—शशी पौडेल
अमेरिकाको फेरगुसनमा केहिदिन यता देखिएका तस्वीरहरुलाइ नियालेर हेर्ने हो भने अहिले पनि अमेरिकामा रंगभेदको गन्धमात्र होइनकि रंगभेदका कारण त्यहाका जनता पिडित रहेछन् भन्ने बुझ्न कठिन पर्दैन । १४ सेप्टेम्बर २०१३का दिन नर्थ कारोलाइनको चारलोटे भन्ने ठाँउमा गोरे प्रहरीहरुले एक २४बर्षीय कालाजातीको निहत्ता युबकलाइ गोली हानेर मारे । प्रहरीले उसको शरीर १०वटा गोलीले छिया छिया पारे । के तपाइहरुले यो समाचार सुन्नु भएको थियो ? मैले त त्यतिबेला सुनेको थिइन । तर अहिले हामी किन माइकल ब्राउनको घटनाका तस्वीरहरु दिन प्रतिदिन टीबीमा हेर्न बाध्य छौं ? जुन घटना साढे दुइहप्ता अघि मिसुरीको फेरगुसनमा घटेको थियो । जवकि यो घटना कसरी घट्यो र गोरे प्रहरीले किन गोली चलाए भन्ने अहिले सम्म पनि प्रश्ट हुन सकेको छैन । तर चारलोटेका २४ बर्षीय जोनाथान फेरेलको घटना भने सुरुमै प्रश्ट भएको थियो । जोनाथान फेरेल लगभल ३ बजे राती उनको गाडी एक्सिडेन्ट भएकाले सहयोग माग्नका निम्ति नजिकैको घरमा घण्टी बजाउन पुगे । घरवालाले ती युबकलाइ देख्दै नदेखी डराएर प्रहरी बोलाए । तुरुन्तै प्रहरी आएर ती युबकसंग कुनै कुराकानी नै नगरी धमाधम १२वटा गोली चलाए । प्रहरीले चलाएका १२ गोली मध्य दश गोली लागेर जोनाथानको तुरुन्तै मृत्यु भयो । तैपनि चारलोटे शान्त बस्यो । फेरगुसनमा अहिल भएजस्तो जुलुस, आन्दोलनहरु चारलोटेमा भएनन् । अहिले जसरी बिश्वभर फेरगुसन अमेरिकाका तस्वीरहरु प्रसारित भैरहेका छन् । त्यो पनि अमेरिकाको शिभील राइटस् एक्ट लागुभएको ठीक ५०सौं बर्षगाँठको बेला पारेर ।
फेरगुसनका तस्वीरहरु हेर्दा माइकल ब्राउन त खाली निहुमात्र होकि भन्ने संका गर्नु पर्ने ठाउ नरहेको भने होइन । आखिर यस्तो किन ? अन्याय दुबै घटनामा भएको छ । अन्याय पनि बराबर तौलको ।
चारलोटेका जनता फेरगुसनका भन्दा शिक्षित रहेछन् । त्यस क्षेत्रमा बस्ने कालाजातीहरु पनि धेरैजसो मध्यमबर्गका रहेछन् । उनिहरु मध्य कोही चिकित्सक त कोही वकिल पनि रहेछन् । उनिहरुको आफ्नै टीभी स्टुडियो पनि रहेछ र चारलोटेमै एउटा ठुलो बिश्वबिद्यालय पनि रहेछ । चारलोटे अमेरिकाको दोस्रो ठुलो न्यू योर्क पछिको बित्तीय शहर रहेछ । यो शहर अमेरिकाका दश छिटो छिटो बिकाश गर्ने शहरहरु मध्यको एक पर्दो रहेछ । यदि कसैको सामान्य स्तर भन्दा राम्रो जीबनस्तर छ, यदि कसैले आफु त्यहाँको समाजबाट स्वीकारयोग्य अनुभूती गर्छ, यदि कसैलाइ आफ्नो दिनचर्याका निम्ति र दैनिक कारोबारका निम्ति समय खर्चिनु पर्ने हुन्छ, जसले आफुलाइ एकहदसम्म सुरक्षित रहेको महशुष गरेको छ भने उसले हत्त पत्त सडकमा गएर जुलुस प्रदर्शन गर्नु पर्छ भन्ने कुरा तर्फ ध्यान दिदैन ।
