– शशी पौडेल
आगामी हप्ता इजिप्टमा दोस्रो चरणको निर्वाचन हुन गइरहेको छ । निर्वाचनका निम्ति मुस्लिम ब्रदरहुडका अग्र पंतिमा रहेको छ । मुस्लिम ब्रदरहुड एक मुस्लिमहरुको उग्र संगठन हो । २०११ मध्यपूर्बका लागि लोकतान्त्रिक आन्दोलनको बर्ष भनेर चिनियो । त्यतिखेर अर्थात आन्दोलन सुस्ताउन लाग्दा जनवरी २०११मा मैले इजिप्टमा भैरहेको लोकतान्त्रिक आन्दोलनको समीक्षा गरेको थिंए ।
लेनिन भन्छन् “ आन्दोलनकारीहरुले दुई कुराका निम्ति आन्दोलन गर्दछन् पहिलो कुरा हो पुरानै शासन व्यवस्था रहेसम्म जनता शासन सत्तामा पुग्न सक्तैनन् ।
दोस्रो शासकहरुले पुरानै व्यवस्थावाट अब शासन गरिरहन सक्तैनन् ।”
उक्त कुरा चार फरवरी २०११ को गार्डियनको सम्पादकीयमा उल्लेख छ ।
जव पूजीवादी शक्तिवाट संचालित संसार साधनले कुनै आन्दोलन वा जनसंघर्षका वारेमा लेख्नु प¥यो भने एकै प्रकारको निश्कर्ष निकाल्दछन् अनि एकै ढंगले प्रस्तुत हुन्छन् ।
गार्डियन र यस अघि वा अन्य बेलायती संचार साधनले हामीलाई इजिप्टमा अहिले जुन परिवर्तन आएको छ त्यो निकै पहिले हुनु पथ्र्यो भन्दै आइरहेका छन् । तर यदि इतिहासलाई हेर्दै जाने हो भने रुसमा स्तालिनको पतनपछि योजनावद्धरुपमा सोभियत संघ र यूरोपको आर्थिक कारोवार शुरु हुनुलाई “ एउटा इतिहासको अन्त” भनी प्रचारवाजी गरियो । यसलाई सकारात्मकरुपमा लिएर “एउटा इतिहास को शुरुवात” भन्न पुजीबादीहरुले सकेनन् । तर त्यो इतिहासको अन्त थिएन बरु इतिहाँसको शुरुवात थियो किन भने मध्यपूर्वकै कुरा गर्ने हो भने, त्यसपछि झन दर्जनौ शासकहरुले दशकौं सम्म तानाशाही व्यवस्था कब्जामा लिएर बसे ।
सर्वप्रथम तुनेसिया, इजिप्ट र लिवियामा जनताको भेल उठेर दशकौं सम्म अर्थतन्त्र, राजनीति र समाज समेतलाई कब्जा गरेर बसेको वलियो खम्बा ढाल्न आन्दोलित भए । यतिखेर अक्टोवर क्रान्ति ताका लेओन ट्राट्स्कीले विश्लेषण गरेको “दमिनो थेउरी“को उपमा लिदा अत्यूक्ति हुने छैन । किनकि तुनेसियाका राष्ट्रपति सर्वप्रथम भाग्न वाध्य भए त्यसपछि यमनका राष्ट्रपति सत्ताच्यूत भने त्यस पछि इजिप्ट । यसरी एकपछि अर्को गर्दै तानाशाहरुको बाहिर निस्कने ढोका खुल्न थालेको छ । मध्यपूर्वका जनताले त्यको विद्यमान अवस्था अव सहन गर्न सक्तैनन् । त्यसैले इजिप्टमा भएको आन्दोलनको मुख्यनारा इनअफ इज इनअफ (enough is enough) भन्ने रहेको थियो । यही नाराले नै उनीहरुले इजिप्टका हुस्नी मुवारकलाई घुंडा टेकाउन सफल भए ।
इजिप्टका हुस्नी मुवारकले खासगरी त्यहाँका मध्यम वर्गिय जनतावाट आफ्नो स्वार्थ अनुकूल राजनैतिक आर्थिक एंव सामाजिक फाइदा उठाउदै आएका थिए । तर जव मध्यम वर्गिय जनताले मुवारकको साथ दिन छोडे तव उनी सत्ता छोड्न वाध्य भएका हुन् ।
एक वामपन्थी पत्रकार सेमुस मिलण्यले यस भन्दा अघि सोही पत्रिकामा लेखेका थिए । उनकै शब्दमा “इजिप्टमा आन्दोलित अवस्था छ तर अहिले संघर्ष वा क्रान्ति भइसकेको छैन ।”
क्रान्ति किन भइरहेको छैन त ?
