पाकिस्तानको उत्तर–पश्चिम आदिवासी क्षेत्र उत्तर बाजिरिस्तानमा अमेरिकाद्वारा गरिएको चालकरहित विमान आक्रमणमा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय उर्दु टेलिभिजन च्यानल डाउनका अनुसार दुईवटा अमेरिकी चालकरहित विमानले संदिग्ध आतंककारी बोकेको सवारीसाधनलाई लक्ष्यगरी आक्रमण गरेको थियो ।
उत्तरी बाजिरिस्तानको प्रमुख सहर मिरानसाहको सावाल क्षेत्रमा स्थानीय समयअनुसार आइतबार बिहान ४.३० बजे सो आक्रमण गरेको थियो । गत २४ घन्टाभित्र सोही क्षेत्रमा भएको अमेरिकी ड्रोन आक्रमण यो दोस्रो हो । शनिबार अपराह्नको समयमा एक घर र एक सवारीसाधनलाई लक्ष्य गरी गरिएको ड्रोन आक्रमणबाट कम्तीमा ६ जनाको मृत्यु हुनुका साथै अन्य दुई घाइतेसमेत भएका थिए । पाकिस्तानमा यस वर्षको सुरुदेखि हालसम्म अमेरिकाद्वारा २५ वटा ड्रोन आक्रमण गरिएको छ, जसबाट एक सय ८२ व्यक्तिको मृत्यु भएको समाचारमा उल्लेख छ । यसैबीच, पाकिस्तानमा अमेरिकी हवाई हमलाको पाकिस्तानी नागरिकले अमेरिकाको विरोध गरेका छन् ।
यसअघि पनि पाकिस्तानमा हुने हवाई हमलाको विरोध गर्दै आइएको छ । यसरी गरिने हवाई हमलामा सर्वसाधारण नागरिकको पनि ज्यान जानसक्ने भन्दै उनीहरूले विरोध गर्दै आएका छन् । तर, सुरक्षानिकायले भने यसरी मारिनेहरू पाकिस्तानमा आतंक मच्चाइरहेका सशस्त्र हतियारधारीहरू रहेको दाबी गरेका छन् ।
मानवरहित लडाकु बिमानले कसरी सर्वसाधारण मारीरहेछन् भन्ने बिस्तृत पढनकालागि तलको लिङ्क ल्किक गर्नुहोस् ।
https://www.theglobal.co.uk/2012/08/948 वा
http://www.souryadaily.com/2012/08/31067.html