-शशी पौडेल
अव बिस्तारै मानवजातीको मन धर्मराउन थालेको छ । इजरायलले गाजामाथी बम फाल्न छोडेको छैन । युक्रेनको आकाशमा हवाइजहाज क्ष्यत बिक्ष्यत पारिन्छ । आफुलाइ राष्ट्रबादी भन्न मन पराउने रसियन एउटा समुहले तेस्रो बिश्वयुद्धको सपना देखिरहेका छन् ।
युद्ध, युद्ध, र फेरी पनि युद्ध । मध्य पूर्ब र बिश्वका अन्य कुना काप्चाका मुलुकहरुमा एक पछि अर्को गर्दै युद्धले खाइरहेको छ । पश्चिमेलीहरु चीनमाथी बिषबमन गर्दछन् । उता युक्रेनले आफ्नो कालो छाँयाँ युरोपमाथी फैलाइ रहेको छ । इन्टरनेशनल इन्स्टिच्युट फर इस्ट्राटजीको एक अध्ययन अनुसार बिश्वभर अहिले ४१ हात हतियार सहितका युद्धहरु भैरहेका छन् । र अहिले लाग्छ हरेक हप्ता नयाँ युद्धको शुरुवात हुदै छ । युक्रेन, सिरिया, इराक, यमन, लिबिया, नाइजेरिया, र अहिले नयाँ इसरायल र प्यालेस्टीना ।
केही बर्ष अघि सम्म राजनितीज्ञहरु, डिप्लोम्याटहरु र गृहयुद्ध, युद्ध एवं आतंक अन्वेसकहरुले अव शितयुद्ध सकिएपछि बिश्वमा शान्ती छाउने कुराहरु गरिरहेका थिए । हातहतियारको एरा सकिएको, सर्वसाधारण जनताबीचको दुस्मनी (कन्ल्फिक्ट)को अन्त भएको, अव काटमारको बदला स्वइक्षाको सरसल्लाह, समझदारी र सम्झौता हुने भनेर बहस गर्दर्थे । तर अहिले ? के यो बिश्व साँच्चै छल, कपट, युद्ध, आतंक र काटमारको बिश्व बन्ने हो त ? के मानवजाती युद्धबिना बाँच्न सक्तैन ?
अहं ! युद्धबिना मानवजाती बाँच्न सत्तैन भनी दावी गर्छन बेलायती इतिहाँसकार इआन मोरिस । उनको भर्खरै प्रकाशित उत्तेजित शिर्षक “युद्ध केकालागि राम्रो हो” नामक पुस्तकमा उनी लेख्छन —युद्धहरु ठुला मुलुकहरुले आ—आफ्नो शक्ति प्रदर्शन गर्न र आफ्ना राज्यहरु अझ शक्तिशाली बनाउन गरिएका छन् । र संसारमा जती जती ठुला सामाजिक संघ, संस्थाहरु बन्छन् त्यत्तिनै ब्यत्तिबादी हत्या र अपराधहरु कम हुदै जान्छन् । त्यतिखेर आफुलाइ ठुलो शक्ति मान्ने मुलुकले आफुमाथी आएको धम्की सम्झिन्छ र हतियार सहितको युद्ध शुरु गर्छ ।
इआन मोरिसका उक्त पंतीहरुले बेलायती अर्का दार्शनिक थोमस होब्सको सिद्धान्त राज्यशक्तिको एकाधिकार (मोनोपोली अफ स्टेट)को ताजा सम्झना गराउछ । थोमस होब्सका अनुसार सर्बसाधारण जनता आफ्नो भए भरको सम्पत्ती, इज्जत, मुल्य र मान्यता सुरक्षाका निम्ति राज्य बिरुद्ध आन्दोलित हुन्छन् । आन्दोलनबाटै आफ्ना मुल्य, मान्यता, सम्पत्ती र इज्जतको सुरक्षा होस् भन्ने चाहान्छन् । तर आन्दोलित हुदै जाँदा सुरक्षाको सम्भावना झन भन्दा झन तुहिदै जान्छ । किनभने यात राज्यशक्तिले आन्दोलनलाइ तितर बितर पार्छ यात त्यो भन्दा ठुलो शक्तिले आन्दोलनलाइ हाँक्न थाल्छ र अर्को ठुलो राज्यशक्तिबीच युद्ध सुरु हुन्छ । ठीक यस्तै भएको हो युक्रेनमा । युक्रेन भन्दा ठुलो शक्तिले आन्दोलनको दुइ बिपरित धुर्वबाट हाँक्न थाल्यो र अर्को ठुलो राज्यशक्तिबीच युद्ध सुरु भयो ।
