—शशी पौडेल
रामचन्द्र झाले नेकपा एमालेबाट दिएको राजीनामाको समाचार नेपालका सबैखाले संचार साधनले प्राथमिकताका साथ छापे । चाहे छापा पत्रिकामा होस् चाहे बिद्युतीय संचार साधन होस् । बिद्युतीय संचार साधनले त झन् उनको राजीनामाको फोटोकपीनै प्रकाशित गरे । उनको राजीनामाको समाचारका साथ साथै उनी आगामी दिनमा भर्ती हुने पार्टीको नाम पनि खुलासा गरे ।
आगामी दिनमा उनी भर्ती हुने पार्टीमा यस अघि पनि केही नेकपा एमालेका मित्रहरु भर्ती भैसकेका हुन् र अहिले ती मध्य केही “न घरको न घाटको” बनेका छन् । पहिले नेकपा माले छदै धेरै प्रभावशाली मानिएका, आफ्नो युवाजोस, जाँगर र इमान पार्टीका लागि लगानी गरेका एक नेता पुर्व राजाले माहुरीको धोद्रोमा मह घसेर सुंघाएको कारण उनी त्यतै भुन्भुनाएका थिए । पछि पुर्व राजा ज्ञानेन्द्रको शक्ति क्षिण भएपछि उनि “नयाँ महाराजा” प्रचण्डले मह घसेर राखेको धोद्रो सम्म पुगे । धोद्रो भित्र महको गन्ध जतिसुकै भएपनि उनका लागि धोद्रोको प्वाल भने बन्द गरेछन् । त्यसैले उनले “म कहाँ छु थाहा छैन” भन्ने अभिव्यक्ति केही हप्ता अघि एक अन्तरवार्तामा दिएका थिए ।
प्रचण्ड एण्ड कंपनीहरु मौरीको धोद्रामा मह लगाएर राखेर नयाँ नयाँ मौरीलाइ फँसाउन माहिर छन् र त्यहाँ राता रात शक्ति हातमा लिन र नव धनाध्य हुने आशामा मौरीहरु भन्भनाउछन् । त्यसैले अहिले रामचन्द्र झा नामक मौरी धोद्रोको छेउ सम्म पुगेका छन् । उनलाइ यो भने थाहा छैन कि मह घसेर राखेको धोद्रो सम्म पुग्न सके पनि धोद्रोको प्वाल भित्र पसेर महको चाका सम्म पुग्न उनिहरुलाइ दिइने छैन भन्ने । बरु उनलाइ त त्यहाँ श्रमिक मौरीको स्थान भन्दा अरु प्राप्त हुने छैन ।
एनेकपा माओबादीले भर्खर भर्खर जनयुद्ध शुरु गरेको थियो । १९९७ सालमा म जर्मनीमा थिंए । एनेकपा माओबादीकि एक प्रभावशाली नेतृ बेलायतबाट फर्किनेक्रममा दुइ दिन जर्मनीमा ट्रान्जीट मिलाएर म कहाँ आइपुगिन् । उनि म कहाँ आउनुको प्रमुख कारण थियो —मलाइ माओबादी भित्र लैजान कोशिष गर्ने । ती नेतृलाइ के थाहा थियो भने म पहिला नेकपा माले अहिलेको एमाले संग सम्बद्ध थिंए र त्यतिखेर म पार्टीको संपर्कबाट बाहिर थिंए । उनले दुइ दिन सम्म मलाइ कन्भिन्स गर्ने प्रयास गरिन् । मैले उनलाइ शर्त का शर्त तेस्र्याउदै गएं । मैले उनलाइ अन्तमा प्रश्ट भनें —“म बरु अहिले जसरी छु त्यसरीनै बस्छु तर म अरु कुनै पार्टीमा जान्न ।” तर पनि उनले फेरी कुनै बेला मौका पर्दा यसबारे कुरा गर्ने र अहिले पार्टी बाहिरै बसेर सघाउन आग्रह गरिन् ।
त्यसको केही समय पछि म नेपाल गएको बेला शक्ति लम्साल मेरो दैलोमा उभिए । उनको प्रस्ताव पनि पार्टी प्रबेश गर्नेनै थियो । मैले उनलाइ त्यतिबेला ठोकुवा गरेर नाइ भन्न सकिन । त्यसको खास कारण केभने म नेपालमा थिंए, नेकपा माओबादीले व्यक्ति व्यक्तिलाइ घर घरबाट थुतेर कार्यबाही गर्ने नाममा यातना दिदै मार्ने गरेका थिए । मलाइ त्यहँबाट बच्नु थियो । त्यसको दुइ दिन पछि मलाइ शक्ति लम्सालबाट पुतली सडकमा कुराकानी गर्न भनि बोलावट आयो । म गएं । त्यहाँ स्व कृष्ण सेन, इश्वरी खनाल र एक जना अन्य व्यक्ति नाम सम्झिन सकिन अहिले (जे होस् उनि त्यतिबेला नेकपा माओबादीको साप्ताहिक मुख पत्र साप्ताहिक जनादेशका सम्पादक थिए)ले मलाइ बेस्सरी दवाब दिए । मैले कुरा दोधारमा राखेर हिंडे ।
