हाम्रो सोचाइ र चिन्तन के हो भने कसैसंग झैंझगडा नगर्ने, शान्त रहने आफूले सके सम्म राम्रो कर्म गर्ने अरुको बाटोमा तगारो नहुने, अनि स्वतन्त्र भएर बाँच्ने । अहिले यही मूल मन्त्रलाई बोकेर हाम्रा सक्रिय साथीहरु उएटै कित्तामा उभिन आइपुग्यौ र हाम्रो इमान्दारिता, स्पस्टता एवम् समर्पणलाई साथ दिने संसार भरि थुप्रै दरिला हातहरु छन् । भाषा र साहित्यको उत्थानमा लाग्न पवित्र उदेश्य भएको र गठन भएको संस्थालाई हर तरहले सहयोग गर्नु आफ्नो कर्तव्य ठानेर हाम्रो समुहमा विगत दश वर्ष देखि आफ्नो श्रम र लगानि निस्वार्थ भाव अर्पण गर्दै वांमयको गीतगाउने साथीहरु धेरै छन् ।
अनेसासमा हाल देखिएका अप्ठेराहरु, अपशव्दहरु , अस्वस्थ विवादहरु , अविराम खस्की रहेका विश्वासहरु, खलबलिरहेको एकता, व्यक्तिहरुको महत्वकाँक्षा र राजनितीको अहम मुखरित पाइन्छ । यो क्रम निरन्तर चलिरहको छ । संस्था राम्रो भएर पनि नहुने रहेछ, यसलाई हाँक्ने सारथी र संयन्त्रहरुमा गडबढी आए पछि हानथाप हुने रहेछ । हुन पनि यो सस्थाको पछिल्लो विवाद संसार भरि छताछुल्ल भएर पोखियो ।
उक्त कुरा अन्तरराष्ट्रिय बाङ्गमय प्रतिष्ठानका नवगठित अध्यक्ष बिकल चन्द्र आचार्यले बेलायतमा अझै नयाँ संगठनको आबश्यकता किन प¥यो भनि सोधेको एक प्रश्नको उत्तरमा भनेका हुन् ।
आज भन्दा उनन्चालसि बर्ष अघि गोरखा जिल्लामा जन्मेका बिकलले उच्च शिक्षा बेलायतबाट हासिल गरेका हुन् । एउटा प्राज्ञिक परिवारमा जन्मेका बिकल सानै उमेर देखि कबिता पाठ गर्न मन पराउथे । उनको आजको आफ्नो उमेर भन्दा लामो शिक्षण पेशामा संलग्न उनका बाबुको ज्ञान लिन बिकललाइ कुनै अप्ठारो परेन । किनकि उनका बाबु पनि साहित्यकार भएकाले मुना मदन जस्ता साहित्य उनले बच्चैमा पढेका थिए । १९९३मा उनि छात्रबृद्धी पाएर बेलायत आएपनि उनले नेपाली साहित्यलाइ बिर्सेनन् । उनका अहिले सम्म तीनवटा कृतिहरु प्रकाशित भैसकेका छन् ।
साहित्य साधना गर्ने पे्ररणा कहाँबाट मिल्यो भन्ने जिज्ञासा राख्दा प्रश्न छुट्नु पहिलेनै उनल भने साहित्य प्रतिको पे्ररणा मेरो बाबाबाट पाएको हुं ।
बेलायतमा अन्य साहित्य संस्थाहरु पनि छन् नि आखिर अर्को नयाँ संस्था किन चाहियो त अनि यसका चुनौतिहरु के के छन् भन्दा उनि हाँस्दै भन्छन् ।
नेपाली भाषा साहित्य संपूर्ण विश्व भरि छरिएर रहेका नेपालीहरुको मन र मस्तिष्कमा बसिसकेको छ । यसै सिलसिलामा दोश्रो पुस्तालाई समेत आफ्नो संस्कृति र भाषा हस्तान्तरण गरि नेपालीपनलाई संसार भरि ताजकी गराउने आजको हाम्रो मुख्य चुनौंति रहेको छ । आफ्नो मात्रृभूमि भाषा सहित्यको लागि मूल थलो हुँदै हो । प्राज्ञिकवर्ग, सरकार, विश्वविद्यालय र प्रज्ञाप्रतिष्ठानले सबल सक्षमरुपमा आफ्नो श्रोत साधनलाई परिचालन गरि मूलधारको साहित्य एवम डायसपोरिक साहित्यलाई समेत उचित स्थान दिएर समायानुकल नेपाली भाषालाई परिमार्जित र परिकृत रुपमा अगाडी बढाई रहेको कुरा यहाँ व्यक्त गर्दा सादर्भिक ठहर्ला ।
आज नेपाल बाहिर लामो समय देखि बसोबास गर्दै रहेका धेरै नेपालीहरु छन् । जसलाई गैर आवसिय नेपाली भनेर पनि चित्रण गरिएको छ । अर्कातिर अल्पकालिनरुपमा विभिन्न काम विशेषले आवाज जात गरिरहने दाजुभाई दिदी बैनीहरु पनि प्रशस्तै छन् । नेपालीले आफ्नो पहिचान, सस्कार र आप्mनो भाषामा कहि कतै पनि संझैता गरेका छैनन् । जहाँ नै गए पनि यो मन त मेरो नेपाली हो भन्ने संगितले उनीहरुलाई बाँधेको पाइन्छ । भाषा साहित्यको जगेर्ना गर्नाका खातिर विभिन्न ठाउँमा