इजिप्टका राष्ट्रपति होस्नी मुवारकले सत्ता छोडेपछि आन्दोलनको गति रोकिएको छ । प्रश्न उठ्छ इजिप्टमा यतिछिटै किन आन्दोलनको गति रोकियो त? एकाएक आगोको मुस्लो जस्तै उठेको आन्दोलन सेलाउनुको पछाडि के लुकेको छ ? तुनेसिया र इजिप्टमा †
झण्डै चार दशकको अध्यारोवाट एकै चोटी मिर्मिरे प्रकाश आउन लाग्दा इजिप्टका जनतालाई माक्र्सवादी विषयगत प्रतिनिधिहरुको नेतृत्व प्रदान हुन सकेन । इजिप्टको जनसमुदायलाई यथार्थ कार्यक्रम दिएर एक कदम पछि अर्को गर्दै आन्दोलनलाई विकास गर्दै लानु पर्ने अवस्था सिर्जना हुनु अघि नै पूजीवादी शक्तिहरुले सत्ताको जिम्मा सैनिकहरुलाई दिन पुगे ।
अव इतिहासलाई यसरी हेरौं । रुसमा १९१७ को फरवरीको अन्तमा स्वतस्र्फुतरुपमा निस्केको आन्दोलनको राँकोको स्टेरिङ त्यहाका मजदुरहरुले समाएका थिए । ती मजदुरहरु पहिलो विश्वयुद्ध अघि नै वोल्सेभिक पार्टीवाट प्रशिक्षित थिए । वोल्सेभिक पार्टीको नेतृत्व लेलिनले गरेका थिए । आठ दिनको आन्दोलनले रुसी तानाशाह जारको शासनको अन्त गरेको थियो ।
त्यसपछि पनि केही राजनीतिक असझदारीका कारण त्यहांको सत्ता त्यहांको अर्को पुराना जारका सर्मथकहरुवीच मिलिजुली हत्याउन पुगे । त्यहाँ सम्पूर्ण रसियनहरुको प्रतिनिधि पार्टी वोल्सेभिक आन्दोलित थियो ।
तर इजिप्टमा १९१७ ताका रुसमा भएको जस्तो वर्गिय पार्टी जसले सम्पूर्ण इजिप्टको प्रतिनिधित्व गर्छ । उपस्थित छैन । जुन सुकै पनि मुलुकको राजनीतिक परिवर्तन पछि त्यहाँको बलियो राजनैतिक पार्टीले तुरुन्त सत्ता सम्हाल्न सक्षम हुनु पर्छ र मात्र आन्दोलनकारी र जनताको प्रतिनिधित्व गरेको मानिन्छ । तर इजिप्टमा त्यस प्रकारको सबै तह,तप्का र इजिप्टका मजदुर किसानहरुको प्रतिनिधित्व भएको बलियो पार्टी उपस्थित छैन । त्यसैले त्यहाँ सैनिकहरुले सत्ता हातमा लिन पुगे । सैनिकहरुले शासन हातमा लिनु भनेको आन्दोलनको चाहनाको विपरित हो र त्यस प्रकारका शासन सत्ताले जनताको प्रतिनिधित्व गर्दैन । किन भने इजिप्टको सैनिक भनेको हिजोको हुस्नी मुवारकका सैनिक हुन् । हुस्नी मुवारकको सत्ता भित्र जन्मेकाहरु आज सैनिक अधिकारी छन् । उनिहरुका निम्ति हुस्नी मुवारकनै सबैथोक हो ।
इजिप्टका राष्ट्रपति हुस्नी मुवारकले काउन्टर रेमुलुसन गर्न नखोजेको हैन तर उनका सेना जनविद्रोहको मुस्लोमा गोलावारी गर्न अझै तैयार भैसकेको थिएन । किनकि सेनालाइ थाहा थियो कि इजिप्टमा त्यस प्रकारको आन्दोलन पछि सत्ताको जिम्मेवारी लिन सक्षम सबै तह,तप्का र इजिप्टका मजदुर किसानहरुको प्रतिनिधित्व भएको बलियो पार्टी उपस्थित छैन भन्ने । यद्यपी इजिप्टको यहासम्मको परिवर्तन पनि रक्तपात विहिन थिएन ।
इजिप्टमा देखिएको परिदृष्टि के हो भने धनीवर्गका कामदार एंव मध्यमवर्गीय कामदारहरु यदि सडकमा उत्रिन्छन् र उनीहरु आफ्नो उद्देश्य थोरै मात्र खुलावोध भएको अवस्थामा छ भने क्रान्ति यसरी नै वीचमा छोडिने हुन सक्छ । तर यही प्रकारले स्वतस्फुर्तरुपमा उठेको आन्दोलनको नेतृत्व माक्र्सवादी पार्टीले लिएको छ र उनीहरुको उद्देश्य तानाशाहलाई बढार्ने हो भने मात्र संघर्षको गती रोकिदैन ।
