हिजो एकजना मित्रले आफ्नी छोरीको जन्मदिन मनाउने भोजमा मलाइ पनि निम्त्याए । धेरै बर्ष पछि केही साथीहरु त्यहाँ भेट भए । फरक फरक राजनितिक बिश्वास बोकेका साथीहरु भेट्दा एउटा अचम्मको बाताबरण खडा हुने गर्छ । त्यहाँ पनि त्यस्तै हुन थाल्यो । राजनैतिक तर्क बितर्क गरिन थाल्यो । संबिधानसभाको प्रसंग चल्यो । कसले सरकार बनाउने हो र मुलुक कुन दिशातिर जाने हो भन्ने चिन्तन हुन थाल्यो ।
यत्तिकैमा एकजना मित्र बोले हेर केटाहो शशी दाइलाइ त अन्तरराष्ट्रिय बिषय पो सोध्ने हो उहाँले त आफ्नो ल्बगमा धेरैजसो अन्तरराष्ट्रिय बिषयमा कलम चलाउनुहुन्छ उहाँको ल्बगको नामनै “द ल्गोबल” भन्दै हैन हैन दाइ दिल्लीका मुख्यमंत्री केजरीवालले आफु सत्तामा बसेर आफ्नै पार्टीलाइ किन सडकमा बोलाएको ?
अर्को प्रश्न आयो अव नेपाल सरकारको नेतृत्व कसले गर्ला ? यो शेर बहादुर देउवालाइ किन सधै सत्ताको लोभ लागेको ? यही मान्छे हो जसले प्रजातन्त्रलाइ ज्ञानेन्द्र सामु बुझाएको । यदि भोलीको नेपाली कांग्रेसको संसदीय दलको नेताको चुनावमा देउवाले जित्यो भने नेपालमा बित्यासनै हुने छ । आशा छ काग्रेसहरुले यसो हुन नदेलान् । अर्काले सोधे हैन ए यी एमालेका तीन नेताहरु तीन तिर किन फर्केका ? यस्तो बेलामा त एक भएर संबिधान बनाउने मूलकार्यमा पो लाग्नु पर्ने हो ।
म मनमनै घोरिंए, लाग्यो यी साथीहरु यति लामो समय देखि बिदेशमा बसेर पनि नेपाल, नेपाली र नेपालका राजनैतिक पार्टीहरुलाइ कति माया गर्छन् । सबैको राम्रो होस् भन्ने चाहान्छन् । मन बचन र कर्मले मुलुकको भलाइका निम्ति सहयोग गर्न तत्पर छन् । तर म भने किंकर्तब्यबिमुढ भए । मेरा अगाडि तेस्र्याइएका प्रश्नहरुको उत्तर दीन मेरो बुताले भ्याएन र मैले बीचमै रोकेर भनें साथीहरुहो मैले एउटा प्रस्ताव राख्छु, त्यो प्रस्तावले सायद यी तपाइहरुका प्रश्नको उत्तर भेटाउने छ ।
साथीहरुले सहमती जनाए । मेरो प्रस्ताव थियो -यति धेरै बर्ष पछि भेट भएको छ ल हामी मध्य सबैलै यसबीचका हाम्रा राम्रा, मिठा, तिता, नराम्रा आफुले भोगेका बेहोरेका जे जे छन् चाखलाग्दा अनुभवहरु सुनाउने अनि अरुले ध्यान दिएर सुन्ने । ती अनुभबहरु हाम्रा दिनचर्यासंग घतलाग्दा होउन् र अनुभव सुनाउने समय हरेकलाइ पाँच मिनेट मात्र । एकजना साथी बीचमै बोले र भने – ल ल कोबाट सुरु गर्ने तपाइबाटै ? मैले भने – होइन हामीसंग यहाँ खाली बोतलहरु छन् ती मध्य एउटा बोतल मैले नचाउनेछु , बोतल अडिदा जता सोझिन्छ उसैबाट सुरु गर्ने । प्रस्ताव पारित भयो । मैले बोतल घुमाए । बोतलले घरभेटीलाइ नै सोझ्यायो ।
उनको अनुभव यस प्रकार छ । हामवर्गमा एउटा रेष्टुरेन्ट चलाएर बसेका यी मित्रकहाँ नेपाली राजदुताबास वर्लिनका कर्मचारीहरु घुम्दै आएछन् र पेटभर खाना खाएर मूल्य तिर्ने बेलामा भने आ आफ्नो मुखामुख गरेछन् । यस्तो देखे पछि ती मित्रले पनि राजदूताबासका कर्मचारी हुन् कहिलेकाँही काम लागिहाल्लान नी भनेर भैगो पनि भनेछन् ।