फरक फरक श्रष्टाहरु मार्फत आफ्नो देश र वांमय प्रतिको इमान्दार प्रयास नेपालीहरुले गरिरहेकै छन् । यसै सिलसीलामा सन १९९१मा अमेरिकामा अनेसास को स्थापना हुनलाई महत्वपूर्ण उपलब्धिको रुपमा लिन सकिन्छ । विश्व स्तरकै अर्को साहित्यिक संगठन, विश्व नेपाली साहित्य महासंघले पनि आफ्ना गतिविधिहरु अगाडि बढाइ रहेको छ । वेलायतकै संदर्भलाई लिनुपर्दा नेपाली साहित्य परिसद नेपाली प्रतिभा प्रतिष्ठान, अनेसास बेलायत च्याप्टर, प्रवासि नेपाली साहित्य समाजलाई संझनु सान्दर्भिक ठहर्छ ।
आजको विश्व अत्यन्तै द्रुत गतिमा अघि बडि रहेको छ । मानिसहरुको मन र भावनाहरु उत्तरआधुनिक दौडमा परेड खेलिरहेको आभाष हुन्छ ।
नेपाली मनले कोरेका डायस्पोरिक भोगाइहरु आफना कर्मभूमिमा सशक्त भएर अगाडि बढेको पाईन्छ । वेलायत शाखा मार्फत अनेसासकै छहारिमा रहि हामीले साहित्यमा महत्वपूर्ण कामहरु गरेको सबैमा जगजाहेर नै छ । सन् २०११मा व्यापक र वृहत लण्डन सम्मेलन सम्पन्न भएको थियो । यो सम्मेलन वेलायत च्याप्टरका संपूर्ण कर्मठ साथीहरुको कडा मेहनतको प्रतिफल हो । यो एउटा ऐतिहाँसिक सम्मेलन थियो । महान् कार्य गर्दा आइपर्ने अपठेराहरुलाई हामीले सहज रुपमा लिएका छौं । यहि सम्मेलनलाई ऐतिहाँसिक रुपमा संझन एउटा स्मारिका वांमय पनि प्रकासन गर्यौं । यसले त हाम्रो गरिमा बढाएको छ ।
हामीले भख्खरै अनेसासको दोश्रो केन्द्रिय चुनाव पनि देखि सक्यौं । चुनावका बेला पक्ष प्रतिक्षका बहसहरु पनि सुन्यौं । पक्ष विपक्ष कतै नलागिकन तटस्थ रुपमा भूमिका निभाइ स्वविवेकले मतदानमा भाग लियौं । र हामीले मूक दर्शक भएर बस्ने वाध्यता पनि आइपुग्यो त्यो बेला । काराण के थियो भने हामीले बनाएका चौंतिस जना आजिवान सदस्यहरुको नामावली मतदाता सूचिमा नहुनु । रजिस्टेशनको लागि केन्द्र अन्तिम दिन सम्म पनि अनेकौं बाहानामा आनेकाने गरिरहनु अत्यन्तै दुखद पक्ष थियो, भनेर यहाँ उल्लेख गर्न पर्ने हुन्छ । लामो र ठूलो बहस पछि, दर्ता त भयो तर यस्ता कुराले हाम्रो जोस जागर र उमगं माथि तुसारापात लाग्यो ।
मेरो प्रश्न बेलायतमा अर्को संस्था किन चाहियो त भन्ने थियो । उनि भन्छन् म भन्दै छु वेलायत भूमिमा जोश जाँगर बोकेका साथीहरुको भाषिक मोह , नेपाल र नेपाली प्रतिको आप्mनो कर्तव्य एवम वांमयलाई योगदान गरौं भन्ने जुन अठोट छ, त्यसलाई जीवन्त राख्न, कसैसंग वैरभाव र मनमुटाव नगरि, कसैलाई गालिगलोज नगरि, पृथक रुपमा एउटा स्वतन्त्र साहित्यिक सस्थाको आवस्यकता महसुस गरि आजकै मिती देखी हाम्रा सवै महानुभवहरुलाई गोलबन्द गरि लन्डनमा अन्तराष्ट्रिय नेपाली वांमय संचारको गठन गरेका छौं । आशाछ यस सस्थालाई प्रोत्साहन दिन संपूर्ण साहित्यिक मन र सामाजिक मन बोकेका श्रष्टाहरुको पूर्ण समर्थन रहने छ । हालमा यो सस्था बेलायत र नेपालमा कृयाशील रहने छ भने विस्तारै विश्वव्यापी पार्दै जाने हाम्रो लक्ष रहेको छ । स्वयंमसेवी भाव र भाषाको मायाले गठन भएको हँुदा अन्य संघ सस्थाहरु संग पनि हामी हातेमालो गर्दै अगाडी बढ्ने छौं ।
अरु थपथाप गर्नु पर्ने केही बाँकी छ ? उनि थप्छन् सस्थाको निती र उदेश्य तयार भएकै छन । सस्था बनाउने प्रकृयामा सहयोग पुराउनुहने आदरणी व्यतित्वहरु प्रा. डा. शुषमा आचार्य, डा, गोविन्द भट्टराइ , प्रदिप नेपाल, हरिहर अर्याल, लगायतको सहायोग अविस्मराण भएर रहने छ । सवैको साझा प्रयासले यो सस्था आजकै मिती बाट उज्जवल नक्षेत्र बनेर अगाडी बढेको छ । तपाईहरुको मायाले फल्लन र पूmल्न सक्छ ।