“ओलम्पिकले मलाई के दिन्छ ?”

केही दिन अघि बीबीसी तीनले स्वतन्त्र रुपमा आफुलाइ भन्न मनलागेको कुरा प्रश्ट भन्न पाउने गरी एउटा कार्यक्रम चलाएको थियो । उक्त कार्यक्रममा खास गरी “ओलम्पिकले मलाइ के दिन्छ ?” भन्ने मुख्य प्रश्न थियो ।
यो प्रश्न मेरो मनमा धेरै पहिले उठेको हो । जव मैले ओलम्पिकको छोटकरीमा जानकारी लेख्ने निधो गरें, त्यतिखेरै यो प्रश्न उठाएर लेख्ने बिचार गरेको थिएं । तर यस प्रकारको प्रश्न उठाउने सायद म मात्र एक्लो हुन्छुकि भन्ने डर पनि कता कता लागेको थियो ।
बीबीसी तीनले उक्त प्रश्न राखेर पाँचसय ब्यक्तिहरुसंग सोधेको रहेछ । जस मध्य एकहत्तर प्रतिशतले आफु बेलायती भएकोमा गर्भ गरेको तर त्यस मध्य बैसठ्ठी प्रतिशतले यो रकम अन्त कतै जहाँ आबश्यक छ र जसले बेलायतको अर्थतन्त्रलाइ टेवा दिन्छ त्यहाँ खर्च गर्दा सायद राम्रो हुने थियो भन्ने तर्क गरेका छन् ।
अहिलेको बेलायतको अर्थतन्त्रको यथार्थता भनेको केहो भने यत्र तत्र बचतको नाममा बजेट कट्टा गरिरहेको बेला एघार बिलियन खर्च गरेर लण्डन ओलम्पिकको आयोजना गरिरहेका छन् , कार्यक्रममा यो नै बहसको मुख्य बिषय बनेको थियो । बीबीसी तीनको उक्त कार्यक्रममा दर्शकका तर्फबाट प्रतिक्रिया जनाउदै केही ब्यक्तिहरुले आखिर लण्डन ओलम्पिकले कुनै नयाँ राजगारको ब्यबस्था गर्न नसकेको आरोप लगाएका थिए । २००८ सालको ओलम्पिकमा तामाको तक्मा बिजेता तासा दानभर्सले भनिन् “यथार्थमा लण्डन ओलम्पिक २०१२ले कुनै रोजगारीको ब्यबस्था गर्न सक्तैन ।”
हेरिङ्गी युवाहरुका तर्फबाट प्रतिक्रिया दिदै साइमन ब्राउनले भने “ओलम्पिक भनेको समाज असमानताको प्रतिबिम्ब हो ” उनले अगाडी भने “यो त उपकार र खर्चबीचको अमिल्दो बिबादास्पद मात्र हो । ओलम्पिक कर्पोरेट च्यारीटी हो र यसको भार हामीले उठाउनु परेको छ ।”
कार्यक्रममा धेरै जसोले खेल खेल्नु भनेको शरीरलाइ स्वस्थ्य राख्नु हो तर यो कस्तो बिडम्बना हो सबभन्दा अस्वस्थ्य खाना र पेय पदार्थ बेच्ने म्याक डोनाल्ड र कोका कोलाले यसको स्पोन्सर गरेका छन् । कार्यक्रममा शिक्षा बिभागीय मन्त्री जोन हैजले “हाम्रो राष्ट्रको अभिमानका निम्ति हामीले कति दिन सक्छौ दिन सिकौ ?” भन्दा तासा दानभर्सले भनिन् “ हो मैले पनि गर्ब गरेकी थिएं जब मैले तक्मा पाएकि थिंए । आखिर मैले पनि खानै पर्छ, मैले घर भाडा तिर्नै पर्छ, मेरो तक्माा र राष्ट्रिय गर्बले मेरो पेट भर्दैन, मेरो गर्बले मेरो घरको भाडा तिर्दैन । राजनितिज्ञहरुले यी कुराहरु बुझ्नु जरुरी छ ।” कार्यक्रममा घरभाडाको कुरा पनि महत्वका साथ उठेको थियो । लण्डन ओलम्पिकको कारणले लण्डन क्षेत्रमा घरभाडा अक्कासीएको प्रशंग पनि त्यहाँ उठेको थियो ।
लाग्थ्यो कार्यक्रम बेलायती जनताले लण्डन ओलम्पिकको बारेमा के सोचिरहेका छन् भन्ने एउटा जाँच थियो । तर त्यो जाँचमा बेलायती सरकार फेल भएको प्रष्ट हुन्थ्यो किन भने बहुसंख्यक बेलायती युबाहरुलाइ अहिले खेल भन्दा रोजगारी चाहिएको छ , बास बस्ने छानो चाहिएको छ ,
कार्यक्रमको अन्तमा साइमन ब्राउनले भने “हो हामीलाइ खेलकूद चाहिन्छ तर त्यो खेलकूद सर्बसाधारण जनतालाइ र त्यो सार्बजनिक हुनु पर्छ कर्पोरे हस्पीटालिटी हैन, जुन अहिले भैरहेको छ ।

 

 

Bookmark the permalink.

2 Responses to “ओलम्पिकले मलाई के दिन्छ ?”

  1. R Gurung says:

    belayta jastaa khelpremi kaa laagi uni harule gareko kharcha saandharbhik nai lagchha. Company kaa maalikharu le aafno ruchiko football club ko khel ko laagi sabai karmachari lai ticket line gardathyo, aba ta ali muskil chha.
    Khel bikash ra manav adhikar ko gatibidhi bata maanislai asar pare pani bikas ko kaam bhanne mannu parchha.
    Rohit

  2. SN says:

    The artical has raised very gegeral issues. Olymic for what? And the crux of the issue here is why the Olypic is popular? I think we need to evaluate from the global perspective. It is one of the parameters to review of power shifting from countries to countries. Not only that I believe the Olympic is the process of civilisation through contineous inovations and inventions in all round biological, microbiological, technology, construction industries and other many more sectors.

    The artical is biased and analysed on the basis of few people’s perception, however economy is concerned, it is not only the micro short term expections of the local people which is not met from the writer’s persepective. He failed to analyse the macro economic persepective and long term impacts of the olympics in local level and globally in general.

    Please be aware that the Olympic is a process of event management in modern world, which can be considered a largest event handling millions of people in hunderds of activities.

    Therefore, I would be happy to read the analysis of the olymics in the bright side as well as the dark side, which few are raised in the artical by the writer.

Leave a Reply

Your email address will not be published. Required fields are marked *