त्यतिबेला म नेकपा एमालेबाट अलग भएको एक दशक नाघीसकेको थियो । यद्यपी नेकपा एमाले (त्यतिबेलाको माले) कालागि भुमिगतका बेला मैले मेरो युवा जोस र जाँगर लगानी गरेको थिंए । मैले यदि राजनिती गर्छु भने म फेरी नेकपा एमालेमै गएर गर्छु भन्ने दृढता ममा सधै थियो । क्ष्यणिक फाइदाका लागि लोभिने मेरो मन थिएन । मलाइ नेकपा माओबादीहरुले प्रबासबाट पार्टीको केन्द्रसम्म लैजाने लोभ समेत देखाएका थिए । मलाइ थाहा छ, म कहिल्यै पनि एमालेको केन्द्र सम्म पुग्न सक्तिन भन्ने । तर पनि मलाइ त्यो महको गन्धले लोभ्याएन । बरु मैले त्यतिखेर मेरो हजुरवुवाले मलाइ बाल्यकालमा सुनाउनु भएको कथा झलझली सम्झना भैरहेको थियो । कथाको सार संक्षेप यस प्रकारको छ ।
एकादेशमा एक जोडी लोग्ने स्वास्नी बस्दा रहेछन् । ती जोडीले हाँसी खुसी लोग्ने चाही बन जंगलमा शिकार खेल्न जाने र स्वास्नी चाहीँ घरधन्दा एबं खेतीपाती गरेर गुजारा गर्दै आइरहेका थिए । एक दिन लोग्ने चाहीँ रगत पिच्छे भएर घर आयो । स्वास्नीले के भयो भनेर सोधी, लोग्नेले भन्यो आज जंगलमा शिकारक्रममा एउटा बाघ आएर मलाइ अचानक झम्ट्यो, अनि बाघसंग लड्दा बाघले चिथरेर रगताम्य भएको । पत्नीले डराउदै सोघी अनि केभयो ? अनि के हुनु बाघलाइ मारेर म घर आँए ।
घरमा संगै बस्दा पति पत्नीबीच कहिलेकाँही ठटाक ठुटुक भैहाल्छ, उनिहरुबीच पनि हुदो रहेछ । यस्तै सानो तिनो ठटाक ठुटुकमै पत्नीले छिमेककै अर्को युवकसंग पोइल जाने निधो गरिछ र पोइल गइ । यता पहिलेको लोग्नेले केही समयत चित्त दुखायो तर उ आफ्नो सद्गुण र बहादुरीका कारण आफुले आफुलाइ चित्त बुझाएर दिन गुजारा गरिरहेको थियो ।
एक दिन अचानक गाँउमा हल्ली खल्ली मच्चियो । के भएको रहेछ भनेर उ घरबाट बाहिर निस्केर हेर्यो । बाहिर बाटोमा उसकि पहिलेकी पत्नीको नयाँ लोग्नेले एउटा मुसाको पुच्छरमा समातेर झुण्ड्याउदै “ल हेर हो गाँउले हो मैले हाम्रो गाँउमा धान खान आएको मुसालाइ मारेर सारा गाँउलेको अन्न जोगाइ दिएको छु ।” भनेर चिच्याइ रहेको थियो । उता पत्नीलाइ भने आफ्नो लोग्नेले मुसा मार्दा पनि यसरी गाँउमा हाँक हाल्दै चिच्याएको सुनेर अनौठो मानेर सोंच्दै थिइ । उसको सोचाइमा अचानक केही समय अघिको उसको पहिलेको लोग्नेको बाघसंगको धटना सम्झी । उसले मनमनै बिचार गरी जबकि मेरो पहिलेको पतिले जंगलमा बाघ मारेर बाघको मुखबाट बचेर आएको कुरा समेत कुनै ठुलो कुरा होइन भनी कसैलाइ भन्न चाहान्नथ्यो तर यसले भने एउटा पाजी मुसा मारेर गाँउभर यत्रो ठुलो हल्ला ? उसले मनमनै सोंची अहं यो मुसा मार्दा पनि यत्रो ठुला हल्ला गर्ने नामर्द भन्दा त बाध मारेर पनि आफ्नो बहादुरी प्रति गर्भ नगर्ने व्यक्तिनै उत्तम हो भन्ने ठानेर उ फेरी आफ्नो पहिलेकै लोग्नेसंग फर्केर बस्थी रे ।
छाडेर जानेहरुका नाममा
Bookmark the permalink.
सबैलाई उम्केको माछो ठूलो हुन्छ किन भने त्यसमा निकै नै मेहनत खर्चेको हुन्छ,, मेरो बिचारमा पनि पार्टी परित्याग गर्नु भनेको जन्म दिने आमालाई अपमान गर्नु बराबर नै हो
Lau bada binbatmak 6 hai sir article..
फेसबुक बाट
it is ok
फेसबुक बाट
auta apradi gut bata arko apradi gut ma gayo ta yesma yeti pida kena ? deshai chodera gako bhaye ekdam ramro hunthyo…………