इआन मोरिसले यसप्रकारका युद्धलाइ “उत्पादनमुलक युद्ध (प्रोडक्टिभ वार)” भनेर नामाकरण गरेका छन् । उनका अनुसार युद्ध नै नयाँ समाज र नयाँ सामाजिक मान्यता निर्माणको एउटा सही उपाए हो । उनले यसलाइ पाक्स रोमनको उदाहरण दिएका छन् । उनका तर्कलाइ सरसर्ती हेदा अहिलेको फ्रान्सको बिद्यमान समाज एउटा ठुलो बिश्वप्रशिद्ध युद्धबाट बिकशित समाज हो भन्ने बलियो तर्क दिन्छ ।
इआन मोरिसको जतिसुकै बलियो तर्क भएपनि उनको तर्कमा खोटहरु भने सहजै देख्न सकिन्छ । युद्ध परिस्थितीको अनायास बिकाश भैरहेको बेला एउटा ब्यक्ति वा एउटा समुदायले त्यसलाइ नियन्त्रणमा लिन वा तत्कालिक ब्याख्या गर्न सक्तैन । उत्तेजित मानवद्धारा परिचालित हातहतियार पनि नियन्त्रण हुन सक्तैन । यो लथालिंग र भताभुंग नोक्सानदायी हुन्छ । अघिल्ला सताब्दीहरुमा र २१सौं सताब्दीको सुरुमै भएका युद्धहरु उत्पादनमुलक थिए भन्न सक्ने बलियो आधार पनि छैन । शान्ती भनेको सामान्य अवस्था हो तर शान्तीलाइ एक पछि अर्को युद्ध अपराधहरुले दखल दिइरहेको छ । यस अर्थमा युद्ध प्रोडक्टिभ हुन्छ भन्न सकिन्न । बरु यसलाइ समाजको नोक्सानदाइ कारक भन्दा उपयुक्त हुने छ । अपराधीहरुको दम्भ, रीष, राग, द्यस र बदला लिन चाहानेहरुको घमण्ड भन्दा अनुपयुक्त हुने छैन । जसले मानव समाजलाइ छिन्न भिन्न पारिरहेको छ ।
युद्ध जसले यसै पनि बिश्व तहस नहस पारिरहेको बेला पश्चिमाहरु रुसका बिरुद्ध जाइलाग्ने तयारी गरिरहेका छन् । युक्रेन युद्धको एकमात्र जिम्मेवार रुसलाइ ठहर्याएका छन् । युद्ध अपबाद नभएर महाशक्तिहरुको आफ्नो शक्ति परिक्षण गर्ने एउटा नियम जस्तो बनिसकेको छ अहिले । १९९१ देखि सुरु भएको सोमालियाको जनयुद्ध (शिभिलवार) ले मुलुक क्ष्यत बिक्ष्यत बनाएको छ जहाँ कुनै सरकारी संयन्त्र संचालन हुन सकिरहेका छैनन् । बिगत तीनबर्ष देखि निरन्तर भैरहेको सिरियाको युद्धले त्यहाँका लाखौं सर्बसाधारण जनतालाइ तितरबितर मात्र पारेको छैनकि दैनिक सयौंको संख्यामा टाउको गिंडिएको छ । सत्ता र शक्तिको दम्भ र तेलको लोभमा अमेरिकाले इराकमा छेंडेको युद्धले अहिले आएर स्थानीय सर्बसाधारण जनता धार्मिकयुद्धमा फंसिरहेका छन् । संसारको कान्छो राज्य दक्षिणी सुडान अहिले दुइ भिन्न भिन्न समुदायबीच शक्तियुद्धमा फसेको छ । हाम्रै नेपालमा माओबादीका नाममा गरेको दशबर्षे जनयुद्धले मुलुक खोक्रो मात्र भएको छैनकि ठुला तीन शक्तिशाली राज्यहरु (भारत, अमेरिका र युरोपीयन) ले जातीयता, धार्मिकता र सम्प्रदायको खिचलो पारेर सिभिलवारमा धकेल्ने प्रयास गरिरहेका छन् । समय बित्दै जाँदा नेपालमा भएको माओबादी जनयुद्ध पनि नेपाल र नेपाली भूमीबाट मात्र परिकल्पित र उत्पादित रहेनछ भन्ने प्रमाणित भएको छ । जहाँ जहाँ आर्थिक कमजोर हुन्छ, जहाँका जनता गरीव छन्, त्यहाँ त्यहाँ शक्तिशाली राज्यहरुले आगो सल्काउने र आफ्नो स्वार्थ र शक्ति प्रदर्शन गर्ने गरेको कुरा दिनको घाम जत्तिकै छर्लंग छ । उदाहरण खोज्न टाढा जानु पर्दैन, अमेरिकाले २००४ साल देखि सिआइएको स्पेशल एक्टीभिटी डिभिजनको नेतृत्वमा उत्तर पूर्व पाकिस्थानमा रिमुट कन्ट्रोल द्धारा CREECH AIR FORCE BASE AMERIKA बाट युद्ध गरिरहेको छ । उक्त रिमुट कन्ट्रोल युद्ध लडाकु (ग्ब्ख्) (अन म्यान्ड एरियल भिएकल्स) मान्छे नभएको लडाकु बिमान २००४को तुलनामा बाराक ओबामाको पाला देखि अरु बढ्दै गैरहेको छ । अमेरिकीहरुले खास गरि “वार अन टेरोर” घोषणा गरे देखि यस प्रकारको स्ट्राटजी ल्पान गरेका हो ।
अचम्मको कुरा त के भने सत्ताधारीहरुले आफु सत्तामा बसिरहन र नितान्त ब्यक्तिगत स्वार्थ पुर्तीका निम्ति दोहरो चरित्र देखाउने गर्दछन् । एकातिर पाकिस्तानी सरकारले आफ्ना जनता समक्ष पाकिस्थान माथी भैरहहेको अमेरिकि आक्रमणको बिरोध गरेको देखाएको छ भने अर्को तिर पाकिस्थान सरकारले अमेरिकालाइ साम्जी एयर फिल्ड पाकिस्थानबाट मान्छे नभएको लडाकु बिमान अर्थात रोबोट चलाउन अनुमति दिइरहेको छ । अमेरिकाले लगभग आढबर्ष देखि पाकिस्थानी गुरिल्ला एबं स्वतन्त्रता सेनानी बिरुद्ध आक्रमण गरिरहेका छन् र सिआइएले यसको प्रतिफल लिदै आइरहेको छ । एक पत्रकार सम्मेलनमा तत्कालिन अमेरिकी बिदेश मन्त्री हिलरी ल्किन्टन समक्ष पत्रकारहरुले सोधेको प्रश्नको जवाफमा उनले अमेरिकाको युद्ध स्ट्राटजी ल्पान र टेक्नोलजी बारे कुनै कमेन्ट गर्न चाहान्न भनिन् । यस प्रकारको युद्ध लडाकु बिमानहरु २००१ मा अफगानिस्थानमाथी आक्रमण गरे देखि पाकिस्थान माथीको आकाशमा उडिरहेका छन् । यी मान्छे बिहिन युद्ध बिमानहरु अमेरिकी पाइलटहरुले CREECH AIR FORCE BASE AMERIKA बाट उडाइ रहेका छन् र उनिहरुले खिचेका भिडियोहरु पाकिस्तानी सरकारलाइ उपलब्ध गराउदै आइरहेका छन् । ती मान्छे बिहिन युद्ध बिमानहरु अफगानिस्थानको जलालाबाद र कुनै कुनै पाकिस्थानबाटै उड्दछन् । न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार ती मान्छे बिहिन युद्ध बिमानहरु सिआइएको हेड क्वाटर लाङ्गली, भर्जीनियाबाट कन्ट्रोल गरिरहेका छन् । उता सिआइएले भने अफगानिस्थानमा गरिएका हवाइ आक्रमणबाट थोरै संख्यामा मानिस हताहत हुने गरी डिजाइन गरेको दाबी गरेको छ । तर न्यू अमेरिका फौण्डेशनको पब्लिक रिपोर्ट अनुसार ८२ वटा मान्छे बिहिन युद्ध बिमानहरुले २००६ साल देखि अहिले सम्ममा पाकिस्थानमा मात्र तीनहजार भन्दा बढी मानव हत्या गरेको बताइएको छ । जसमध्य आधी भन्दा बढी सर्वसाधारण एबं बालबच्चा भएको बताइन्छ ।