त्यहाँका आन्दोलनकारीहरुले सडक खाली गरे तर उनीहरुको खास उद्देश्य त मुवारक फालेर अर्को सैनिक तानाशाह ल्याउने पटक्कै होइन । उनीहरुको उद्देश्य भनेको सम्पूर्ण इजिप्टेली जनता तानाशाही शासन ब्यवस्थावाट मुक्त हुनु हो ।
सरसर्ती हेर्दा तुनेसियामा भएको आन्दोलन, त्यहाँ आन्दोलनवाट प्राप्त उपलब्धी र इजिप्टमा भएको आन्दोलनको रुप एकै प्रकारको देखिन्छ । तर यी दुइ आन्दोलनकाबीच धेरै महत्वपूर्ण अबस्था र घटनाहरु फरक फरक छन् ।
तुनेसियामा सत्ताधारीहरु दुवै मुलुक भित्र र वाहिरकालाई त्यहाँको आन्दोलनले बढारेको थियो । यहासम्मकी त्यहाँको प्रहरीहरु र आर्मीहरु समेतलाई आन्दोलनकारीले अलग राख्न सके । वेन अलि र उनका नातेदारहरु समेतलाई मुलुकवाट भगाउन सफल भए । अन्यथा उनीहरुले आन्दोलनमा आफु वलिको बोका बनेको भनी इलाज खोज्न सक्दथे ।
तर इजिप्टमा त्यसो भएन । यद्दयपी इजिप्ट भनेको अरवको मुटुमा रहेको एक अति शक्तिशाली आठ करोड जनसंख्या थामेको र जहाँ ५ लाख भन्दा बढी त पोशाकी सैनिकहरु रहेका छन् । जहा सैनिकले सत्ता हातमा लिएपछि लोकतान्त्रिक निर्वाचन हुने भनिए पनि कुनै निश्चितता भने रहन्न ।
मुवारकको पतन
तीन दशकदेखिको तानाशाही शासन व्यवस्थाका नाइके मुवारकको शासन सत्ताको अन्त भएको छ । तर उनको सत्ता अहिले सैनिकको हातमा गएको छ । विश्व राजनैतिक पर्यवेक्षकहरुले भने अहिलेको इजिप्टको अवस्था १९५२ मा फालिएको त्यहाँको राजतन्त्रको अवस्थासंग तुलना गरेका छन् ।
इजिप्टको आन्दोलनले इजिप्टको सैनिकहरुलाई भने दुइ धुर्बमा बिभाजन गर्न सफल भएको छ । तुनेसियामा पनि सैनिकहरु दुई समूहमा विभाजित भएका थिए । तर इजिप्टको र्दुभाग्य के भने सैनिकको जुन समूहले अहिले सत्ता लिएको छ र छिट्टै लोकतान्त्रिक निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्ने भनिरहेको छ त्यो समूह कतै मुवारकवाटै संचालित त होइन ? भन्ने एक प्रश्न अनुत्तरित छ । किनकि सैनिक शासनले अमर मुसा हुस्नी मुवारकका परराष्ट्र मन्त्रीलाई समर्थन गरेको छ ।
सैनिकहरुले जनतालाई “प्यार” देखाउनु वा सहानुभूति देखाउनु राजनीतिमा प्रयाप्त हुदैन । सत्ता हातमा लिएका माथिल्ला सैनिकहरु समान्य सिपाहीको पक्षमा उभिएको हुनु पर्छ । तर यदि उनीहरुले हतियार हात लिएर तल्ला सिपाहीहरुलाई आदेश दिन थाले र गोली वारुद सहित इजिप्ट मार्च गर्दा इजिप्टको मुवारक पछिको रुप पनि जनताको विपक्षमा देखा पर्न सक्छ ।
सत्य कुरा त के हो भने चाहे मुवारकको शासन व्यवस्था होस् चाहे तुनेसियाको तत्कालिन अवस्था होस् यी दुवै साम्राज्यवादी शक्तिहरले मननपराउदै आएका छन् । इजरायलले भने यी दुवै देशहरुको विरोध गर्दै आइरहेको हो । अरवका लागि मुवारकको पतनलाई एक अर्थमा बाइस बर्ष अघि भत्केको बर्लिनको पर्खालसंग तुलना गर्न सकिन्छ ।
