अनेसासका साथीहरुलाइ अझ लड्ने आग्रह

– शशी पौडेल
लगभग चार पाँच बर्ष अगाडीको कुरा हो, एक जना अपरिचित ब्यक्तिको टेलिफोन आयो । मैले आफ्नो तर्फबाट चिनिन नी भनेर प्रश्न गरें । उनले भने हो दाइ तपाइले मलाइ चिन्नुहुन्न हामी कहिल्यै भेट भएका छैनौ , हामीले कहिल्यै एक आपसमा कुराकानी गरेका पनि छैनौं ।  तर पनि म तपाइलाइ चिन्छु ।
मैले भने ओहो तपाइ कहांबाट बोल्दै हुनुहुन्छ ? यदि यतै कतै नजिक भए भैटौ न त । हुन्छ कुनै बेला मिलाउला नी त, उनको जवाफ आयो । कति कामले फोन गर्नु भयो कुन्नी, मैले जिज्ञासा राखें । उनले भने दाइ तपाइसंग काम त असाध्यै धेरै थियो, लामो समय सम्म संग संगै काम गर्ने इक्षा जागेर फोन गरेको । दाइ कुरा नलुकाइ भन्न चाहान्छु तपाइको इमेल ठेगाना पांउ‘ न, मैले तपाइलाइ केही सामाग्री पठाउनु छ ।
तपाइलाइ मेरो इमेल ठेगाना दिन मलाइ केही आपत्ती छैन बरु खुसीनै लाग्ने छ तर के होला त्यस्तो पठाउन खोज्नु भएको कुरा ? मैले प्रश्न गरें ।
दाई अरु केही होइन तपाइ एक चिन्तक र सृजक मान्छे, अन्तरराष्ट्रिय साहित्य समाज नामक एउटा बिश्वभर छरिएर रहेका साहित्य सर्जकहरुको  संगठन छ, म त्यसमा काम गर्छु । हुनत यो संगठन अमेरिकामा बस्ने साथीहरुको पहलबाट गठन भएकोहो । राम्र कामहरु जहॉ र जो सुकैबाट थालनी भएको भए पनि यसमा सघाउनु हामी सबैको कर्तब्य हुने छ, त्यसैले मैले तपाइलाइ टेलीफोन गरेको हुं ।
मैले सोधें यसमा मैले के सहयोग गर्न सक्छु त ? तपाइले गर्न सक्ने कामहरु धेरै छन्, मैले प्रतिप्रश्न गरें जस्तै? साथीले मैले गर्न सक्ने कामहरुको फेहरिस्त लगाउन थाले, नेपाली साहित्यको अन्तरराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने, संगठन भित्र सही नेतृत्वलाइ सघाउने, सही नेतृत्व दिने, नेपाल र नेपाली र साहित्यबीचको पुल बन्ने आदी आदी । मैले सपाट जवाफमा भने मलाइ यी सबै कुराहरुमा कुनै चाहाना छैन तर तपाइको चित्त नदुखाउन मेरो इमेल लिइराख्नुस । यस पछि उनले भने मैले तै पनि सबै जानकारीहरु पठाउने छु सकारात्मक हुनुहोला, मैले दुइ चार दिनमा फेरी टेलीफोन गर्ने छु ।
उनको मेरो वार्तालाप सकिएको चार पॉच मिनेटमै इमेल प्राप्त गरें । उनले अन्तरराष्ट्रिय साहित्य समाजका बारेमा लामो जानकारी पठाएका रहेछन् । जानकारीमा पदाधिकारीहरुको नामावली पनि थियो । ती नामावलीमा भएका कवि, कथाकार, उपन्यासकार वा समग्रमा भन्दा साहित्यकारहरुमध्य कोही पनि मैले चिने जस्तो लागेन ।
लगभग दुइ घण्टा पछि फेरी टेलीफोनको घण्टी बज्यो । दाइले पाउनु भएछ खुसी लाग्यो, ल अव साहित्यकालागि कस्सिएर लागौं । उताबाट आबाज आयो ।
एक छेण त म अकमक्क परें । के जवाफ दिने भन्ने निर्णय गर्न सकिन र र मैले भने तपाइलाइ धन्याबाद, यसबारे मैले बिचार गर्ने छु र तपाइलाइ जवाफ दिउला । उनले मलाइ अली कन्भीन्स गर्न खोजेजस्तो गरी कुरा गर्न थाले, दाइ तपाइसंग एकछेण कुरा गर्ने समय त छ ? मेरो जवाफ नपर्खिकनै उनको कुरा अगाडी बढ्यो, हेर्नेस दाइ हामी मातृभूमी छोडेर यती टाढा बसेका छौं, यस्तो बेलामा अलीकति भएपनि  मातृभूमीको सेवामा लाग्न सक्यौ भने नेपाल आमाको सराप खानु पर्ने छैन । म सबै कुरा खान तयार तर मातृभूमीको सराप खान भने तयार छैन है दाइ ।
कहिल्यै भेट नभएको फोनमा पनि दोस्रो पटकमात्र कुरा हुदै छ, दवाव पनि बेसरी आउदैछ , के जवाफ दिने अलअल्ल परें । नाइ भनेर जवाफ दिए मातृभूमीको सरापको डर देखाइ सक उनले, हुन्छ भनेर जवाफ दिउं आफूलाइ यसबारे केही थाहा छैन । केही त जवाफ दिनै पर्ने भयो तर के ?