त्यति मात्र नभएर पाकिस्थान सरकारले, जुन जुन ठाँउहरुमा मान्छे बिहिन युद्ध बिमानहरु मार्फत आक्रमण भएको छ, त्यहाँ त्यहाँ पत्रकारहरुलाइ पुग्न र यसबारे रिपोर्ट गर्न प्रतिबन्ध लगाएको छ । त्यसैले यथार्थमा के कति मान्छेहरु, पाकिस्थानमा मान्छे बिहिन युद्ध बिमानहरुको आक्रमणद्धारा मारिएका छन् भन्ने थाहा लाग्न सकेको छैन । यस्तै गरि अमेरिकाले २००८ साल ताक यस्तै प्रकारको आक्रमण प्यालेस्टीनामा गर्ने योजना बनाएको थियो । जुन आक्रमणद्धारा निर्धारित रुपमा “टेरोरिष्ट”हरुलाइ मात्र मार्ने योजना भन्दै आइरहेको हो । अमेरिकाका अनुसार यदि उनिहरुले यी मान्छे बिहिन युद्ध बिमानहरु प्यालेष्टीना माथी पनि चलाएमा आफ्ना सैनिकहरु मर्ने छैनन् । अमेरिकाको यो तर्कबारे अमेरिका भित्रै निकै बिरोध भएको थियो । जर्ज टाउन युनिभर्सिटी, कानून बिभागका प्रोफेसर ग्यरी सोलीसले न्यू योर्कर पत्रिकासंग यो अमेरिकी योजनाको तीब्र आलोचना गरेका थिए ।
अहिले इसरायलले प्यालेस्टिनामाथी बम बर्षा गरिरहेको छ । दैनिक सयौं मानिसहरुको इहलिला समाप्त गरिरहेको छ । यस्तो बेलामा आफुलाइ संसारको प्रहरी भन्न मनपराउने अमेरिकाले इसरायललाइ बम बर्षाउन बन्द गर्ने आदेश दिन चाहेको छैन । एकातिर शान्तीवार्ता, हतियार बिसाउने वार्ता भन्दै बिश्व जनसमुदायलाइ भुलाइरहेको छ भने अर्कोतिर इसरायललाइ बम बर्षाउन स्वतन्त्र छोडिरहेको छ । के यस्तो अबस्थामा एकले अर्कोलाइ बिश्वास गर्न सक्ला ? के एकतर्फी चाहानाले मात्र युद्ध बन्द होला ? यद्यपी २१सौं सताब्दी लागेपछि न्युल्कियर र एटमयुद्ध भएको छैन र यी हतियारहरु मिलिट्रि रणनितीमा मात्र सिमित छ तथापी न्युल्कियर र एटमयुद्ध नहोलाकि भनेर ढुक्क हुने अवस्था भने अब रहेन । किनभने संसारभर १६३०० एटमबम स्टेशनहरु बनाइएका छन् भने ४००० एटमबम पडकाउन तैयारी अबस्थामा राखिएका छन् ।
केही महिना अघि मैले एकजना भारतीय सैनिक र युद्ध बिशेसज्ञ (दुर्भाग्य मैले उनको नाम बिर्षें) ले हिरोसिमाको यात्रा गरे पछि दिएको प्रतिकृया नबभारत टाइम्समा पढेको थिंए । उनको प्रतिकृया थियो केही ह्ृदयबिहिनहरुको घमण्डका कारण चकनाचुर भएको भए पनि आज हिरोसिमा कलकलाउदो र संसारकालागि उदाहरण बनेको छ । जापानी जनता प्रति म गौरब गर्दछु । हुनपनि हो एउटा न्युल्कियर एटमयुद्धले दशौं लाख निमुखा जनताको हत्या हुन्छ भने हज्जारौं बिगाहा जमिन ध्वस्त पार्छ । तर पनि यो बिश्वको अन्त भने हुने छैन ।
आफुलाइ संसारका शक्तिशाली भन्ने मुलुकहरुले आफ्नो सुरक्षाका लगि भनेर न्युल्कियर र एटमबम स्टेशनहरु बनाएका छन् तर त्यो युद्ध रोक्ने कुनै समाधान होइन बरु यो त युद्ध छेडिने ठुलो समस्या हो जसले संसारका दशौंलाख मानिसहरुको एउटै चिहान बनाउने छ ।
Like us on Facebook
Categories लेख तथा समाचार
Monthly Magazine मासिक-पत्रीका
Coming Soon..................
One Response to के युद्ध नहुन सम्भव छ ?