जव साम्राज्यवादी शक्तिहरुले पुराना सत्ताधारीहरुवाट अव आफ्नो स्वार्थ पुरा नहुने कुरा महसुस गर्न थाल्छन् तब त्यहाँ दुस्मनीको विउ रोप्न थाल्छन् । चाहे तुनेसिया होस् चाहे इजिप्ट । चाहे लिबिया चाहे विश्वका अन्य मुलुकहरु किन नहोस् ।
क्रान्तिकारी संविधान सभाको माग
इजिप्टका जनता यथार्थमा एक क्रान्तिकारी संविधानसभाको निर्वाचन होस् भन्ने चाहन्थे । निर्वाचन न त साम्राज्यवादी शक्ति न त हुस्नी मुवारक कसैको खेल मैदान बनोस् । उनीहरु स्वतन्त्र, लोकतान्त्रिक र निश्पक्ष निर्वाचनको पक्षमा छन् । हुन पनि इजिप्टमा स्वतन्त्र निश्पक्ष र लोकतान्त्रिक क्रान्तिकारी संविधानसभा मात्र इजिप्ट मजदुर र साना किसानहरुको समस्याको समाधानको वाटो देखाउने विकल्प हो ।
त्यहाँका मजदुर र किसानहरु इजिप्टमा एक समाजवादी लोकतान्त्रिक सरकार निर्माण होस् भन्ने चाहन्छन् । जसले समाजका सवै तह तप्का र वर्गको प्रतिनिधित्व गरोस् । त्यहाँको तत्कालको सवभन्दा ठूलो समस्या भनेको वेरोजगारी हो । त्यो मुलुक कृषि प्रधान मुलुक होइन जहाँ अन्य रोजगारी नभए पनि कृषि उत्पादनवाट मानिसहरु बाँच्न सकुन् ।
यी सबै भन्दा पनि अझ महत्वपूर्ण कुरा त्यहाँको लागि के हो भने त्यहाँका आन्दोलनकारी जनताहरुको मुख्य आवश्यकता भनेको राजनीतिक हतियार आफ्नो हातमा लिनु हो । त्यसैले त्यहाँका विद्धान, कलाकार, कानून व्यवसायी, मजदुर, किसान सबै वर्ग र तह मिलेर एक महत्वपूर्ण पार्टी गठन गर्नु पथ्र्यो । जुन पार्टीले जनतालाई विकल्प दिन सकोस् । साथै साम्राज्यवादी शक्तिहरुसंग टकराउन सकोस् । अन्यथा विश्वका अन्य कुना कुनामा देखिएको परिदृष्टि न्यूयोर्क र वासिंगटनको आदेशमा वमवाडी गर्ने देखि लिएर झुण्ड्याउने, काट्ने, मार्ने नियतीवाट इजिप्ट पनि मुक्त हुने छैन ।
पाकिस्तानको इतिहासले प्रश्ट पारेको छ कि पाकिस्तान एउटा मुसलमान राज्य हो तर साम्राज्यवादी शक्तिहरुको फुटाउ र राज्य गर भन्ने नीतिले आज त्यहाँ पनि शान्ति छैन । त्यहाँको भविश्य अन्धकार छ ।
इजिप्टको संघर्षले त्यहाँका हरेक जनतालाई परिचालित गरायो । त्यस भन्दा पनि माथि अरव राज्यहरुमा पनि शासन सत्ताको विरुद्ध लड्न त्यहाँका जनताको साहस रहेछ भन्ने देखायो । इजिप्टको आन्दोलन त्यहाँका शासकहरु —” लोकतन्त्र सबैका लागि राम्रो व्यवस्था होला तर अरव राज्यहरुका लागि होइन” भन्नेहरुलाई चोटिलो प्रहार हो ।
साम्राज्यवादी शक्ति एंव पूंजीजीवीहरुको आडमा तीन दशक भन्दा बढी तानाशाही शासन व्यवस्था चलाउदै आएका तानाशाही मुवारकले आफुलाई वलिको बोका सम्झनु कुनै जरुरी छैन । किनभने विश्वका जनताले आन्दोलनलाई कसरी हाँक्नु पर्दछ भन्ने सिकीसकेका छन् । वर्गको रुप, यसको चरित्र र यसको स्वार्थमा आएको परिवर्तनलाई पनि बुझि सेका छन् र यसलाई कसरी संचालन गर्नुपर्छ भन्ने पनि सिकीसकेका छन् । यसैले विश्वका जनताको मुक्तियुद्धको अन्त भएको छैन, यो त अव वल्ल शुरु भएको छ । यो मुक्तियुद्धको शुरुवात लेलिनले भने जस्तै दुई कुराका निम्ति हुने गर्दछ ।
मुवारकपतनपछिके ?