मैले असाध्यै नम्र, शिष्ट र घुमाउरो पाराले जवाफ दिन चाहें यद्यपी घुमाउरो पाराले जवाफ दिन मेरो प्रकृतिले दिदैन ।
मैले भने –भाइ हेर्नुस तपाइले मलाइ दाइ भनेकाले मैले तपाइलाइ भाइ भनेको हू दुख नमान्नु होला । तर मेरो अनुभवमा हामी नेपालीहरु बिदेशमा लागे पछि सबै कुरा आफूले मात्र जानेको अरुलाइ केही थाहा नभएको भन्न र देख्न मन पराउछौ । त्यस बाहेक हामीलाइ नेपालको राजनितीको रोग लागेको छ । आफूले भने जस्तो ठ्याक्कै नहुनासाथ अरुको बिरोध गर्ने, बिरोध गर्नेक्रममा मान, इमान, नैतिकता र जिम्मेवारीहरु सबै बिर्सने । हिजो मित्रतापूर्वक गरेका काममा केही कमि कमजोरी भएका रहेछन् भने तिनलाइ ब्यूताउने र त्यतिमात्र होइन नेपालका राजनैतिक पार्टीका समर्थनका आधारमा आफूलाइ बिभाजन गर्ने । एउटै पार्टी भित्रका गुट उपगुटका तुस अघि सारेर संस्था भित्र संस्थाका उद्धेश्य र बिधान भन्दा बाहिर गएर काम गर्ने । पद प्राप्तिका निम्ति मात्र सक्रिय हुने, निर्वाचनका बेलामा त‘ छाट र म छाड गर्ने अनि निर्वाचन मा धाधली, अनियमितता र बिपछी उम्मेदबारको बदनाम समेत गर्न सक्ने । निर्वाचन सकिए पछि एउटाले अर्कोलाइ दोष दिने । भए नभएको आरोप लगाउने । एकले अर्कोलाइ निस्काशन गरेको घोषणा गर्ने । अर्कोले तेस्रोलाइ कार्बाही गरेको घोषणा गर्ने जस्ता हामी नेपालीहरुको परम्परा देखेको छु । त्यसैले भाइ मलाइ पसबारे अलिकती अध्ययन गर्न दिनुस अनिमात्र यसबारे कुरा गरौला ।
मैले त्यति मात्रै के भन्न भ्यएको थिए उनले अली चित्त दुखाए जस्तो गरी खै दाइ मलाइत त्यति बिघ्न अनुभव छैन दाइले भन्नुहुन्छ भने मैले यसमा के बाद बिबाद गरौं ?
त्यस पछि मेरो उनिसंग सम्पर्क हरायो ।  लगभग दुइ वर्ष अघि संस्थामा बिबाद भएर हो वा के भएरहो उनले संस्था छोडेर अर्को संस्था खोलेका छन् रे भन्ने सुनेको हू ।
एक बर्ष अघि बेलायतबासी  एक कथाकार सज्जन मित्र बैनीले टेलीफोन गरिन् र आजीबन सदस्य बन्ने आग्रह गरिन् । मैले पहिलेत मानिन तर उनले भनिन् तपाइले कुनै पद लिन नचाहेको खण्डमा कमसेकम बेलायत च्याप्टरको सल्लाहाकार भैदिनुस भनिन्, मैले हुन्छ भनेर आजीपन सदस्य बने ।
अहिले अन्तरराष्ट्रिय साहित्य समाज नामक एउटा बिश्वभर छरिएर रहेका साहित्य सर्जकहरुको  संगठनले त्यही नियती बेहोरी रहेको छ, जुन मैले आज भन्दा चार पॉच वर्ष अघि भनेको थिएं । त्यसैले आफुलाइ धन्य ठानेको छु किन भने कमसेकम म त्यहॉ भित्र रुमल्लिएको छैन । कुनै पदको दाबेदारी पनि होइन ।
लड साथी हो कति लड्न सक्छौ तर जीत तिमीहरु मध्य कसैको हुनेवाला छैन । लडाइमा एकको हार र अर्काको जीत हुन्छ भन्ने एउटा सिद्धान्त छ तर होइन लडाइमा बिशुद्ध जीत कसैको पनि हुदैन, दुबै पक्षको हार मात्र हुनेछ ।

Bookmark the permalink.

One Response to अनेसासका साथीहरुलाइ अझ लड्ने आग्रह

  1. I discovered your wonderful Website quite by accident. If you publish commnents written by others, I have pasted below my comments regarding the recent INLS controversy. Please inform me if you find it approprite for your Website. Thank you.
    Deepak Shimkhada
    Claremont, California Phone no.: 909-621-0783

Leave a Reply

Your email address will not be published. Required fields are marked *