पिताले विजय प्राप्त गरेको विशाल भूमि शासन गर्नमा असमर्थ भए । त्यसपछि विभिन्न राज्यका मुखियाहरुले आफूलाई राजा घोषणा गरी राजकाज चलाउन थाले ।
यसरी मुकुन्द सेनको राज्य टुक्रिएर गोरखा क्षेत्रमा नै लिगलिग, माझकोट, सिरानचोक, अजिरकोट, बार्पाक आदि राज्यमा विभाजित भयो । यसरी विभाजित राज्यहरु मध्ये लिगलिगकोटमा एउटा नयाँ परम्पराको थालनी भयो । दौडबाट राजा छान्ने परम्परा । प्रत्येक वर्ष विजया दशमीका दिन लिगलिगकोटको मूल दरवारबाट करिब १० किलोमिटर टाढा रहेको चेपेघाटदेखि दौडेर जो पहिला लिगलिगकोटसम्म पुग्थ्यो त्यो व्यक्ति एक वर्षका लागि लिगलिगकोटको राजा हुने गर्दथ्यो । तर यो युग समताको युग हो । अहम हरेक मान्छेको जन्मजात गुण हो भने हाम्रा कथित विद्वानहरु पनि त्यसमा अछुतो रहने भन्ने प्रश्नै हुँदैन । जातिवादको वकालत गर्नेहरुमा संसार नियाल्न सक्ने क्षमता अनी संसार अटाउन सक्ने मन हुन जरुरी छ । अरुको भन्दा फरक दृष्टिकोण राखेर समर्थन बटुल्ने मनसाय होइन ।
यो मूलबासी भनिनेहरु नेपाल र तिब्बतबीच लडाई हुँदा यी तिब्बतियनहरु भागेर कोही सिक्किम पुगे कोही भुटान बर्मा र नेपालको हेल्म्मु इलका मात्र होइन आमेरिकासम्म पुगे । एक खोजका अनुसार यसमा अधिकांश भागेर गएकाहरु छन् । नेपालको हेल्मु जिरी र नाम्चे इलाकामा रहेका यिनीहरु भाग्न नसकेको र तत्कालीन तिब्बतियन फौजसंग संलग्न भएका कारण यिनीहरु नेपाल र तिब्बतको सीमावर्ती हुदै नेपाल तर्फ ढल्केका हुन ।
जनजाति आन्दोलनको नाममा गृहयद्धको योजनाकार भनेर यसकारण बुझिनु पर्दछ कि–उनले पूर्वबडामहाराजधिराजलाई युद्ध अपराधी घोषणा गर्नुपर्छ भनेका छन् । यसको मुख्य कारण के हो भने–तिब्बतसंगको लडाईमा गोर्खाली सेनाले पुरै विजय प्राप्त गरी सकेको थियो । त्यसको बदलामा तिब्बतनले नेपाललाई वर्षभरी ठूलो धनराशी बुझाउने मात्र होइन यो लडाई मा धेरै पुर्खा मारिए । दाजु भाई छिन्न भिन्न हुन पुगे तिब्बतले नेपाल लाई धनराशी बुझाउन जंगबहादुरको पालामा छोड्यो र फेरी चाइनाको सहयोगमा लडाई भयो उक्त लडाईमा गोर्खालीलाई लखेटेर नुवाकोट र रसुवाको बेत्राबासीसम्म ल्याएको थियो । त्यो सन्धिलाई नेपालको इतिहासमा बेत्राबासी सन्धीको नामले चिनिन्छ । त्यो बेलामा नेपालले उत्तरपट्टीको ठूलो भाग गुमायो ।
खास रहस्यमय कुरा त के छ भने कतिपय जनजाति नेता तिब्बतियन बाजेहरु नेपाललाई कर बुझाउने गर्दथे र त्यही रिसका कारण अहिले पृथ्वीनारायण साहको शालिक जलाउने, युद्ध अपराधी घोषणा गर्न माग गर्ने काम यिनीबाट भएको छ यसको मूल कुरा पुख्र्यौली रिस पोख्न यिनीहरु पुन तत्कालीन तिब्बत र नेपालको झल्को दिने गरी आन्तरिक गृहयुद्ध चलाउन चाहान्छन् तिब्बतमा मारिएका आफ्ना बाउ बाजेको रगतको बलिदानी फेरि फिर्ता गर्न चाहान्छन् ।
अर्को मुख्य प्राचीन सम्बन्ध के छ भने पृथ्वी नारायण साहले आफ्नो कुल देवता भनेर मनकामना मन्दिरमा मगर पुजारी नै राखेका थिए । मगरहरु आफै धेरै जाने हुदा वा कसैको उक्साहटमा आफूलाई जनजाति भनेका हुन । खास मगर भनेको खस बाहुन समान कै नेपालको मुख्य जाति हो । जनजाति होइन ।
यसमा आङकाजी शेर्पा जस्ता जातिवादीको कुरा सुनेर जातीय हिंशा चाहने र तिब्बतको पुरानो रिसिबी पोख्ने तत्त्वको गम्भीर हात छ यति हुदा हुदै पनि नेपालका पुर्खाले नेपाललाई चार जात छत्तिस वर्णको फूलबारी भनेर मिलेर बस्नुको विकल्प नभएको सन्देश दिनुको मुख्य कारण नै तिब्बतीहरुको आगमन मात्र होइन खण्डित जातहरुको आगमनलाई शान्त राख्नु मुख्य थियो ।
(नेपाल सन्देश डट कमबाट)

Bookmark the permalink.

One Response to जातीय राज्यको लिगलिग दौड जातीय हिंशा निम्त्याउने खेल

  1. Chiranjibi Paudyal says:

    जातीय राज्यको लिगलिग दौड जातीय हिंशा निम्त्याउने खेल
    दिल निसानी मगर

    You are absolutely right Dil ji. This is really an interesting article based on facts and reality. ”जातीय राज्यको लिगलिग दौड जातीय हिंशा निम्त्याउने खेल” this is only to plunge the nation into conflicts and destroy the cordial harmony and friendship among different castes and creeds in Nepal. We have Magar priests in many temples specially in Kot where we worship during Dashain festival. This article sheds light the real history of Nepal. You deserve great applaud Dil Nishani Magarji coming out with courage to tell the truth.

Leave a Reply

Your email address will not be published. Required fields are marked *