त्यसको केही समय पछि ती मित्रका बाबु स्वर्गे भए छन् । बाबु स्वर्गे भएपछि छोराहरुले बाबुको नाममा भएको अचल सम्पत्ती आमाको नाममा नामसारी गर्ने निधो गरी आमालाइ खबर पठाए । नेपालमा उनकि आमाले स्वर्गिय पतिका नाममा रहेको अचल सम्पत्ती आफ्नो नाममा नामसारी गर्न दर्खास्त हालिछन् । नेपालमा मालपोत कार्यालयले उनलाइ भनेछ कि यी अचल सम्पत्तीहरु तपाइको नाममा नामसारी गर्न तपाइले तपाइको छोराहरुबाट मन्जुरीनामा ल्याउनु पर्नेछ । तपाइका छोराहरु बिदेशमा बस्ने भएकाले उक्त मन्जुरीनामा राजदूतको रोहबरमा दस्तखत गरेको हुनु पर्नेछ । अनि ती बिचरी आमाले काठमाण्डौमा लेखनदाशलाइ महंगो पैसा तिरी मालपोत कार्यालयले भनेबमोजिम् ब्यहोराको मन्जुरीनामा तयार पारी दस्तखतका लागि यहाँ पठाइछन् । सोही लिखत लिएर राजदूतको रोहबरमा दस्तखत गर्नभनि हमबर्गमा बसेका दुइभाइ बर्लिन पुगेछन् ।
उनले अगाडि भने – “राजदूतको रोहबरमा दस्तखत गर्नुपर्ने लिखत राजदूतको टेबुलमा पुग्यो । लिखत देख्नासाथ राजदूत र त्यो लिखत त्यहाँ पुर्याउने कर्मचारीबीच अचम्मको आँखै आँखाबाट कुराकानी भयो । मैले त्यो आखे भाषा बुझ्न सकिन । अनि राजदूतले मुख खोले “मैले तिमीलाइ तिमी नेपालीहौ भनेर कसरी चिन्ने ?” उत्तरमा उनले “म यही कार्यालयमा आइ मेरो नेपाली नागरिकता बुझाएको हुं,” भने छन् । तर पनि राजदूतले दस्तखत गर्न आनाकानी गरेछन् । यदि कर्मचारीहरुले घुस खान खोजे भने यस्तै अत्तो थाप्छन् रे भन्ने सुनेका ती मित्रलाइ अव म केगरु कसो गरु भनी कुरा खेल्न थालेछ र सोच्दै गरेछन् – घुस दिने पनि कसरी ? उनले सुनेका रहेछन् घुस भन्नेकुरा टेबुलमुनीबाट दिनु पर्छ भन्ने । तर उनी राजदूत बसेको टेबुलबाट टाढै बसेका रहेछन्, टेबुल मुनी सम्म उनको हात पुग्दो रहेनछ । उनी पसिनाले लुच्छ्रुप्प भएछन् । उनी एस् एल् सी जाँच दिएर पच्चीस बर्ष अघि बिदेश लागेर यतै पढेलेखेका र जर्मनीमा कहिल्यै कसैलाइ घुस दिएर अनुभव संगाल्न नपाएको पनि सुनाए । उती बेला नागरिकता र पासपोर्ट बनाउन पनि उनका बाबालेनै सघाएका रहेछन् ।
उनले अगाडी भने “म यस्तो मुलुकमा बसेको छु जहाँका राष्ट्रपतिलाइ उनका मित्रले आफ्नो भोज भतेरमा बोलाएर अर्थात निम्ता दिएर होटेलमा बास बसाएको र त्यो बास बसाएको बिल निम्ता गरेको साथीलेनै तिरेका अर्थात पाहुना हुदा खाएको र बासबसेको बिल आफैले नतिरेको आरोपमा राष्ट्रपतिलाइ पदमुक्त हुन परेको छ । जसलाइ यहाँ ठुलो अपराध मानियो । तर म कहाँ भने अचानक बिना जानकारी कर्मचारीहरु आएर धावा बोलेर पेटभर खान्छन् र पैसा तिर्दैनन् । अनि उनिहरुकहाँ काम लिएर जाँदा भने अत्तो थाप्छन् । यस्तै यस्तै कुराहरु मेरा मनमा खेलीरहेका थिए । अचानक राजदूतले लेघ्रो तानेको आवाज सुनें । उनि आफ्ना कर्मचारीसंग भन्दै थिए ल ल तपाइहरु उनलाइ चिन्नुहुन्छ भने म गरी दिन्छु । मानौ यो दस्तखत उनले मलाइ ठुलै बिर्ता दिदैथिए ।”
उ जस्तो बिद्द्वान र जान्ने अरु कोहि छैन भनेर अमिताभ बच्चन 'खुदा गवाह' को सुटिंग गर्न नेपाल आउँदा ईन्टरभ्यु लिन…