फेर्गुसन यसको बिपरित छ, त्यहाँका जनता गरिबीको रेखामुनी बाँचीरहेका छन् । त्यहाँका जनतालाइ साँझ र बिहानको हातमुख जोर्ने बस्तु जुटाउन धौ धौ रहेछ । यो शहर सन्त लुइजको नजिक पर्दो रहेछ । अमेरिकाको मिसिसिपी नदीको बगलमा रहेको पहिलेको औद्योगिक क्षेत्र र १९९० उता त्यहाँका उद्योग धन्दाहरु बन्द (डीइन्डस्ट्रीलाइजेसन) भएर आर्थीक मारमा परेको रहेछ । फेरगुसन पहिले कुनै बेला टिपिकल गोराहरुको शहर रहेछ । त्यहाँ कालाजातीहरु डीइन्डस्ट्रीलाइजेसन भएपछि लगभग १५ बर्ष अघि देखीमात्र बसोबास गर्दै आएका रहेछन् । तर त्यहाँको सत्तास्ट्रकचर भने अझैपनि गोराहरुकै रहेछ । त्यहाँको मेयर, प्रहरी, स्कूल ब्यवस्था, कार्यालय अड्डा अदालत सबै सबै गोराहरुको बाहुल्य ।
गतबर्ष फेरगुसनमा भएका भण्डै सबै प्रकारका प्रहरी चेक जाँच कालाजातीहरुमा मात्र गरिएको रहेछ । जस्तै यातायातमा ८६ प्रतिशत चेक कालाहरुमा, ९२ प्रतिशत कालाजातीहरुको घर खानतलासी, ९३ प्रतिशत काला जातीहरु थुनामा परेका रहेछन् । तर प्रहरीले २२ प्रतिशत काला जातीहरुमा मात्र अबैध सामाग्री भेटाएको रहेछ भने ३४ प्रतिशत गोराहरुसंग अबैध हातहतियार र अन्य अबैध बस्तु भेटाएको थियो ।
माइकल ब्राउनको अन्तिम संस्कार भैरहेको बेला सन्त लुइजका काउन्सिलरले बोल्दै त्यहाँ उपस्थित जनसमुदायलाइ तिमीहरु मध्य ककस्का नातेदारहरु जेलमा छन् भनेर सोध्दा आधा भन्दा बढी उठेर आ आफ्ना नातेदार जेलमा भएको बताएका थिए । यस हिसाबले फेर्गुसन प्रहरीको आतंकबाट आतंकित रहेछ भन्ने बुझ्न कठिन परेन । त्यसैले त्यहाँका जनता आफ्नो आतंकित बनेको आत्मालाइ शान्ति दिन हरेक दिन कफ्र्युको समेत अबज्ञा गरी जुलुस प्रदर्शन गर्दा रहेछन् । अनि त्यही जुलुसमा सबैतिरका पत्रकार साथीहरु पुग्दा रहेछन् र त्यस्ता तस्वीरहरु खिचिदा रहेछन् । जुलुस बिरुद्धको प्रहरीको प्रतिकृया भने अस्रुज्ञाँसले हान्ने, पक्राउ गर्ने, यातना दिने गरिरहेका छन् पक्राउ पर्ने पत्रकारहरु मध्य तीनजना जर्मन पत्रकारहरु पनि परेका छन् । जसमध्य मसंग नजिकको परिचित ब्यक्ति पनि परेको छ । अनि त सारा बिश्वले देख्नेगरी यस प्रकारका तस्वीरहरु प्रसारण हुनु भनेको कुनै संयोग रहेनछ ।
लामो समय देखि फेर्गुसनका प्रहरीहरुले त्यहाँको जनतालाइ पक्रउ गर्ने एउटा तर्क निकालेका रहेछन् । जसको पढाइ, योग्यता कम छ त्यसले स्वभाबैले कम आम्दानी गर्छ, कम योग्यताहुनु र कम आम्दानी हुनु भनेको अपराधपूर्ण काम प्रति आकर्षित हुनु हो, भन्ने उनिहरुको तर्क रहेछ । त्यहाँका कालाहरु गोराहरुको तुलनामा कम योग्यता भएका र गरीब रहेछन् त्यसैले प्रहरीहरुको ध्यान (कन्सन्ट्रेशन) कालाहरु प्रतिनै रहेछ । यसरी एउटा मान्छेमा एउटा चिन्ह लाग्दो रहेछ, एउटा चिन्ह लागे पछि त्यही चिन्हलाइ तारो मान्ने उनिहरुको उद्धेश्य हुनेरहेछ, त्यही उद्धेश्यबाट एउटा बिराधी जन्मिदो रहेछ । हामी सबैलाइ थाहा भएकै कुरा हो अमेरिकाको प्रहरीहरुको ब्याबहार आर्मीको जस्तै हुने गर्छ । आर्मीलाइ जनता भन्नेबारे कम थाहा हुन्छ, आर्मीलाइ त खाली बिरोधी, दुस्मन भनेर मात्र पाठ सिकाइएको हुन्छ । त्यसैले उनिहरुले अमेरिकाका जनतालाइ बिरोधी वा दुस्मनका रुपमा मात्र देख्ने गर्दछन् । अमेरिकी आर्मीहरु आतंककारीहरुको बिरुद्धको युद्धमा छन् भने अमेरिकी पुलिसहरु अमेरिकामा ड्रग बिरुद्धको युद्धमा छन् । अमेरिकाको यो अबस्थालाइ सैनिकिकरण राज्यको रुपमा लिन सकिन्छ । त्यसैले अमेरिकाको राजनितीलाइ गलतबाटोतिर डोरिएको राजनिती भन्दा अत्युक्ति पनि हुने छैन ।
जब मुलुकका प्रहरीहरु आर्मीको ब्यबहारमा प्रस्तुत हुन्छन तब जनता स्वतन्त्रता सेनानीका रुपमा जाइलाग्नु अस्वाभाबिक होइन । यस अघि फेर्गुसनका काला जातीहरु कहिल्यै पनि यसरी आन्दोलित भएका थिएनन् रे जसरी अहिले सडक तताएका छन् । अमेरिकाको इतिहाँसलाइ हेर्नेहो भने सवभन्दा बढी आन्दोलित शहरहरु न्यू योर्क, फिलाडेल्फिया, सिकागो, लस एन्जल्स, ल्केभेल्याण्ड, सन्फ्रान्सिस्को, न्यूआर्क र डेट्रोइटहरु हुन् । अमेरिकामा जुलुस प्रदर्शन भयो रे भन्ने यदि कसैले सुन्यो भने माथिका शहरहरुसंग जोडेर जुलुस र आन्दोलनको एउटा तस्वीर बनाउने गर्छ । तर अहिले फेर्गुसनका सडकहरुमा राँको बोलेको छ । त्यहाँका जनताले रंगभेदका बिरुद्ध आवाज उठाएका छन् । हत्यारालाइ कार्बाहीको माग गरिरहेका छन् तैपनि हत्यारा काँधमा बन्दुक बोकेर हेल्मेट लगाएर स्वतन्त्र प्रहरीको जागीर खाइरहेको छ ।
फेर्गुसनमा हत्या गरिएका माइकल ब्राउन र चारलोटेमा हत्या गरिएका जोनाथान फेरेल दुबै जना अहिले सम्म कुनै अपराधिक कार्यमा संलग्न नभएका ब्यक्तिहरु रहेछन् त्यसैले अन्याय दुबै घटनामा भएको थियो । चारलोटेमा निहत्था हत्या गरिएका जोनाथानको आत्मालाइ शान्ति दिन र हत्यारालाइ कार्बाही गराउन यसप्रकारको आन्दोलनको आबश्यक परेन । किनकि त्यो शहरका कालाजातीहरु थुप्रै मध्ययम बर्गका छन् अनि उनिहरुको जीबनस्तर सरदर भन्दा माथिल्लो छ । त्यसैले त्यो गोरे प्रहरी जसले जोनाथान फेरेललाइ दश गोली हानेर मारेको थियो उसलाइ हत्याराको रुपमा पक्राउ गरिएको छ र उसको बिरुद्ध यो हप्ता अदालती सुनुवाइ चलिरहेको छ ।
Like us on Facebook
Categories लेख तथा समाचार
Monthly Magazine मासिक-पत्रीका
Coming Soon..................
One Response to अमेरिकाः बिभाजित मुलुक