अचानक, हठात् र स्वतः स्फुर्त रुपमा उठेका जन—उभारले तुनेसिया र इजिप्टका तानाशाहहरुलाई बढारेको छ । यी मध्यपूर्व र उत्तर अफ्रिकामा भएका राजनैतिक परिवर्तनले इरान, वहराइन, अल्जेरिया र अन्य विश्वका थुप्रै ठाउँहरुका मजदुर, किसान र युवाहरुलाई राम्रो पाठ सिकाएको छ ।
मुवारकको पतन र त्यो ठाउँमा आएको सैनिक शासन दुबै साम्राज्यवादी शक्तिका पृष्ठपोषक भएकाले अब भविष्यमा इजिप्टको भविष्य कस्तो हुने भन्ने तर्क गरिनु स्वाभाविक रहेको छ । विश्वका विभिन्न समुदाय र क्षेत्रबाट जेसुकै तर्क गरिए पनि यस पंतिकारले निम्न कुराहरु वहसमा ल्याउन चाहेको छ ।
+ इजिप्टका विद्धान, कलाकार, कानून व्यवसायी, मजदुर, किसान सबै वर्ग, तह र तप्कमा मिलेर एक बलियो समाजवादी लोकतान्त्रिक पार्टी गठन हुर्नु पर्छ । जुन पार्टीले जनतालाई नेतृत्व र विकल्प दिन सकोस् ।
+ जनताले सैनिक शक्तिप्रति विश्वास गर्नु हुदैन र कुनै पनि शक्ति यदि मुवारकको पक्षका छन् भने तिनीहरुसँग सरकारमा सहभागी पनि बन्नु हुदैन ।
+ अहिलेसम्मका राजनैतिक बन्दीहरु तुरुन्त रिहा हुर्नु पर्छ, भन्ने आवाज उठाउनु पर्छ ।
+ पूर्णरुपमा राजनैतिक स्वतन्त्रता लागू हुन माग गर्नु पर्छ ।
+ मजदुर सँगठन, विद्यार्थी सँगठन जस्ता सबैप्रकारका जनवर्गिय सँगठनले स्वतन्त्रता पाउनु पर्छ ।
+ मुवारकका पालामा भएका अपराधहरुको छानविन हुनु पर्छ ।
+ एक समाजसेवी लोकतन्त्रवादीहरुको सँगठन गठन हुनु पर्छ जसले नागरिक अधिकारको संरक्षणमा बोल्न आवाज उठाउने अधिकार राखोस् ।
+ सत्ता सैनिकहरले लिएकाले सैनिकभित्र एक लोकतान्त्रिकरण कमिटि गठन हुनु पर्छ, सैनिक शासनलाई निरन्तरता दिनबाट उक्त कमिटिले बन्देज लगाओस् । ता कि समयमै लोकतान्त्रिक मर्यादित, स्वच्छ निर्वाचन हुन सकोस् ।
+ सैनिक मुख्यालयबाट राजनीतिक शासन संचालन नहोस् । सैनिक शासनले तत्काल किसान एवं मजदुरबाट एक लोकतान्त्रिक सरकार गठन गरी निर्वाचन प्रकृयातर्फ तुरुन्त कदम चालोस् ।
+ सैनिकले संविधान मिच्ने काम गर्नबाट रोक लगाइयोस् ।
+ इजिप्टलाई विस्तारै समाजबादी लोकतान्त्रिक इजिप्टको निर्माणतर्फ कदम चालियोस् ।
तब मात्र इजिप्टमा भएको अहिलेको आन्दोलनको सफलताको ईज्जत रहनेछ र विश्वका अन्य मुलुकहरुले इजिप्टको उदाहरण लिन सक्ने छन् ।
3 Responses to इजिप्टः निर्वाचनको मुखमा